प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g20 सङ्‌ख्या १ पृ. १४-१५
  • तनावमुक्‍त जीवन सम्भव छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तनावमुक्‍त जीवन सम्भव छ
  • ब्यूँझनुहोस्‌!—२०२०
  • मिल्दोजुल्दो सामग्री
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०२०
  • परमेश्‍वरको राज्यमा “शान्ति छाउनेछ”
    ब्यूँझनुहोस्‌!—२०१९
  • असल तनाउ, खराब तनाउ
    ब्यूँझनुहोस्‌!—१९९८
  • तनावको सामना कसरी गर्ने?
    ब्यूँझनुहोस्‌!—२०२०
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२०
g20 सङ्‌ख्या १ पृ. १४-१५
एक केटो र उसको बुबा समुद्रमा खेल्दै छन्‌; आमा र छोरीचाहिँ किनाराबाट हेरेर आनन्द उठाउँदै छन्‌।

तनावबाट मुक्‍ति पाउनुहोस्‌

तनावमुक्‍त जीवन सम्भव छ

बाइबलमा पाइने बुद्धिका कुराहरूले हामीलाई अनावश्‍यक चिन्तामा नडुब्न मदत गर्छ। हामीलाई तनाव दिने सबै कुरा हामी हटाउन सक्दैनौँ। तर सृष्टिकर्ताले भने सक्नुहुन्छ। हामीलाई मदत गर्न उहाँले एक जना व्यक्‍तिलाई नियुक्‍त गरिसक्नुभएको छ। उहाँ येसु ख्रिष्ट हुनुहुन्छ। अब छिट्टै उहाँले पूरै पृथ्वीमा थुप्रै आश्‍चर्यजनक काम गर्नुहुनेछ। पृथ्वीमा मानिसको रूपमा हुनुहुँदा उहाँले जति कामहरू गर्नुभयो, त्योभन्दा ठूलठूला कामहरू गर्नुहुनेछ। जस्तै:

येसुले बिरामीलाई निको पार्नुहुनेछ।

“तिनीहरूले विभिन्‍न रोग र पीडाले गर्दा दु:ख पाएका . . . मानिसहरूलाई उहाँकहाँ ल्याए र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो।”—मत्ति ४:२४.

येसुले सबैको लागि गाँस र बासको प्रबन्ध गर्नुहुनेछ।

“तिनीहरूले [ख्रिष्टको प्रजाले] घर बनाउनेछन्‌ र त्यसमा बस्नेछन्‌। तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र त्यसको फल खानेछन्‌। तिनीहरूले बनाएको घरमा अरू कोही आएर बस्नेछैन; तिनीहरूले रोपेको फल अरू कसैले खानेछैन।”—यसैया ६५:२१, २२.

येसुले शासन गर्नुहुँदा सारा संसारमा शान्ति र सुरक्षा कायम हुनेछ।

“तिनको शासनकालमा धर्मी मानिसहरूको फलिफाप हुनेछ, जबसम्म चन्द्रमा रहन्छ, तबसम्म शान्ति छाउनेछ। तिनले एउटा समुद्रदेखि अर्को समुद्रसम्म, युफ्रेटिस नदीदेखि पृथ्वीको कुनाकुनासम्म शासन गर्नेछन्‌। . . . तिनका शत्रुहरूले धुलो चाट्‌नेछन्‌।”—भजन ७२:७-९.

येसुले अन्याय हटाउनुहुनेछ।

“तिनी दीनदुःखी र गरिबहरूमाथि टिठाउनेछन्‌ अनि तिनले गरिबहरूको ज्यान जोगाउनेछन्‌। तिनले अत्याचार र हिंसाबाट तिनीहरूलाई बचाउनेछन्‌।”—भजन ७२:१३, १४.

येसुले दुःखकष्ट र मृत्युसमेत नामेट पार्नुहुनेछ।

“उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।”—प्रकाश २१:४.

‘तनावले भरिएको डरलाग्दो समय’

“अहिले मानिसहरू पहिलेभन्दा झन्‌ धेरै तनावग्रस्त, चिन्तित, निराश अनि दुःखित छन्‌।”—मोहमद एस. युनिस, ग्यालप म्यानेजिङ इडिटर।

किन जताततै तनाव छ? बाइबलले सबैभन्दा चित्तबुझ्दो जवाफ दिन्छ। दोस्रो तिमोथि ३:१ यसो भन्छ, “तर अन्तको दिनमा तनाव र सङ्‌कष्टले भरिएको डरलाग्दो समय आउनेछ।” (दि एम्प्लीफाइड बाइबल) यसको कारण के हो? यसपछिका पदहरू पढ्‌दै गयौँ भने मानिसहरूको स्वभाव कस्तो हुँदै जानेछ भनेर लेखिएको छ, जस्तै: लोभी, अहङ्‌कारी, ढोँगी, हिंस्रक, असंयमित र परिवारलाई माया नगर्ने। (२ तिमोथि ३:२-५) स्वर्गको राज्यको राजा येसु ख्रिष्टले पृथ्वीमा शासन गर्न थाल्नुभएपछि अन्तको दिनको अवधि सकिनेछ।—दानिएल २:४४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने