प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 सङ्‌ख्या २ पृ. ८-१५
  • छोराछोरीलाई यौवनावस्थाबारे बुझाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • छोराछोरीलाई यौवनावस्थाबारे बुझाउनुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • तपाईंले के बुझ्नुपर्छ?
  • तपाईं के गर्न सक्नुहुन्छ?
  • यौवनावस्थाका चुनौतीहरू कसरी सामना गर्ने?
    युवाहरू सोध्छन्‌
  • जब बाल्यावस्थामा हतार गरिन्छ
    ब्यूँझनुहोस्‌!—२००३
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१६
  • किशोरावस्थाको छोराछोरीले तपाईंको धर्मप्रति शङ्‌का व्यक्‍त गरेमा के गर्ने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१६
g16 सङ्‌ख्या २ पृ. ८-१५
एक बुबा छोरासित कुरा गर्दै

परिवारका लागि | छोराछोरी हुर्काउने

छोराछोरीलाई यौवनावस्थाबारे बुझाउनुहोस्‌

यौवनावस्था पार गरेर बाल्यावस्थाबाट वयस्क हुने बाटोको साइनबोर्ड हेर्दै बुबा र छोरा

चुनौती

तपाईंले आफ्नो सानो बच्चालाई काखमा खेलाएको हिजोजस्तै लाग्छ होला। अहिले भने ऊ किशोरावस्थामा प्रवेश गर्नै लागेको छ। बच्चाहरू वयस्क हुनुअघि तिनीहरूले यौवनावस्था पार गर्नुपर्छ। यौवनावस्था बाल्यावस्था र किशोरावस्था बीचको समयावधि हो। यस अवस्थामा बालबालिकाहरूमा थुप्रै शारीरिक परिवर्तन हुन्छ। तपाईंको छोराछोरी पनि यस्तै अवस्थामा छन्‌ कि?

यौन परिपक्वतातर्फ अघि बढ्‌दा बालबालिकाहरूलाई भावनात्मक रूपमा गाह्रो हुन्छ। यस्तो बेला तपाईं आफ्नो छोराछोरीलाई कसरी मदत गर्न सक्नुहुन्छ?

तपाईंले के बुझ्नुपर्छ?

यौवनावस्था सुरु हुने समय निश्‍चित हुँदैन। यो अवस्था छिटोमा आठ वर्ष अनि ढिलोमा १४/१५ वर्षमा सुरु हुन्छ। छोराछोरी हुर्काउने सन्दर्भमा एउटा किताबमाa यस्तो लेखिएको छ, “सामान्यतया यौवनावस्थको सुरुवात ठ्याक्कै यही उमेरमा हुन्छ भनेर तोक्न सकिंदैन।”

यौवनावस्थामा आत्मविश्‍वासको कमी हुन सक्छ। किशोरकिशोरीहरू आफूबारे अरूले के सोच्छन्‌ भनेर असाध्यै चिन्ता गर्छन्‌। जोनb नाम गरेका किशोर यस्तो भन्छन्‌, “म कस्तो देखिन्छु अनि अरूसित कस्तो व्यवहार गर्छु भन्‍ने कुरामा सधैं सचेत रहन्थें। मेरो बारेमा अरूले के सोच्लान्‌ भनेर असाध्यै चिन्ता लाग्थ्यो।” डन्डीफोर आउँदा आत्मविश्‍वास अझै गुमेको जस्तो लाग्न सक्छ। कविता नामकी १७ वर्षीया किशोरी यस्तो भन्छिन्‌, “डन्डीफोर आउँदा मेरो अनुहार कुरूप भएको जस्तो लाग्थ्यो। म धेरै रुन्थें।”

चाँडै यौवनावस्थामा प्रवेश गरेकाहरूलाई झनै गाह्रो हुन्छ। विशेषगरि केटीहरूलाई गाह्रो हुन्छ किनकि तिनीहरूको स्तन र शरीरको विभिन्‍न अङ्‌गहरू बढ्‌न थाल्छ। त्यसबारे एउटा किताबc यस्तो भन्छ, “तिनीहरूप्रति त्यस्ता केटाहरू आकर्षित हुन्छन्‌, जसले किशोरीहरूसित यौनसम्बन्ध राखिसकेका हुन्छन्‌।”

यौवनावस्थामा पुग्नु परिपक्व हुनु होइन। बाइबलको हितोपदेश २२:१५ मा यस्तो लेखिएको छ, “बालकको हृदयभित्र मूर्खता गाडिएको हुन्छ।” यौवनावस्थाले यो तथ्यलाई बदल्दैन। कुनै युवक लाठे देखिएला तर ऊसित “सही निर्णय गर्ने क्षमता छ, अरूसित राम्रो व्यवहार गर्न सक्छ, आत्मसंयमी छ अथवा परिपक्व छ भन्‍न मिल्दैन” भनेर किशोरकिशोरीबारे लेखिएको एउटा किताबd बताउँछ।

तपाईं के गर्न सक्नुहुन्छ?

यौवनावस्थामा पुग्नुअघि नै त्यसबारे कुरा गर्नुहोस्‌। छोराछोरीमा के-कस्ता शारीरिक परिवर्तन आउँछ भनेर तिनीहरूलाई बताउनुहोस्‌। जस्तै: छोरीहरूमा पहिलो महिनावारी र छोराहरूमा वीर्य पतन। यस्ता परिवर्तन अचानक हुने भएकोले तिनीहरू अलमल्लमा पर्न सक्छन्‌ अनि डराउन पनि सक्छन्‌। यौवनावस्थाबारे कुराकानी गर्दा सकारात्मक हुनुहोस्‌। वयस्क हुने पहिलो खुट्‌किलो नै यौवनावस्था हो भनेर सम्झाउनुहोस्‌।—बाइबल सिद्धान्त: भजन १३९:१४.

विस्तृत जानकारी दिनुहोस्‌। सज्जन नामका युवक पहिलाको कुरा यसरी सम्झन्छन्‌, “मेरो आमाबुबाले यसबारे भन्‍नु त भयो तर राम्ररी बुझाउनुभएन। उहाँहरूले सीधै भन्‍नुभएको भए हुन्थ्यो जस्तो लाग्छ।” अनिशा नामकी १७ वर्षीया किशोरीको पनि यस्तै अनुभव छ। तिनी भन्छिन्‌, “मम्मीले यस्तो अवस्थामा हुने शारीरिक परिवर्तनबारे बताउनुभयो। तर भावनात्मक रूपमा तयार हुन भने मदत गर्नुभएन।” यसबाट आमाबुबाले के सिक्न सक्छन्‌? कुराकानी गर्न अप्ठेरो लागे पनि आफ्ना छोराछोरीलाई यौवनावस्थामा हुने उतारचढावबारे बुझाउनुहोस्‌।—बाइबल सिद्धान्त: प्रेषित २०:२०.

खुलस्त कुराकानी गर्न प्रश्‍न सोध्नुहोस्‌। कुराकानी गर्ने वातावरण तयार गर्न यौवनावस्थासित सम्बन्धित अरूको अनुभव बताउनुहोस्‌। उदाहरणको लागि, तपाईं आफ्नो छोरीलाई यस्ता प्रश्‍नहरू सोध्न सक्नुहुन्छ, “तिम्रो कुनै साथीले महिनावारी भएको बारेमा कुरा गरेको छ? छिट्टै बढेका केटीहरूलाई अरू साथीहरूले जिस्काएको देखेकी छ्यौ?” छोराहरूलाई चाहिं यस्ता प्रश्‍नहरू सोध्न सक्नुहुन्छ, “के तिम्रा साथीहरूले त्यत्ति नबढेका केटाहरूलाई जिस्काउँछ?” यौवनावस्थाले अरूमा ल्याएको परिवर्तनबारे कुरा गर्दा तपाईंको छोराछोरीले आफ्नो मनको कुरा खुलेर बताउन थाल्छ। तिनीहरूले आफ्नो कुरा बताउँदा बाइबलको यो सल्लाह पालन गर्नुहोस्‌, “चनाखो भई सुन्‍नुपर्छ, बोल्न हतार गर्नुहुँदैन।”—याकूब १:१९.

किशोरकिशोरीलाई ‘बुद्धिमान्‌ र विवेकी’ हुन मदत गर्नुहोस्‌। (हितोपदेश ३:२१, NRV) यौवनावस्थामा शारीरिक र भावनात्मक परिवर्तन हुने मात्र होइन। यस्तो बेला किशोरकिशोरीहरूले तर्क गर्ने क्षमता विकास गर्छन्‌, जसले गर्दा वयस्क भएपछि तिनीहरू सही निर्णय गर्न सक्नेछन्‌। छोराछोरीलाई असल कुरा सिकाउने यो नै राम्रो मौका हो।—बाइबल सिद्धान्त: हिब्रू ५:१४.

हार नमान्‍नुहोस्‌। थुप्रै किशोरकिशोरी यौवनावस्थाबारे कुरा गर्न नचाहेको जस्तो देखिन्छ। तर वास्तविकता फरक छ। यसबारे एउटा किताबe यस्तो भन्छ, “यस्तो कुरामा चासो नभएको, झिजो मानेको अथवा नसुनेको जस्तो भान पार्ने किशोरकिशोरीहरू वास्तवमा कुरा सुनिरहेका हुन्छन्‌।” (g16-E No. 2)

a Letting Go With Love and Confidence

b नामहरू परिवर्तन गरिएका छन्‌।

c A Parent’s Guide to the Teen Years

d You and Your Adolescent

e You and Your Adolescent

मूल शास्त्रपद

  • “म भयानक र आश्‍चर्य रीतिले बनिएको छु।”—भजन १३९:१४.

  • “तपाईंहरूको लाभ हुने कुरा बताउन म पछि हटिनँ”—प्रेषित २०:२०.

  • ‘परिपक्व मानिसहरूले आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्ट्याउन तालिम दिएका हुन्छन्‌।’—हिब्रू ५:१४.

“यौवनावस्थामा हुँदा विशेषगरि मम्मीले मलाई धेरै मदत गर्नुभयो। उहाँले हरेक कुरा राम्ररी बुझाउनुभयो। ममा के-कस्तो परिवर्तन हुँदै छ अनि पछि के हुन्छ भनेर थाह थियो। त्यसैले यस्तो अवस्थामा कहिल्यै आत्तिइनँ। यति मात्र होइन, मम्मीले कुराकानी गर्न सधैं सजिलो बनाइदिनुभयो। कुनै अप्ठेरो परिस्थिति आउँदा बुबाआमाले त्यसलाई सम्हाल्न मदत गर्नुभयो।”—मेरी, १६.

“मेरो बुबाआमाले मलाई साथ दिनुभयो। उदाहरणको लागि, उहाँहरूले मेरो अवस्था बुझ्नुभयो अनि हरेक कुरामा केरकार गर्नुभएन। मेरो अवस्थाबारे सबैलाई भन्दै हिंड्‌नुभएन। यसले गर्दा मलाई सजिलो भयो। यौवनावस्थामा मलाई के हुनेछ भनेर उहाँहरूले पहिल्यै बताउनुभयो।”—जोआन, १८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने