प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 अक्टोबर पृ. १४-१५
  • छोराछोरीलाई नपुलपुल्याउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • छोराछोरीलाई नपुलपुल्याउनुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • तपाईं के गर्न सक्नुहुन्छ?
  • आत्मसंयम देखाउनुका फाइदाहरू
    ब्यूँझनुहोस्‌!—२०१९
  • बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस्‌
    पारिवारिक आनन्दको रहस्य
  • छोराछोरीलाई लगनशील हुन सिकाउनुहोस्‌
    परिवारका लागि
  • आमाबुबा हो, छोराछोरीलाई विश्‍वास बलियो बनाउन मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
ब्यूँझनुहोस्‌!—२०१४
g14 अक्टोबर पृ. १४-१५
एउटा सानो केटो पसलमा राखेको खेलौना लिन खोज्दैछन्‌ र उनको बुबाले उनलाई “हुँदैन” भनिरहेका छन्‌।

परिवारका लागि | छोराछोरी हुर्काउने

छोराछोरीलाई नपुलपुल्याउनुहोस्‌

चुनौती

तपाईंको सानो छोराa आफूले मागेको कुरा पाउन ढिपी कसेर बसेको छ। तपाईंले “हुँदैन” भन्‍नुहुँदा ऊ चिच्याइ-चिच्याइ रुन थाल्छ अनि तपाईंको धैर्यताको बाँध टुट्‌छ। उसलाई फकाउन तपाईंले जे भने पनि, जे गरे पनि ऊ मान्दै मान्दैन। अन्तमा, हार मान्‍नुबाहेक अरू कुनै उपाय नै छैन जस्तो तपाईंलाई लाग्छ। “हुँदैन” भन्दा-भन्दा दिक्क लागेकोले यसपटक पनि तपाईं बाध्य भएर छोराले मागेको कुरा दिनुहुन्छ।

तपाईं तुरुन्तै हार नमान्‍न सिक्न सक्नुहुन्छ। तर सबैभन्दा पहिला बच्चाहरूलाई किन “हुँदैन” भन्‍नुपर्छ, केही कारणहरू विचार गरौं।

तपाईंले के बुझ्नुपर्छ?

“हुँदैन” भन्‍नु कठोर वा निर्दयी हुनु होइन। केही बुबाआमा छोराछोरीलाई “हुँदैन” भन्‍नु कठोर हुनु हो भन्छन्‌। केटाकेटीसित त तर्क गर्नुपर्छ वा तिनीहरूलाई बुझाउनु पर्छ भनी ती बुबाआमा सोच्छन्‌। तिनीहरूका अनुसार छोराछोरीलाई “हुँदैन” भन्‍नु व्यावहारिक होइन किनभने त्यसो भन्दा छोराछोरीहरू आमाबुबासित झर्को मान्‍न वा रिसाउन सक्छन्‌।

हुन त हो, “हुँदैन” भन्‍ने शब्दले सुरुमा तपाईंको छोराछोरीलाई निराश पार्ला। तर यसले तिनीहरूलाई एउटा महत्त्वपूर्ण पाठ सिकाउँछ। त्यो हो, वास्तविक संसारमा मानिसहरू एउटा सीमाभित्र रहनु पर्छ, मतलब चाहेको सबै कुरा पाइन्छ भन्‍ने छैन। अर्कोतर्फ छोराछोरीले मागेको सबै कुरा दिनुभयो भने तपाईंले आमाबुबाको रूपमा आफूले पाएको अधिकारलाई कमजोर बनाइरहनुभएको हुन्छ। अनि जे चाहिए पनि रोइकराइ गरेर तपाईंलाई आफ्नो इशारामा नचाउन उसले सिकिरहेको हुन्छ। साँच्चै भन्‍ने हो भने सजिलै आफ्नो इशारामा नचाउन सकिने आमाबुबालाई छोराछोरीले आदर गर्न कहिल्यै सिक्दैनन्‌।

छोराछोरीले मागेको हरेक कुरा पूरा नगरिदिंदा तपाईंले उनीहरूलाई किशोर र वयस्क अवस्थाको लागि तयार पारिरहनुभएको हुनेछ। उनीहरूले आफूले चाहेको सबै कुरा पूरा नगर्दा कस्ता फाइदा हुन्छन्‌, त्यो सिकिरहेका हुन्छन्‌। यस्तो महत्त्वपूर्ण पाठ सिकेको बच्चाले किशोर अवस्थामा लागू पदार्थ सेवन गर्ने तथा विवाहपूर्व यौन सम्बन्ध राख्ने जस्ता दबाबहरूको सामना गर्नुपर्दा तुरुन्तै हार मान्दैन।

तपाईंले बच्चालाई पुलपुल्याउनु भएन भने उसले वयस्क अवस्थाको लागि राम्रो तालिम पाइरहेको हुन्छ। डा. डेभिड वल्स यसो लेख्छन्‌: “वास्तविक कुरा के हो भने, हामी वयस्कहरूले चाहेको सबै कुरा पाउँछौं भन्‍ने छैन। त्यसैले छोराछोरीले जे मागे पनि दिने गऱ्‍यौं भने हामीले उनीहरूलाई परिपक्व बन्‍न मदत गरिरहेका हुँदैनौं।”b

तपाईं के गर्न सक्नुहुन्छ?

आफ्नो लक्ष्यमा ध्यान दिनुहोस्‌। भविष्यमा छोराछोरी आफ्नो भावनालाई नियन्त्रण गर्न सक्ने, दक्ष र सफल व्यक्‍ति भएको तपाईं चाहनुहुन्छ होला। तर तपाईंले छोराछोरीको हर माग पूरा गर्नुभयो भने तिनीहरू तपाईंले चाहेको जस्तो व्यक्‍ति बन्‍न सक्दैनन्‌। बाइबल यसो भन्छ: “बाल्यकालदेखि नै पुलपुल्यायो भने, आखिरमा त्यसले दिक्दारी पार्नेछ।” (हितोपदेश २९:२१, NRV) त्यसैले छोराछोरीको हर माग पूरा नगर्नु वास्तवमा राम्रो अनुशासन हो। यस्तो अनुशासनले तपाईंको छोराछोरीलाई हानि पुऱ्‍याउँदैन, बरु मदत गर्छ।—बाइबल सिद्धान्त: हितोपदेश १९:१८.

छोराछोरीलाई कुनै कुराको निम्ति “हुँदैन” भन्‍नुहुँदा आफ्नो निर्णयमा अडिग रहनुहोस्‌। तपाईंको छोराछोरी तपाईं बराबर छैनन्‌। त्यसैले तपाईंले कुनै कुराको निम्ति “हुँदैन” भन्‍नुहुँदा छोराछोरीको स्वीकृति चाहिएला जस्तो गरी लामो छलफल गरिरहनु पर्दैन। हुन त हो, छोराछोरी हुर्कंदै जाँदा तिनीहरूले “आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्ट्याउन तालिम” दिनुपर्छ। (हिब्रू ५:१४) त्यसैले छोराछोरीसित तर्क गर्नु गलत होइन। तैपनि तपाईंले कुनै कुराको लागि किन “हुँदैन” भन्‍नुभयो भनेर साना छोराछोरीसित लामो समयसम्म बहस गर्नु आवश्‍यक छैन। लामो बहस गरिरहनुभयो भने छोराछोरीले तपाईंको निर्णयलाई अनुरोध जस्तो मात्र ठानेर त्यसलाई हल्कासित लिनेछन्‌।—बाइबल सिद्धान्त: एफिसी ६:१.

आफ्नो निर्णय परिवर्तन नगर्नुहोस्‌। तपाईं आफ्नो निर्णय परिवर्तन गर्नुहुन्छ कि भनेर जाँच्न छोराछोरीले रोइकराइ गर्दै जिद्दी गर्न सक्छन्‌। घरमा छोराछोरीले त्यसो गरे भने तपाईं के गर्न सक्नुहुन्छ? छोराछोरीलाई नपुलपुल्याउने विषयमा लेखिएको एउटा किताब यसो भन्छ: “यस्तो अवस्थामा छोराछोरीबाट टाढा रहनुहोस्‌। अनि यसो भन्‍नुहोस्‌, ‘तिमी रुने मुडमा छौ भने ठीकै छ, तर म त्यो सुन्‍न चाहन्‍नँ। तिमी आफ्नो कोठामा जाऊ र रुन नसिद्धिएसम्म त्यहीं बसिराख।” सुरु-सुरुमा तपाईंलाई यसो गर्न र तपाईंको छोराछोरीलाई पनि त्यो कुरा स्वीकार्न गाह्रो लाग्ला। तर तपाईंले आफ्नो निर्णय परिवर्तन गर्नुहुन्‍न भनेर थाह पाएपछि छोराछोरीले जिद्दी गर्न कम गर्ने सम्भावना धेरै छ।—बाइबल सिद्धान्त: याकूब ५:१२.

छोराछोरीलाई नियन्त्रणमा राख्ने अधिकार आफूसित छ भनेर प्रमाणित गर्नको लागि मात्रै उनीहरूलाई “हुँदैन” भन्‍ने नगर्नुहोस्‌

सन्तुलित हुनुहोस्‌। छोराछोरीलाई नियन्त्रणमा राख्ने अधिकार आफूसित छ भनेर प्रमाणित गर्नको लागि मात्रै उनीहरूलाई “हुँदैन” भन्‍ने नगर्नुहोस्‌। बरु तपाईंको “व्यावहारिकता सबै मानिसहरूलाई थाह होस्‌।” (फिलिप्पी ४:५) छोराछोरीको जिद्दीले गर्दा मात्र तपाईंले उनीहरूले भनेअनुसार गर्न लाग्नुभएको होइन र उनीहरूको माग जायज छ भने तपाईं उनीहरूले मागेको कुरा दिन सक्नुहुन्छ।—बाइबल सिद्धान्त: कलस्सी ३:२१. (g14-E 08)

a यस लेखमा बच्चालाई छोरा भनेर सम्बोधन गरिएको छ। तर यहाँ छलफल गरिएको सिद्धान्त छोराछोरी दुवैको लागि लागू हुन्छ।

b No: Why Kids—of All Ages—Need to Hear It and Ways Parents Can Say It भन्‍ने किताबबाट साभार।

मूल शास्त्रपद

  • “आशा रहुञ्जेल छोरालाई दण्ड देऊ।”—हितोपदेश १९:१८.

  • “हे छोराछोरीहरू हो, आफ्ना आमाबाबुप्रति आज्ञाकारी होओ।”—एफिसी ६:१.

  • “तिमीहरूको ‘हुन्छ’ चाहिं ‘हुन्छ’ अनि ‘हुँदैन’ चाहिं ‘हुँदैन’ नै होस्‌।”—याकूब ५:१२.

  • “आफ्ना छोराछोरीहरूलाई नचिढ्याओ, ताकि तिनीहरू हताश नहोऊन्‌।”—कलस्सी ३:२१.

“हुँदैन” भन्‍नुको महत्त्व

डा. डेभिड वल्स यसो भन्छन्‌: “हामी आफ्नो छोराछोरी सधैं खुसी होऊन्‌ भन्‍ने चाहन्छौं र यो स्वाभाविक हो। तर तपाईंका छोराछोरी तपाईंसित कहिल्यै रिसाउँदैनन्‌ वा दिक्क मान्दैनन्‌ भने आमाबुबाको रूपमा तपाईंले आफ्नो कर्तव्य पूरा गरिरहनुभएको छैन भन्‍ने कुराको यो सङ्‌केत हुन सक्छ। तपाईंका छोराछोरी कहिल्यै निराश वा हतास भएका छैनन्‌ भने भविष्यमा उनीहरूले कसरी निराशाको सामना गर्न सक्लान्‌ र? छोराछोरीलाई तपाईंले नै सिकाउनु भएन भने उनीहरूले कसरी अनुशासित हुन सिक्लान्‌? त्यसैले आवश्‍यक पर्दा आफ्ना छोराछोरीलाई “हुँदैन” भनेर जीवनका महत्त्वपूर्ण पाठहरू सिकाउने जिम्मेवारी तपाईंकै हो।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने