गीत ६५
बढ्दै जाऊ!
१. बढ्दै जाऊ, बढ्दै जाऊ, परिपक्व भै;
चम्काऊ है सारालाई सत्यको अनमोल ज्योति।
याहमा भर परी गर्नू प्रगति;
सफल हुनेछौ तिमी।
सेवामा हुनू सहभागी;
येसुले पनि गरे यही।
पर भर याहमा, लड्दैनौ कहीँ;
नहुनू अविश्वासी।
२. बढ्दै जाऊ, बढ्दै जाऊ, साक्षीकार्यमा;
पुऱ्याऊ है राज्य सन्देश सबै जातिकहाँ।
राजा यहोवाको गाऊ न प्रशंसा;
प्रचार गर्दा घरघरमा।
खोज्ला शत्रुले खुब तर्साउन;
नडराऊ, सबैलाई सुनाउन।
हेर नजिकै छ राज्य याहको;
सुनाई र’नू यो सत्य।
३. बढ्दै जाऊ, बढ्दै जाऊ, पछि नफर्क;
गर्नुछ धेरै काम,
शिक्षणकला तिखार।
यहोवाको डोऱ्याइमा हिँडिरह।
उनीबाट पाऊ खुसी।
मानिसलाई साँचो माया देखाऊ;
हृदय छुन फर्केर जाऊ।
सबैलाई प्रगति पथमा लौ डोऱ्याऊ;
चम्कोस् सत्यको ज्योति!
(फिलि. १:२७; ३:१६; हिब्रू १०:३९ पनि हेर्नुहोस्)