प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 डिसेम्बर पृ. २८-३०
  • के तपाईँ ‘पृथ्वीको उत्तराधिकारी हुन’ तयार हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँ ‘पृथ्वीको उत्तराधिकारी हुन’ तयार हुनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पृथ्वीलाई प्रमोदवन बनाउन तयार हुनुहोस्‌
  • फेरि जीवित भएकाहरूको आवश्‍यकता पूरा गर्न तयार हुनुहोस्‌
  • फेरि जीवित भएकाहरूलाई सिकाउन तयार हुनुहोस्‌
  • मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन्‌!
    बाइबलले हामीलाई के सिकाउँछ?
  • पुनरुत्थान–कसकालागि र कहाँ?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • कसलाई पुनर्जीवित पारिनेछ? तिनीहरू कहाँ बस्नेछन्‌?
    महान्‌ शिक्षकबाट सिकौं
  • भाग १०
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 डिसेम्बर पृ. २८-३०
मानिसहरू प्रमोदवन बनाउने काममा भाग लिँदै छन्‌। कोही-कोही सरसफाइ गर्दै छन्‌ भने कोहीचाहिँ घर बनाउँदै छन्‌। अनि अरूचाहिँ बगैँचा गोडमेल गर्दै छन्‌।

के तपाईँ ‘पृथ्वीको उत्तराधिकारी हुन’ तयार हुनुहुन्छ?

हामी येसुको यो प्रतिज्ञा पूरा हुने दिनको प्रतीक्षा गर्दै छौँ: “आनन्दित हुन्‌ ती मानिसहरू, जो कोमल स्वभावका छन्‌ किनकि तिनीहरू पृथ्वीका उत्तराधिकारी हुनेछन्‌।” (मत्ति ५:५) अभिषिक्‍त जनहरूले स्वर्गमा येसुसँगै राजाको रूपमा शासन गर्न थालेपछि तिनीहरू यस पृथ्वीको उत्तराधिकारी हुनेछन्‌। (प्रका. ५:१०; २०:६) तर धेरैजसो ख्रिष्टियन भने यसै पृथ्वीमा सधैँभरि बाँच्ने समयको प्रतीक्षा गर्छन्‌। तिनीहरू त्रुटिरहित र आनन्दित हुनेछन्‌ अनि शान्तिमा जीवन बिताउनेछन्‌। यसको लागि तिनीहरूले थुप्रै काम गर्नुपर्नेछ। तीमध्ये तीन वटा विचार गरौँ: यस पृथ्वीलाई प्रमोदवन बनाउने, फेरि जीवित भएकाहरूको आवश्‍यकता पूरा गरिदिने र तिनीहरूलाई सिकाउने। नयाँ संसारमा यी कामहरू गर्न इच्छुक हुनुहुन्छ भनेर देखाउन तपाईँ अहिल्यै के गर्न सक्नुहुन्छ, त्यो पनि विचार गरौँ।

पृथ्वीलाई प्रमोदवन बनाउन तयार हुनुहोस्‌

यहोवाले आदम र हव्वालाई “पृथ्वीमा भरिँदै जाओ अनि पृथ्वीमाथि अधिकार गर” भनेर आज्ञा दिनुहुँदा उहाँले पूरै पृथ्वी अन्ततः प्रमोदवन हुनेछ भनेर सङ्‌केत गर्नुभयो। (उत्प. १:२८) पृथ्वीमा सधैँभरि बाँच्ने आशा पाएकाहरूले यही आज्ञा पालन गर्नुपर्नेछ। अहिले अदनको बगैँचा अस्तित्वमा नभएकोले यो पृथ्वी सुरुमै प्रमोदवन हुनेछैन। आरमागेडोनको युद्धपछि पृथ्वीलाई सफा बनाउन थुप्रै काम गर्नुपर्नेछ र यो काम पक्कै सजिलो हुनेछैन।

यसले हामीलाई इस्राएलीहरू बेबिलोनबाट फर्केपछि गरेको कामको सम्झना गराउँछ। तिनीहरूको मातृभूमिमा कोही पनि बसोबास नगरेको ७० वर्ष भइसकेको थियो। तर यहोवाको आशिष्‌ले गर्दा तिनीहरूले आफ्नो मातृभूमि पुनर्स्थापना गर्न सक्नेछन्‌ भनेर यसैयाले भविष्यवाणी गरे। तिनले यसो भने: “त्यसका निर्जन ठाउँहरूलाई उहाँले अदनजस्तै बनाउनुहुनेछ अनि त्यसका मरुभूमिहरूलाई यहोवाको बगैँचाजस्तै बनाउनुहुनेछ।” (यसै. ५१:३) यस काममा इस्राएलीहरू सफल भए। त्यसैगरि पृथ्वीमा सधैँभरि बाँच्नेहरूले यहोवाको आशिष्‌ पाएर पृथ्वीलाई प्रमोदवन बनाउन सक्नेछन्‌। तपाईँ यस काममा भाग लिन इच्छुक हुनुहुन्छ भनेर अहिल्यै देखाउन सक्नुहुन्छ।

यसो गर्ने एउटा तरिका आफ्नो घर र वरपर सफा राखेर हो। छिमेकीहरूले सरसफाइमा ध्यान दिँदैनन्‌ भने पनि तपाईँ आफ्नो घर अनि वरपर सफा राख्न सक्नुहुन्छ। तपाईँ सभाभवन अनि सम्मेलनभवन सरसफाइ र मर्मतसम्भार गर्ने काममा पनि मदत गर्न सक्नुहुन्छ। परिस्थितिले दिन्छ भने प्रकोप राहतकार्यमा सघाउन आवेदन दिन सक्नुहुन्छ। यसो गरेर तपाईँ आवश्‍यक पर्दा भाइबहिनीलाई मदत गर्न इच्छुक हुनुहुन्छ भनेर देखाउन सक्नुहुन्छ। आफैलाई सोध्नुहोस्‌: ‘यहोवाले मलाई पृथ्वीमा सधैँभरि बाँच्ने सुअवसर दिनुभयो भने त्यतिबेला उपयोगी हुने कुनै सीप अहिल्यै सिक्न सक्छु कि?’

केही भाइबहिनी सभाभवनको सरसफाइ र मर्मतसम्भार गर्दै छन्‌।

फेरि जीवित भएकाहरूको आवश्‍यकता पूरा गर्न तयार हुनुहोस्‌

याइरसकी छोरीलाई ब्युँताउनुभएपछि येसुले तिनलाई केही खानेकुरा दिन भन्‍नुभयो। (मर्कु. ५:४२, ४३) बाह्र वर्षकी बच्चीको लागि खानेकुरा जुटाउनु त्यत्ति गाह्रो काम होइन। तर “चिहानमा हुनेहरू सबैले [येसुको] स्वर सुन्‍नेछन्‌ र बाहिर निस्किआउनेछन्‌” भन्‍ने प्रतिज्ञा पूरा हुँदा हामीले कत्ति धेरै काम गर्नुपर्ला, सोच्नुहोस्‌ त। (युह. ५:२८, २९) यसबारे बाइबलमा एक-एक कुरा बताइएको छैन। तर फेरि जीवित भएकाहरूलाई पक्कै पनि गाँस, बास र कपासको खाँचो पर्नेछ। के तपाईँ तिनीहरूलाई मदत गर्न इच्छुक हुनुहुन्छ भनेर अहिल्यै देखाउन सक्नुहुन्छ? केही तरिका विचार गरौँ।

पृथ्वीको उत्तराधिकारी हुन तयार हुनुहुन्छ भनेर देखाउन तपाईँ अहिल्यै के गर्न सक्नुहुन्छ?

पेरिस अन्तरराष्ट्रिय अधिवेशनको लागि आएका अतिथिहरूलाई भाइबहिनीहरू एयरपोर्टमा खुसी हुँदै स्वागत गर्दै छन्‌।

मण्डलीमा क्षेत्रीय निरीक्षकको भ्रमण हुँदा के तपाईँ तिनलाई खाना खान बोलाउनुहुन्छ? कुनै बेथेल सेवकलाई क्षेत्रमा खटाइँदा वा क्षेत्रीय निरीक्षकको सेवा अन्त हुँदा के तपाईँ तिनको लागि बस्ने ठाउँ खोजिदिन सक्नुहुन्छ? तपाईँको इलाकामा अधिवेशन वा विशेष अधिवेशन हुन लागेको छ भने के तपाईँ अधिवेशनअघि वा पछि स्वयंसेवा गर्न अथवा अधिवेशनमा आएकाहरूलाई स्वागत गर्न सक्नुहुन्छ?

फेरि जीवित भएकाहरूलाई सिकाउन तयार हुनुहोस्‌

प्रेषित २४:१५ मा सङ्‌केत गरिएअनुसार भविष्यमा करोडौँ मानिस फेरि जीवित हुनेछन्‌। तिनीहरूमध्ये धेरैले यहोवाबारे सिक्ने मौका पाएका थिएनन्‌। परमेश्‍वरका वफादार अनि अनुभवी सेवकहरूले तिनीहरूलाई सिकाउने काममा भाग लिनेछन्‌।a (यसै. ११:९) युरोप, दक्षिण अमेरिका र अफ्रिकामा सेवा गरेकी सार्लट त्यस दिनको प्रतीक्षा गर्दै छिन्‌। तिनी यसो भन्छिन्‌: “म फेरि जीवित भएकाहरूलाई सिकाउने दिनको प्रतीक्षा गर्दै छु। कुनै ऐतिहासिक मानिसबारे पढ्‌दा म अक्सर यस्तो सोच्ने गर्छु: ‘यदि उसले यहोवाको विषयमा सिकेको भए उसको जीवन कत्ति राम्रो हुन्थ्यो होला!’ यहोवालाई चिन्‍ने मौका नपाएकाहरूलाई उहाँबारे सिकाउन म एकदमै उत्सुक छु।”

येसुअघिका वफादार सेवकहरूले समेत नयाँ संसारमा थुप्रै कुरा सिक्नुपर्नेछ। जस्तै, दानिएलले थुप्रै भविष्यवाणी गरे तर तिनी आफैले त्यसको अर्थ बुझेनन्‌। तिनलाई ती भविष्यवाणीहरूको अर्थ बुझाउन पाउनु हाम्रो लागि कत्ति आनन्द र सम्मानको कुरा हुनेछ! (दानि. १२:८) रुथ र नाओमीलाई तिनीहरू कसरी मसीहको पुर्खा बने भनेर बुझाउन पाउनु कत्ति खुसीको कुरा हुनेछ! हामीले विश्‍वव्यापी शैक्षिक कार्यक्रममा भाग लिने रमाइलो काम पाउनेछौँ। त्यतिबेला त्यस काममा भाग लिनदेखि बाधा पुऱ्‍याउने वा अलमल्याउने कुनै कुरा हुनेछैन।

एक बहिनी एक महिलालाई लुगा धुने ठाउँमा पर्चा दिँदै छिन्‌।

तपाईँ त्यस काममा भाग लिन चाहनुहुन्छ भनेर देखाउन अहिल्यै के गर्न सक्नुहुन्छ? एउटा तरिका भनेको आफ्नो शिक्षणकला तिखार्न कोसिस गर्नु अनि विश्‍वव्यापी साक्षीकार्यमा नियमित रूपमा भाग लिनु हो। (मत्ति २४:१४) तपाईँको उमेर वा अन्य परिस्थितिले गर्दा यस काममा चाहेजति भाग लिन सक्नुहुन्‍न होला तर आफूले सकेजति गर्नुभयो भने तपाईँ फेरि जीवित भएकाहरूलाई सिकाउन इच्छुक हुनुहुन्छ भनेर देखाइरहनुभएको हुनेछ।

त्यसैले यी प्रश्‍नहरूबारे विचार गर्नु महत्त्वपूर्ण छ: के तपाईँ पृथ्वीको उत्तराधिकारी हुने दिनको प्रतीक्षामा हुनुहुन्छ? के तपाईँ पृथ्वीलाई प्रमोदवन बनाउने, फेरि जीवित भएकाहरूको आवश्‍यकता पूरा गरिदिने र तिनीहरूलाई सिकाउने समयको उत्सुकतासाथ प्रतीक्षा गर्दै हुनुहुन्छ? नयाँ संसारमा गर्नुपर्ने कामहरूसित मिल्दाजुल्दा कामहरूमा अहिल्यै भाग लिएर तपाईँ त्यस दिनको उत्सुकतासाथ प्रतीक्षा गर्दै हुनुहुन्छ भनेर देखाउन सक्नुहुन्छ।

a सेप्टेम्बर २०२२ अङ्‌कको प्रहरीधरहरा-को “थुप्रैलाई धार्मिकताको बाटोमा डोऱ्‍याइनेछ” भन्‍ने लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने