प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 २/८ पृ. ३१
  • “मानिसहरूले यत्ति कुरा बुझिदिए!”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मानिसहरूले यत्ति कुरा बुझिदिए!”
  • ब्यूँझनुहोस्‌!—२००५
ब्यूँझनुहोस्‌!—२००५
g05 २/८ पृ. ३१

“मानिसहरूले यत्ति कुरा बुझिदिए!”

थुप्रै युवाहरूले उच्च माध्यामिक तहको पढाइ सिध्याएपछि भौतिक कुराहरू प्राप्त गर्ने लक्ष्य राख्ने बेलामा डेभिडको मनमा भने अर्कै कुरा थियो। सेप्टेम्बर २००३ मा तिनी र तिनको एक जना साथी संयुक्‍त राज्य अमेरिकाको इलिनोइबाट डोमेनिकन गणतन्त्रमा बसाइँ सरे।a साथी र परिवारका सदस्यहरूले तिनलाई माया गरेर डेभि भनेर बोलाउँथे। डेभिले स्पेनी भाषा सिकेर यहोवाका साक्षीहरूको नाभास मण्डलीलाई बाइबल सिकाउने कार्यमा सहयोग गर्ने निर्णय गरे। त्यस मण्डलीले तिनलाई खुला मनले स्वागत गऱ्‍यो। त्यस मण्डलीका एक मात्र प्राचीन क्वान यसो भन्छन्‌: “डेभिलाई जस्तोसुकै काम अह्राए तापनि उसले त्यो काम गर्थ्यो। अरूलाई मदत गर्न ऊ सधैं अघि सर्थ्यो र भाइहरूले पनि उसलाई माया गर्थे।”

डेभिलाई आफ्नो असाइनमेन्ट असाध्यै मन पर्थ्यो। संयुक्‍त राज्य अमेरिकामा भएको आफ्नो साथीलाई तिनले यसरी लेखे: “यहाँ मेरो जीवन एकदमै रमाइलो छ। सेवकाई पनि अत्यन्तै स्फूर्तिदायी छ! हामी हरेक ढोकामा २० मिनेट जति कुराकानी गर्छौं किनभने मानिसहरू हामीबाट जतिसक्दो धेरै कुरा सुन्‍न चाहन्छन्‌। मैले छवटा बाइबल अध्ययन सञ्चालन गर्न थालिसकेको छु र यहाँ अझ थप मदतको खाँचो छ। जम्मा ३० जना प्रकाशक मात्रै भएको हाम्रो मण्डलीको एउटा सभामा उपस्थिति संख्या भने १०३ थियो!”

दुःखको कुरा, एउटा दुर्घटनामा परेर अप्रिल २४, २००४ मा जवान डेभि र तिनकै मण्डलीको अर्को एक जना युवकको मृत्यु भयो। आफ्नो मृत्यु नहोउन्जेलसम्म डेभि तिनले गरिरहेको कामप्रति अत्यन्तै उत्साहित थिए र आफ्नो देशका अरू युवाहरूलाई पनि तिनीसँग काम गर्न प्रोत्साहन दिन्थे। एउटी जवान साक्षीलाई तिनले यसो भने: “यसले तिम्रो दृष्टिकोण नै परिवर्तन गरिदिनेछ।”

दृष्टिकोणको सन्दर्भमा डेभि आफैले अनुभव गरेको एउटा परिवर्तन भौतिक कुराहरूबारे थियो। तिनका बुबा यसरी सम्झन्छन्‌: “डेभि घर फर्केको बेला एक चोटि उसलाई स्की अर्थात्‌ हिउँमा चिप्लेटी खेल्न जाने निम्तो आयो। यसको लागि कति खर्च लाग्छ भनेर उसले सोध्यो। कति खर्च लाग्छ भन्‍ने कुरा थाह पाएपछि डेभिले स्की खेल्नको लागि आफूले त्यति धेरै पैसा खर्च गर्न नसक्ने कुरा बतायो किनभने त्यति नै पैसाले ऊ डोमेनिकन गणतन्त्रमा महिनौं बिताउन सक्थ्यो!”

डेभिको जोसले अरूलाई पनि प्रभाव पाऱ्‍यो। तिनकै देशको एउटी युवतीले यसो भनिन्‌: “डेभिले गरिरहेको सबै कामका साथै ऊ कत्ति खुसी थियो भन्‍ने कुरा सुन्दा मैले पनि यस्तै काम गर्न पाए पनि हुन्थ्यो भन्‍ने महसुस गरें। डेभिको मृत्युले मलाई यो सोच्न बाध्य तुल्याएको छ कि मेरो मृत्यु भयो भने मानिसहरूले मेरोबारे के भन्‍नेछन्‌ होला अनि के मैले तिनीहरूको जीवनमा यस्तै सकारात्मक प्रभाव पार्नेछु होला।”

यहोवाका साक्षीहरूको हैसियतमा डेभिका आमाबाबु तथा तिनका दाइ र दिदी यहोवाले डेभिलाई आउँदै गरेको धार्मिक नयाँ संसारमा पुनरुत्थान गर्नुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त छन्‌। (यूहन्‍ना ५:२८, २९; प्रकाश २१:१-४) डेभिले आफ्नो जीवन सबैभन्दा उत्तम तरिकामा अर्थात्‌ आफ्नो सृष्टिकर्ताको सेवा गर्नमा बिताए भन्‍ने कुरा थाह पाउँदा अहिल्यै पनि तिनीहरू सान्त्वना पाउँछन्‌। (उपदेशक १२:१) आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्ने आफ्नो निर्णयबारे टिप्पणी गर्दै डेभिले एक पटक यसो भने: “प्रत्येक युवाहरूले मेरो जस्तै काम गरून्‌ र मेलै महसुस गरेजस्तै सन्तुष्टि महसुस गरून्‌ भन्‍ने म चाहन्छु। तनमनले यहोवाको सेवा गर्नुभन्दा राम्रो कुरा अरू केही छैन। मानिसहरूले यत्ति कुरा बुझिदिए कत्ति राम्रो हुन्थ्यो!” (g05 1/8)

[फुटनोट]

a डेभिडजस्तै थुप्रै यहोवाका साक्षीहरू राज्य प्रचारकहरूको आवश्‍यकता बढी भएको ठाउँमा स्वेच्छाले बसाइँ सरेका छन्‌ र अरूलाई परमेश्‍वरको वचनको सच्चाइ सिकाउन कोही-कोहीले त विदेशी भाषासमेत सिकेका छन्‌। अहिले डोमेनिकन गणतन्त्रमा ४०० भन्दा बढी यस्ता स्वयंसेवकहरूले सेवा गरिरहेका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने