प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 अप्रिल p. १६
  • सर्पको छाला

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सर्पको छाला
  • ब्यूँझनुहोस्‌!—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • सर्पहरूबारे मानिसहरूको भ्रम
    ब्यूँझनुहोस्‌!—१९९८
  • गोमन के तपाईं भेट्‌न चाहनुहुन्छ?
    ब्यूँझनुहोस्‌!—१९९६
  • तामाको सर्प
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • ‘तपाईंको छाला—सहरको पर्खालजस्तै हो’
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१४
g14 अप्रिल p. १६
रूखमा बसिरहेको सर्प

सृष्टि या संयोग?

सर्पको छाला

सर्पका हातखुट्टा हुँदैनन्‌। यिनीहरू घस्रने जीव हुन्‌। घिस्रिनुपर्ने भएकोले यिनीहरूको बाहिरी छाला निकै बलियो हुन्छ। कुनै-कुनै प्रजाति त सुकेर कक्रक्क परेका रूखहरूमा समेत चढ्‌न सक्छन्‌। अरू कतिले भने खस्रो न खस्रो बालुवामा समेत दुलो बनाउन सक्छन्‌। सर्पको छाला कसरी यति बलियो भएको?

विचार गर्नुहोस्‌: प्रजातिअनुसार सर्पको छालाको मोटाइ र बनावट पनि फरक-फरक हुन्छ। तर यिनीहरूमा एउटा कुरा भने समान हुन्छ। यिनीहरूको छाला बाहिर कडा र भित्रपट्टि क्रमशः नरम हुन्छ। यसको फाइदा? अनुसन्धानकर्ता मारिन क्रिस्टिन केलेन यसो भन्छिन्‌, “कुनै वस्तुको बाहिरी तह कडा र भित्री तह नरम छ भने त्यसको कुनै एउटा ठाउँमा थिच्दा त्यसमा परेको दबाब सबैतिर बराबर हुनेगरि फैलिन्छ।” सर्पको छालाको अनौठो बनोटले गर्दा यो जस्तोसुकै ठाँउमा पनि मजाले घस्रन सक्छ। तीखा अनि चुच्चा ढुङ्‌गामा घिस्रिंदा समेत यसको शरीरमा चोट लाग्दैन। किन? किनभने सर्पको छालाको बनोट केलेनले भनेजस्तै हुन्छ—बाहिर कडा अनि भित्र नरम। हामीलाई थाह छ, कुनै वस्तुको एक ठाउँमा मात्र बढी बल पऱ्‍यो भने घोच्ने सम्भावना हुन्छ। तर सर्पले आफ्नो शरीरको एक ठाउँमा परेको चापलाई पूरै शरीरमा बराबर फैलाउँछ। त्यसैले यसलाई चोटपटक लाग्दैन। साथै यसको छाला लामो समयसम्म टिक्नुपर्ने भएकोले यसले दुईदेखि तीन महिनामा मात्र काँचुली फेर्छ।

सर्पको छालामा पाइने यस्ता विशेषताहरू भएको कुनै वस्तु बनाउन सकियो भने चिकित्सा क्षेत्रमा त्यो उपयोगी हुन सक्छ। अहिले मानिसहरू विभिन्‍न खालको कृत्रिम अङ्‌गहरू (नक्कली हात, खुट्टा, आदि) प्रयोग गर्छन्‌। सर्पको छालामा पाइने विशेषताको नकल गरेर अहिलेको भन्दा राम्रो, टिकाउ अनि भरपर्दा कृत्रिम अङ्‌गहरू बनाउन सकिन्छ। त्यसका साथै कन्भेयर मेसिन (सामान एक ठाउँबाट अर्को ठाउँमा पुऱ्‍याउने, सर्र बग्ने मेसिन) बनाउनु पनि उपयोगी देखिन्छ। किनभने यस्तो तरिकाले बनाइने मेसिनमा घस्रनको असर कम गर्न हानिकारक इन्जिन आयल थोरै मात्र प्रयोग गरे पुग्न सक्छ।

तपाईंलाई कस्तो लाग्छ? सर्पको छाला विकासवादको उपज हो या सृष्टि? (g14-E 03)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने