प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 सङ्‌ख्या ४ पृ. ८
  • आर्कटिक टर्न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आर्कटिक टर्न
  • ब्यूँझनुहोस्‌!—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • स्थानान्तरणका रहस्यहरू केलाउँदै
    ब्यूँझनुहोस्‌!—१९९५
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१७
ब्यूँझनुहोस्‌!—२०१७
g17 सङ्‌ख्या ४ पृ. ८
आर्कटिक टर्न

आर्कटिक टर्न

आर्कटिक टर्न बसाइँ-सराइ गर्ने क्रममा आर्कटिक क्षेत्रदेखि अन्टार्टिकासम्म यात्रा गर्छन्‌ अनि फेरि आर्कटिक क्षेत्रमै फर्कन्छन्‌। उनीहरूको यो यात्रा ३५,२०० किलोमिटर लामो हुन्छ भनी विश्‍वास गरिन्थ्यो। तर हालै गरिएका अध्ययनहरूले देखाएअनुसार यी चराहरू वास्तवमा अझ लामो दूरीको यात्रा गर्छन्‌।

आन्द्र महासागर हुँदै यात्रा गर्ने आर्कटिक टर्नको रुट

चित्रमा देखाइए जस्तै यी चराहरूले यात्रा गर्दा सीधा रुट प्रयोग गर्दैनन्‌

एउटा अनुसन्धानको लागि यस्ता थुप्रै चराहरूमा एक ग्रामभन्दा पनि हलुका एउटा खास किसिमको उपकरण (Geolocator) जडान गरियो। यो उपकरणको मदतले यिनीहरू जाँदा-आउँदा गरी लगभग ९०,००० किलोमिटर यात्रा गर्ने कुरा पत्ता लाग्यो। बसाइँ-सराइ गर्दा जनावरहरूले गर्ने यात्रा मध्ये यो सबैभन्दा लामो यात्रा हो। अझ यीमध्ये एउटा चराले त लगभग ९६,००० किलोमिटर यात्रा गरेको पाइयो। पहिला गरिएको अनुमानमा किन यत्तिको फरक आयो?

यी चराहरूले बसाइँ-सराइ गर्दा सीधा रुटमा यात्रा गर्दैनन्‌। माथिको चित्रमा देखाइएझैं यिनीहरूले आन्द्र महासागर हुँदै यात्रा गर्ने रुट “S” जस्तै आकारको हुन्छ। यसको कारण? यी चराहरू हावाको बहाबसँगसँगै उड्‌छन्‌।

बीस-तीस वर्षको आफ्नो जीवनकालमा यस चराले २४ लाख किलोमिटरभन्दा बढी यात्रा गर्छ। यो दूरी पृथ्वीदेखि चन्द्रमासम्म तीन/चारचोटि ओहोर-दोहोर गरे बराबरको दूरी हो। एक अनुसन्धानकर्ताले यसो भने, “जाबो १०० ग्रामको चराले यत्ति लामो यात्रा गर्ने कुरा सोच्दा पनि अचम्म लाग्छ।” दुवै ध्रुवको ग्रीष्म याम महसुस गर्ने भएकोले आर्कटिक टर्नबारे एउटा किताबa यसो भन्छ, “यिनीहरूले अरू सबै पशुपक्षीले भन्दा धेरै घाम देख्न पाउँछन्‌।”

a Life on Earth: A Natural History

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने