प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ५/१५ पृ. ३२
  • तिनीहरूले बल कहाँबाट पाउँछन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूले बल कहाँबाट पाउँछन्‌?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ५/१५ पृ. ३२

तिनीहरूले बल कहाँबाट पाउँछन्‌?

तपाईंले यो तस्बिरको पुतलीलाई नियालेर हेर्नुभयो भने त्यसका चार पखेटाहरूमध्ये एउटा कामै नलाग्ने भएको देख्नुहुनेछ। यद्यपि, त्यो पुतली खाइरहन्छ र उडि नै रहन्छ। यो कुनै असामान्य घटना होइन। पुतलीहरू आफ्नो पखेटा ७० प्रतिशत भाग टुक्रिसक्दा पनि आफ्नो दिनचर्यामा लागिरहेका देखिएको छ।

त्यस्तैगरि, धेरै मानिसहरूले दृढता प्रदर्शन गर्छन्‌। कठिन शारीरिक वा भावनात्मक समस्याहरूका बावजूद तिनीहरू हार मान्दैनन्‌।—तुलना गर्नुहोस्‌ २ कोरिन्थी ४:१६.

प्रेरित पावलले मिसनरी यात्राहरूको दौडान व्यक्‍तिगत रूपमा धेरै कठिनाइहरू भोग्नुपऱ्‍यो। तिनलाई कोर्रा लगाइयो, पिटियो, ढुंगा हानियो र थुनामा राखियो। यसबाहेक, तिनीमा एक प्रकारको शारीरिक कमजोरी थियो। शायद तिनको आँखाको समस्या थियो र त्यो तिनको लागि “शरीरमा एक किसिमको छेस्को” थियो।—२ कोरिन्थी १२:७-९; गलाती ४:१५.

निकै वर्षसम्म नैराश्‍यको समस्या विरुद्ध संघर्ष गरेका डेभिड नाउँ गरेको मसीही प्राचीन आफ्नो स्वास्थ्य लाभमा यहोवाको बलले निर्णायक भूमिका निर्वाह गरेको विश्‍वास गर्छन्‌। तिनी बताउँछन्‌: “बल्लतल्ल प्राप्त गरेको उन्‍नति पनि बारम्बार फुत्किरहेको जस्तो देखिन्थ्यो। निरुत्साहित हुँदा म आफ्नो पूर्ण भरोसा यहोवामा राख्थें र साँच्चै उहाँले मलाई सँभाल्नुभयो। यस्ता क्षणहरू पनि थिए जब मैले घण्टौंसम्म प्रार्थना गर्थें। यहोवासित कुरा गर्दा एक्लो र निकम्मा हुनुका भावनाहरू हराउँथे। मैले कमजोरीहरूसित धेरै संघर्ष गरेको छु तर यहोवाप्रति म कृतज्ञ छु किनभने यी कमजोरीहरूबाट मैले अरूलाई समेत बल दिने बल पाएको छु।”

यहोवा परमेश्‍वरले पावललाई बल दिनुभयो। तसर्थ, तिनले यसो भन्‍नसके: “दुर्बल हुँदा, म शक्‍तिमान हुन्छु।” (२ कोरिन्थी १२:१०) हो, आफ्ना कमजोरीहरूले गर्दा पावलले ईश्‍वरप्रदत्त बलमा निर्भर गर्न सिके। प्रेरित पावलले भने, “जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।” (फिलिप्पी ४:१३) यहोवाले अवश्‍य आफ्ना सेवकहरूलाई शक्‍ति दिनुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने