प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 जून p. १७
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं ‘आत्माको भरमा हिंड्‌नुहुन्छ’?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • के तपाईंले आफूलाई परमेश्‍वरको शक्‍तिको डोऱ्‍याइअनुसार चल्न दिइरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • ‘धेरै फल फलाइरहनुहोस्‌’
    हाम्रो राज्य सेवकाई—२००७
  • बप्तिस्मापछि पनि “नयाँ व्यक्‍तित्व” धारण गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 जून p. १७

पाठकहरूको प्रश्‍न

के “पवित्र शक्‍तिको फल”-का पक्षहरू गलाती ५:२२, २३ मा उल्लिखित गुणहरू मात्र हुन्‌?

  • प्रेम

  • आनन्द

  • शान्ति

  • धीरज

  • दया

  • भलाइ

  • विश्‍वास

  • नम्रता

  • आत्मसंयम

यी पदहरूमा नौ वटा गुण उल्लिखित छन्‌: “पवित्र शक्‍तिको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वास, नम्रता, आत्मसंयम हो।” तर परमेश्‍वरको पवित्र शक्‍तिले हामीमा विकास गर्न सक्ने असल गुणहरू यी मात्रै हुन्‌ भन्‍ने सोचाइ राख्नु पर्दैन।

यसअघिका पदहरूमा प्रेषित पावलले के लेखे, याद गर्नुहोस्‌: “शरीरका कामहरू . . . अवैध यौनसम्बन्ध, अशुद्धपन, निर्लज्ज आचरण, मूर्तिपूजा, तन्त्रमन्त्र, दुस्मनी, कलह, डाह, रिस, झगडा, फूट, गुटबन्दी, ईर्ष्या, अत्यधिक मद्यपान, भोजको अनियन्त्रित मोजमस्ती र यस्तै अरू कुरा।” (गला. ५:१९-२१) पावलले “शरीरका कामहरू”-अन्तर्गत कलस्सी ३:५ मा उल्लेख गरिएका जस्तै अरू दुर्गुणहरू पनि लेख्न सक्थे। अनि तिनले नौ वटा असल गुणहरूबारे लेखिसकेपछि यसो भने: “यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था छैन।” त्यसकारण पवित्र शक्‍तिको मदत पाएर हामीले खेती गर्न सक्ने सबै असल गुण पावलले उल्लेख गरेनन्‌।

यस सूचीलाई पावलले एफिससको मण्डलीलाई लेखेको कुरासित तुलना गर्दा पनि स्पष्ट हुन्छ। तिनले यस्तो लेखे: “हरकिसिमका भलाइ, धार्मिकता अनि सत्य नै ज्योतिको फल हो।” (एफि. ५:८, ९) हो, धार्मिकता र सत्यका साथै “भलाइ” “ज्योतिको फल” हो तर यो “पवित्र शक्‍तिको फल”-को पक्ष पनि हो।

पावलले तिमोथिलाई यस्तो आग्रह गरे: “धार्मिकता, परमेश्‍वरको भक्‍ति, विश्‍वास, प्रेम, सहनशीलता र कोमलताको पछि लाग।” (१ तिमो. ६:११) यहाँ छ वटा गुण उल्लेख गरिएका छन्‌। यीमध्ये तीन वटा गुण (विश्‍वास, प्रेम र कोमलता अर्थात्‌ नम्रता) मात्र “पवित्र शक्‍तिको फल”-को पक्षको रूपमा समावेश गरिएका छन्‌। तर तिमोथि धार्मिकता, परमेश्‍वरको भक्‍ति र सहनशीलता विकास गर्न पनि पवित्र शक्‍तिको मदत पक्कै चाहन्थे।—कलस्सी ३:१२; २ पत्रुस १:५-७ तुलना गर्नुहोस्‌।

यसर्थ गलाती ५:२२, २३ मा उल्लेख गरिएका गुणहरू ख्रिष्टियनहरूले विकास गर्नुपर्ने गुणहरूको पूरा सूची होइन। परमेश्‍वरको शक्‍तिले हामीलाई “पवित्र शक्‍तिको फल”-का नौ वटा पक्ष विकास गर्न मदत गर्न सक्छ। तर परिपक्व ख्रिष्टियन बन्‍न र ‘धार्मिकता अनि वफादारीको मागबमोजिम परमेश्‍वरको इच्छाअनुसार सृष्टि भएको नयाँ व्यक्‍तित्व धारण गर्न’ हामीले अरू गुणहरू पनि विकास गर्नुपर्छ।—एफि. ४:२४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने