प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 नोभेम्बर p. ३१
  • हुल्दाको इच्छा पूरा भयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हुल्दाको इच्छा पूरा भयो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • हातैमा पुस्तकालय
    तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
  • फिजीका टापुहरूमा परमेश्‍वरको राज्य घोषणा गर्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 नोभेम्बर p. ३१

हुल्दाको इच्छा पूरा भयो

केही वर्षअघि तपाईँ इन्डोनेसियाको साङ्‌गइर बेसार भन्‍ने सानो टापुमा जानुभएको भए त्यहाँको समुद्री किनारमा हाम्रा तीन जना बहिनीलाई देख्नुभएको थियो होला। त्यस टापुमा तिनीहरू बाइबलबारे अरूलाई सिकाउने मानिसहरू भनेर चिरपरिचित छन्‌। तर त्यतिबेला भने तिनीहरू अर्कै काम गरिरहेका थिए।

इन्डोनेसिया र त्यसवरपरका देशहरूको नक्सा। छेउमा साङ्‌गइर बेसार टापु देखाइएको छ।

उत्तरी इन्डोनेसियाको साङ्‌गइर बेसार टापु

तिनीहरू गिट्टी कुट्‌दै थिए। यसको लागि तिनीहरू समुद्र किनारमा गएर ठूलठूला ढुङ्‌गाहरू जम्मा गर्थे। कुनै-कुनै ढुङ्‌गा त फुटबलजत्तिकै ठूलो हुन्थ्यो। त्यसपछि ती बहिनीहरू काठको मुढामा बसेर गिट्टी कुट्‌थे। अनि ती गिट्टीहरू प्लास्टिकको बाल्टिनमा हाल्थे र सिँढी चढ्‌दै आफ्नो घरसम्म बोकेर लैजान्थे। अनि ठूलठूला बोराहरूमा भरेर ट्रकहरूमा लोड गर्थे। ती गिट्टीहरू सडक बनाउन प्रयोग गरिन्थे।

हुल्दा समुद्र किनारमा ढुङ्‌गा जम्मा गर्दै

ती बहिनीहरूमध्ये एक हुल्दा थिइन्‌। तिनी अरू बहिनीहरूभन्दा धेरै समय त्यो काम गर्थिन्‌। तिनी साधारणतया आफूले कमाएको सबै पैसा परिवारको दैनिक आवश्‍यकता पूरा गर्न खर्च गर्थिन्‌। तर अहिले भने अर्को एउटा कुरा किन्‍नको लागि पनि तिनी त्यो काम गर्दै थिइन्‌। तिनी एउटा ट्याब्लेट किन्‍न चाहन्थिन्‌ किनभने तिनी JW लाइब्रेरी एप चलाउन चाहन्थिन्‌। त्यस एपमा भएको भिडियो अनि अरू सामग्रीहरूले बाइबलको कुरा अझ राम्ररी बुझ्न र मानिसहरूलाई साक्षी दिन मदत गर्छ भनेर तिनलाई थाह थियो।

हुल्दाले डेढ महिनासम्म हरेक बिहान थप दुई घण्टा गिट्टी कुट्‌ने काम गरिन्‌। यसरी काम गरेर कुटेको गिट्टीले एउटा सानो ट्रक भरियो। अन्ततः तिनले एउटा ट्याब्लेट किन्‍न पुग्ने पैसा जम्मा गरिन्‌।

ट्याब्लेट बोकेकी हुल्दा

हुल्दा भन्छिन्‌: “गिट्टी कुट्‌दा थकाइ लाग्छ अनि जिउ पनि दुख्छ। तर साक्षीकार्य अनि सभाको लागि तयारी गर्न नयाँ ट्याबलेट प्रयोग गर्दा सबै दुखाइ बिर्सिन्छु।” महामारीको बेला तिनलाई साक्षीकार्यमा अनि सभामा अनलाइनमार्फत जोडिन ट्याब्लेटले गर्दा निकै सजिलो भयो। हुल्दाको इच्छा पूरा भएकोमा हामी पनि खुसी छौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने