प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g18 सङ्‌ख्या १ पृ. ६-७
  • शारीरिक स्वास्थ्य र सहनशीलता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शारीरिक स्वास्थ्य र सहनशीलता
  • ब्यूँझनुहोस्‌!—२०१८
  • मिल्दोजुल्दो सामग्री
  • म कत्तिको समस्या सामना गर्न सक्छु?
    युवाहरू सोध्छन्‌
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१८
  • म आफ्ना भावनाहरू कसरी नियन्त्रणमा राख्न सक्छु?
    ब्यूँझनुहोस्‌!—२००५
  • अचानक आइपर्ने स्वास्थ्य समस्याको कसरी सामना गर्ने?
    थप लेखहरू
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१८
g18 सङ्‌ख्या १ पृ. ६-७
एक जना महिला फलफूल टिप्दै

आनन्दतर्फ लैजाने बाटो

शारीरिक स्वास्थ्य र सहनशीलता

दीर्घकालीन रोग वा शारीरिक अशक्‍तताले कुनै व्यक्‍तिको जीवनमा ठूलो असर गर्न सक्छ। युल्फ पहिला फुर्तिला र स्वस्थ थिए तर पछि पक्षाघातको सिकार भए। तिनी भन्छन्‌: “म असाध्यै निराश भएँ। मेरो आत्मबल, साहस र शक्‍ति सबै हरायो . . . ‘जिउँदो लास’ भएको महसुस गरेँ।”

स्वस्थ रहने कुरा पूर्णतया हाम्रो हातमा छैन भन्‍ने यथार्थ युल्फको अनुभवले देखाउँछ। तर स्वास्थ्य बिग्रन नदिन हामी सबैले आफ्नो तर्फबाट सक्दो गर्न सक्छौँ। तैपनि हाम्रो स्वास्थ्य बिग्रँदै गयो भने के गर्ने? के यसले गर्दा हामी निराशामा डुब्नुपर्छ? पक्कै पर्दैन, यसबारे हामी पछि चर्चा गर्नेछौँ। सुरुमा स्वास्थ्य राम्रो बनाउन मदत गर्ने केही सिद्धान्तहरू विचार गरौँ।

“आनीबानी सन्तुलित” बनाउनुहोस्‌। (१ तिमोथी ३:२, ११) धेरै खाने र पिउने बानीले पैसा त खर्च हुन्छ नै तर यसले हाम्रो स्वास्थ्यलाई पनि हानि गर्छ। “मतवाला अथवा घिचुवाहरूको सङ्‌गत नगर्‌। किनभने मद्य र खानुको लोभले दरिद्र तुल्याउँछ।”—हितोपदेश २३:२०, २१.

आफ्नो शरीरलाई अशुद्ध नपार्नुहोस्‌। “तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराहरूबाट आफूलाई शुद्ध पारौँ।” (२ कोरिन्थी ७:१) मानिसहरू सुर्ती सेवन गरेर, चुरोट वा तमाखु खाएर, अत्यधिक रक्सी पिएर अनि लागू-औषध सेवन गरेर आफ्नो शरीरलाई अशुद्ध पार्छन्‌। उदाहरणको लागि, धूम्रपानलाई लिनुहोस्‌। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र यसो भन्छ, “धूम्रपानले रोग अनि अशक्‍तता निम्त्याउँछ र शरीरका प्रायजसो सबै अङ्‌गलाई हानि गर्छ।”

आफ्नो शरीर र जीवनलाई अमूल्य उपहार ठान्‍नुहोस्‌। “[परमेश्‍वरले] गर्दा नै हामीले जीवन पाएका हौँ, चलहल गर्छौँ अनि अस्तित्वमा छौँ।” (प्रेषित १७:२८) यो तथ्यलाई मानिलिएका छौँ भने काम गर्दा होस्‌ वा गाडी चलाउँदा अथवा मनोरञ्जन गर्दा नै किन नहोस्‌, हामी अनावश्‍यक रूपमा जोखिम उठाउँदैनौँ। एकछिनको रमाइलोको लागि जीवन नै दाउमा लगाउने त कुरै हुँदैन!

नकारात्मक भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्‌। तपाईँको दिमाग र शरीरबीच नङ र मासुको जस्तै सम्बन्ध छ। त्यसैले अनावश्‍यक चिन्ता, अनियन्त्रित रिस, डाह र अन्य हानिकारक भावनाहरू आउन नदिनुहोस्‌। भजन ३७:८ भन्छ, “रिसाउन छोड्‌ र क्रोधलाई त्याग्‌।” अर्को भनाइ यस्तो छ: “भोलिको चिन्ता कहिल्यै नगर किनभने भोलिको चिन्ता भोलिले नै गर्नेछ।”—मत्ती ६:३४.

सकारात्मक कुरामा ध्यान केन्द्रित गर्नुहोस्‌। हितोपदेश १४:३० भन्छ, “शान्त मनले मानिसलाई स्वास्थ्य बनाउँछ।” बाइबल यसो पनि भन्छ, “प्रसन्‍न हृदय असल औषधी हो।” (हितोपदेश १७:२२) यो भनाइ वैज्ञानिक दृष्टिकोणले पनि सही छ। स्कटल्यान्डका एक जना डाक्टरले यसो भने, “तपाईँ आनन्दित हुनुहुन्छ भने तपाईँलाई रोग लाग्ने सम्भावना अरूलाई भन्दा कम हुन्छ।”

सहनशीलता विकास गर्नुहोस्‌। लेखको सुरुमा उल्लेख गरिएका युल्फले जस्तै हामीमाथि पनि सजिलै समाधान नहुने समस्याहरू आइपर्दा ती सहनुबाहेक अरू कुनै विकल्प नहुन सक्छ। तर ती समस्याहरू कसरी सहने भन्‍ने कुराचाहिँ हाम्रै हातमा छ। कोही-कोहीचाहिँ असाध्यै निराश हुन्छन्‌, जसले गर्दा समस्या झनै चर्किन सक्छ। हितोपदेश २४:१० ले पनि भन्छ, “सुदिनमा तेरो बल घट्यो भनेदेखि विपत्‌को दिनमा तँ झन्‌ कति असहाय हुनेछस्‌।”

अरू कतिपय भने सुरुमा निरुत्साहित भए तापनि पछि सम्हालिन्छन्‌। तिनीहरू नयाँ परिस्थितिमा घुलमिल हुन सिक्छन्‌। समस्याको सामना गर्ने तरिकाहरू भेट्टाउँछन्‌। युल्फले पनि त्यसै गरेका थिए। तिनले खुरन्धार प्रार्थना र बाइबलको सकारात्मक सन्देशमा मनन गरेपछि “समस्यामा नभई सुअवसरहरूमा ध्यान दिन” सकेको कुरा बताउँछन्‌। साथै कठिन अवस्थाको सामना गरेकाहरूले जस्तै तिनले पनि दया र समानुभूति देखाउने विषयमा महत्त्वपूर्ण पाठ सिके। यसले गर्दा तिनी बाइबलको सान्त्वनादायी सन्देश बाड्‌न जुरमुरिए।

त्यस्तै गाह्रो अवस्था भोगेका अर्का व्यक्‍ति स्टिभ हुन्‌। पन्ध्र वर्षको हुँदा तिनी ठूलो दुर्घटनामा परे र घाँटीदेखि मुनिका सबै अङ्‌ग चल्न छोड्यो। अठार वर्षको भएपछि तिनी आफ्ना हातहरू चलाउन सक्ने भए। त्यसपछि तिनी विश्‍वविद्यालयमा अध्ययन गर्न गए तर केही समय नबित्दै तिनी लागू पदार्थ र रक्सी सेवन गर्न थाले अनि अनैतिक सम्बन्ध पनि राखे। बाइबल अध्ययन गर्न थाल्नुअघि तिनीसित भविष्यको कुनै आशा थिएन। तर अध्ययन थालेपछि जीवनलाई हेर्ने तिनको दृष्टिकोणमा आमूल परिवर्तन आयो र खराब आनीबानी त्याग्न सके। तिनी भन्छन्‌, “लामो समयसम्म मैले जुन खोक्रोपना महसुस गरेँ, अब छैन। मेरो जीवन शान्ति, आनन्द र सन्तुष्टिले भरिएको छ।”

स्टिभ र युल्फका कुराले भजन १९:७, ८ मा लिपिबद्ध शब्दहरूको सम्झना गराउँछ, जहाँ यस्तो लेखिएको छ: “परमप्रभुको व्यवस्था निर्दोष छ, आत्मालाई जागृत गराउने। . . . परमप्रभुका आदेश ठीक छन्‌, हृदयलाई आनन्द गराउने। परमप्रभुको आशा निर्मल छ, आँखालाई उज्ज्वल तुल्याउने।”

मुख्य बुँदाहरू

परमेश्‍वरका व्यवस्था र सिद्धान्तहरू पालन गऱ्‍यौँ भने यसले ‘आत्मालाई जागृत गराउँछ, हृदयलाई आनन्द गराउँछ अनि आँखालाई उज्ज्वल तुल्याउँछ।’—भजन १९:७, ८.

बाइबल हामीलाई यसो गर्न प्रोत्साहन दिन्छ:

  • आनीबानी सन्तुलित बनाउन

  • शरीरको ख्याल राख्न

  • जीवनलाई पवित्र ठान्‍न

  • नकारात्मक भावनाहरू नियन्त्रणमा राख्न

  • सकारात्मक कुराहरूमा ध्यान दिन

  • सहनशीलता विकास गर्न

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने