प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ४/८ पृ. २४
  • पेटबाट आफ्नो सुरक्षा!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पेटबाट आफ्नो सुरक्षा!
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • ‘तपाईंको छाला—सहरको पर्खालजस्तै हो’
    ब्यूँझनुहोस्‌!—२००४
  • सर्पको छाला
    ब्यूँझनुहोस्‌!—२०१४
  • सि क्युकम्बरको अचम्मलाग्दो छाला
    सृष्टि या संयोग
ब्यूँझनुहोस्‌!—२००३
g03 ४/८ पृ. २४

पेटबाट आफ्नो सुरक्षा!

यसको चाल छिटो छैन। धेरै मानिसहरूले यसलाई आकर्षक प्राणी ठान्दैनन्‌। तर यसको पेट साह्रै अनौठो छ! हामी केबारे कुरा गर्दैछौं? स्पाइनी पफर र यसलाई बेलुनमाछा अनि लामो डँडाल्नु भएको दुम्सी पनि भनिन्छ। यो प्राणी खतरामा पर्दा “अचम्मको परिवर्तन हुन्छ” भनी नेचुरल हिस्ट्री पत्रिका बताउँछ। लगभग ५० सेन्टिमिटर लम्बाइ हुने यसको शरीर सुन्‍निएर “आफ्नो साइजभन्दा तीन गुणा ठूलो हुन्छ र कडा अनि लगभग बाटुलो झुसे नहोउन्जेल फुल्छ र पौडी खेल्नको लागि यसको बान्की सजिलो नभए तापनि आक्रमणकारीहरूलाई भगाउन भने अत्यन्तै प्रभावकारी हुन्छ।”

माछाले पेटमा पानी भर्छ र फुल्छ अनि औसत नापभन्दा सय गुणा ठूलो हुन्छ! यो पफर माछाले एउटा अद्‌भुत तर सरल अवधारणाले गर्दा यसो गर्न सक्छ—त्यो हो, यसका मुजाहरू।

वास्तवमा, पफरको पेट मुजा-मुजा परेको हुन्छ भनी नेचुरल हिस्ट्री बताउँछ। सबैभन्दा ठूलो मुजा तीन मिलिमिटर चौडा हुन्छ अनि “प्रत्येक मुजाभित्र अरू स-साना मुजा हुन्छन्‌ अनि यति सुक्ष्म मुजासम्म हुन्छन्‌ कि यिनीहरूलाई माइक्रोस्कोपले मात्र देख्न सकिन्छ” भनी उक्‍त लेख बताउँछ।

निस्सन्देह, पफरको छाला यसको पेट सँगसँगै तन्कनुपर्छ। यसो गर्नको लागि दुई पत्रे छालाले दुइटा तरिका अपनाउँछ। पेटजस्तै भित्री पत्र मुजा परेको र बाहिरी पत्र भने तन्कने हुन्छ। तन्कने पत्रले गर्दा छाला खुम्चिन पाउँदैन अनि पफरको हावा फुस्किंदा पनि राम्रै अवस्थामा रहन्छ।

आफूलाई खतरा हुन सक्ने आक्रमणकारीहरूबाट जोगिन पफरले आफ्नो शरीर फुलाउने मात्र होइन। यसको छाला तन्कँदै जाँदा यसको झुसे भाग एकदमै ठाडो हुन्छ। त्यसकारण, तपाईं समुद्रमुनि जानुहुँदा पफर देख्नुभयो भने त्यसलाई नछुनुहोस्‌! अनि यसको मुखदेखि पनि होसियार हुनुहोस्‌; त्यसले तपाईंको हड्डीसम्म टोक्न सक्छ!

आफ्नो सृष्टिबारे परमेश्‍वरले अय्यूबलाई प्रश्‍न गर्नुहुँदा तिनले यस्तो जवाफ दिए: “तपाईं सबै कुरा गर्नसक्नुहुन्छ भनी म जान्दछु, औ कुनै काम पनि तपाईंको शक्‍तिको बाहिर छैन।” (अय्यूब ४२:२) हो, भुक्क परेको स्पाइनी पफरले कुनै पनि सौन्दर्य प्रतियोगिता जितेको हामी कल्पनासमेत गर्न सक्दैनौं तर त्यसले परमेश्‍वरको सृजनात्मक शक्‍ति र बुद्धिको प्रशस्त प्रमाण दिन्छ।—रोमी १:२०. (g03 3/22)

[पृष्ठ २४-मा भएको चित्र]

Top: Photo by John E. Randall; bottom: © Jeff Rotman

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने