प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 अक्टोबर पृ. ६
  • स्वास्थ्य समस्या आउँदा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्वास्थ्य समस्या आउँदा
  • ब्यूँझनुहोस्‌!—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • समस्याको सामना कसरी गर्न सक्नुहुन्छ
  • स्वास्थ्यलाभ
    ब्यूँझनुहोस्‌!—१९९७
  • रक्‍तविहीन औषधोपचार तथा शल्यक्रियाको—बढ्‌दो माग
    ब्यूँझनुहोस्‌!—२०००
  • ३ समस्याहरूसँग जुझ्न मदत गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • दुर्घटनाले कसरी मेरो जीवन परिवर्तन गऱ्‍यो
    ब्यूँझनुहोस्‌!—२००३
ब्यूँझनुहोस्‌!—२०१४
g14 अक्टोबर पृ. ६
अस्पतालको शय्या

आवरण लेख | एक्कासि समस्या आउँदा—कसरी सामना गर्ने?

स्वास्थ्य समस्या आउँदा

अर्जेन्टिनाकी मेबल एक जाँगरिली स्त्री थिइन्‌। तिनी फिजियो थेरापिस्टको काम गर्थिन्‌। सन्‌ २००७ को कुरा हो, तिनले अत्यन्तै थकित महसुस गर्न थालिन्‌ र दिनदिनै तिनको टाउको बेस्सरी दुख्न थाल्यो। तिनी भन्छिन्‌: “म थुप्रै डाक्टरहरूकहाँ गएँ अनि मैले अनेक किसिमका औषधीहरू पनि खाएँ। तर जे गरे पनि मेरो व्यथा कम भएन।” त्यसपछि मेबलले एमआरआई गरिन्‌ र तिनको मस्तिष्कमा ट्युमर भएको पत्ता लाग्यो। तिनी भन्छिन्‌: “म अक्क न बक्क परें! मैले आफ्नो शरीरमा यस्तो खतरनाक शत्रु पालिरहेको छु भनेर विश्‍वासै गर्न सकिनँ।

मेबल

“अप्रेसन गरेपछि मात्रै मेरो अवस्था वास्तवमा कत्ति गम्भीर रहेछ भनी मैले बुझें। अप्रेसनपछि होस खुल्दा म आईसीयूमा थिएँ। म चल्नै सकिनँ, केवल माथि हेरेर टोलाउन मात्र सकें। अप्रेसन गर्नुअघि म फुर्तिलो थिएँ अनि आफ्नो काम आफै गर्न सक्थें। तर अचानक म केही पनि गर्न नसक्ने भएँ। अस्पतालमा आकस्मिक अलार्म र सरसामानको आवाज अनि अरू बिरामीहरू पीडाले चिच्याइरहेको आवाज सुनेरै आईसीयूमा मेरा दिनहरू बिते। त्यहाँ के भइरहेछ, मैले राम्ररी बुझ्नै सकेको थिइनँ। दुःख र पीडाले मलाई चारैतिरबाट घेरिरहेको छ जस्तो लाग्थ्यो।

“अहिले मेरो स्वास्थ्यमा केही सुधार आएको छ। म कसैको सहाराविना नै हिंडडुल गर्न सक्छु र कहिलेकाहीं त एक्लै पनि बाहिर जान सक्छु। तर अझै पनि म एउटा कुरालाई दुइटा देख्छु र मनले चाहेजस्तो हातगोडा चल्दैन।”

समस्याको सामना कसरी गर्न सक्नुहुन्छ

सकारात्मक हुनुहोस्‌। बाइबल यसो भन्छ: “प्रसन्‍न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरू सुकाउँछ।” (हितोपदेश १७:२२, NRV) विगतलाई सम्झँदै मेबल भन्छिन्‌: “पहिला-पहिला मकहाँ उपचारको लागि आउने बिरामीहरूले जुन किसिमका चुनौतीहरूको सामना गर्थे, मैले पनि आफ्नो उपचारको क्रममा त्यस्तै चुनौतीहरूको सामना गरें। उपचारको लागि कसरत गर्नुपर्दा असह्‍य पीडा हुन्थ्यो र कहिलेकाहीं त अबउसो म कहिल्यै कसरत गर्दिनँ जस्तो पनि लाग्थ्यो। तर यस्तो नकारात्मक सोचाइ हटाउन मैले आफैलाई बारम्बार सम्झाएँ किनभने आफूले गरेका प्रयासहरूले पछि राम्रो परिणाम ल्याउनेछ भनेर मलाई थाह थियो।”

समस्याहरू सहन भविष्यको आशामा ध्यान केन्द्रित गर्नुहोस्‌। मेबल भन्छिन्‌: “समस्याहरू किन आउँछन्‌ भनेर मैले बाइबलबाट थाह पाएकी थिएँ। साथै प्रत्येक दिनको अन्तसँगै दुःखकष्टको नामोनिसानै नरहने समय नजिकिंदै छ भनेर पनि मैले बुझेकी थिएँ।”a

परमेश्‍वरले तपाईंको व्यक्‍तिगत रूपमा ख्याल राख्नुहुन्छ भन्‍ने कुरा मनमा राख्नुहोस्‌। (१ पत्रुस ५:७) यसो गर्दा पाएको मदतबारे मेबल भन्छिन्‌: “डाक्टरहरूले मलाई अप्रेसन कक्षमा लग्दै गर्दा यशैया ४१:१० मा परमेश्‍वरले भन्‍नुभएको यो कुरा सत्य हो भनी म आफैले अनुभव गरें: ‘नडरा, किनकि म तँसित छु।’ यहोवा परमेश्‍वरले मेरो ख्याल राख्नुहुन्छ भन्‍ने कुरा थाह पाएकोले मैले ढुक्क महसुस गरें।”

के तपाईंलाई थाह थियो? कोही पनि बिरामी नहुने समय आउँदैछ भनी बाइबलले सिकाउँछ।—यशैया ३३:२४; ३५:५, ६. (g14-E 07)

a थप जानकारीको लागि बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ११ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने