प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • od पृ. १९३-२०५
  • भाग २: ख्रिष्टियन जीवन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भाग २: ख्रिष्टियन जीवन
  • यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • मिल्दोजुल्दो सामग्री
  • ‘छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • सफल वैवाहिक जीवनको रहस्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
od पृ. १९३-२०५

बप्तिस्मा गर्न चाहनेहरूका लागि प्रश्‍नहरू

भाग २: ख्रिष्टियन जीवन

यहोवा तपाईँबाट के चाहनुहुन्छ अनि कसरी उहाँको धार्मिक स्तरअनुरूप जीवन बिताउन सकिन्छ भनेर तपाईँले बाइबल अध्ययन गरेर सिक्नुभएको छ। आफूले सिकेअनुसारै तपाईँले आफ्नो आनीबानीमा र जीवनलाई हेर्ने दृष्टिकोणमा थुप्रै छाँटकाँट गर्नुभयो। अब तपाईँले यहोवाको धार्मिक स्तरअनुरूप जीवन बिताउने निर्णय गर्नुभएको छ। त्यसैले तपाईँ सुसमाचारको प्रचारक हुन योग्य हुनुहुन्छ।

तल दिइएका प्रश्‍नहरू छलफल गर्दा तपाईँले यहोवाका धार्मिक स्तरहरू मनमा ठप्प बसाल्न सक्नुहुनेछ। उहाँको अनुमोदन पाएको सेवक बन्‍न के-के गर्नुपर्छ भनेर पनि सम्झनुहुनेछ। हरेक काम सफा अन्तस्करणले र यहोवाको आदर हुने तरिकाले गर्नु कत्ति महत्त्वपूर्ण छ भनेर पनि सिक्नुहुनेछ।—२ कोरि. १:१२; १ तिमो. १:१९; १ पत्रु. ३:१६, २१.

तपाईँले आफ्नो बाइबल अध्ययनमा यो हदसम्म उन्‍नति गर्नुभएको कुराबाट तपाईँ यहोवा परमेश्‍वरको शासनको अधीनमा बस्न र उहाँको सङ्‌गठनको भाग हुन उत्सुक हुनुहुन्छ भनेर स्पष्टै देखिन्छ। तपाईँले मण्डलीमा, परिवारमा अनि राजनैतिक मामिलाहरूको सन्दर्भमा यहोवाका प्रबन्धहरूको अधीनमा बस्नुको अर्थ कत्तिको राम्ररी बुझ्नुभएको छ भनेर जाँच्न तल दिइएका प्रश्‍नहरू र बाइबल पदहरूले तपाईँलाई मदत गर्नेछ। आफ्ना मानिसहरूलाई निर्देशन दिन र तिनीहरूको विश्‍वासलाई बलियो बनाउन यहोवा परमेश्‍वरले गर्नुभएका प्रबन्धहरूको तपाईँले पक्कै अझ धेरै मोल गर्न सक्नुहुनेछ। यी प्रबन्धहरूमा मण्डलीका सभाहरू पनि पर्छन्‌, जहाँ तपाईँ आफ्नो परिस्थितिले दिएसम्म उपस्थित हुनुहुनेछ र त्यसमा भाग पनि लिनुहुनेछ।

साथै नियमित रूपमा राज्य प्रचारकार्यमा भाग लिनु अर्थात्‌ यहोवालाई चिन्‍न र उहाँले मानिसजातिको लागि के गर्नुभएको छ भनेर बुझ्न अरूलाई मदत गर्नु कत्तिको महत्त्वपूर्ण छ भनेर पनि यस भागबाट स्पष्ट हुनेछ। (मत्ति २४:१४; २८:१९, २०) अनि यहोवा परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्नु र बप्तिस्मा गर्नु कत्तिको गम्भीर कुरा हो भनेर सम्झिन पनि यस भागले तपाईँलाई मदत गर्नेछ। यहोवाले देखाउनुभएको असीम अनुग्रहलाई तपाईँले मनैदेखि स्विकार्नुभएको छ। यहोवा त्यसको कदर गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।

१. वैवाहिक सम्बन्धबारे ख्रिष्टियन स्तर के हो? सम्बन्धविच्छेद गर्न सकिने एउटै मात्र धर्मशास्त्रीय आधार के हो?

• “के तिमीहरूले पढेका छैनौ, जसले मानिस सृष्टि गर्नुभयो, उहाँले सुरुदेखि नै पुरुष र स्त्री बनाउनुभयो र भन्‍नुभयो: ‘यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌छ अनि आफ्नी पत्नीसित बस्छ र ती दुई एउटै शरीर हुन्छन्‌’? त्यसैले अब तिनीहरू दुई होइनन्‌ तर एउटै शरीर हुन्‌। त्यसकारण जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌। . . . जसले अवैध यौनसम्बन्धबाहेक अन्य कारणले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले व्यभिचार गरेको ठहरिन्छ।”—मत्ति १९:४-६, ९.

२. पतिपत्नीको रूपमा सँगै बसिरहेकाहरूले किन कानुनी रूपमा विवाह गर्नुपर्छ? विवाहित हुनुहुन्छ भने के तपाईंले विवाह दर्ता गरिसक्नुभयो?

• “तिनीहरूलाई यो कुरा सम्झाइरहनू कि तिनीहरू सरकार र अख्तियारवालाहरूको अधीनमा बसून्‌ अनि तिनीहरूप्रति आज्ञाकारी होऊन्‌।”—ति. ३:१.

• “विवाहलाई सबैले आदरणीय ठानून्‌, वैवाहिक सम्बन्ध नबिटुलिओस्‌। किनकि अवैध यौनसम्बन्ध राख्ने अनि व्यभिचार गर्ने मानिसहरूलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ।”—हिब्रू १३:४.

३. परिवारमा तपाईँको भूमिका के हो?

• “हे मेरो छोरा, आफ्नो बुबाको अर्ती सुन र आफ्नी आमाले सिकाएको कुरालाई बेवास्ता नगर।”—हितो. १:८.

• “पत्नीको शिर पति हो, जसरी ख्रिष्ट . . . मण्डलीको शिर . . . हुनुहुन्छ। . . . हे पतिहरू हो, आ-आफ्नो पत्नीलाई प्रेम गरिरहो, जसरी ख्रिष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो।”—एफि. ५:२३, २५.

• “हे बुबाहरू हो, आफ्ना छोराछोरीलाई नचिढ्‌याओ बरु यहोवा परमेश्‍वरको डोऱ्‍याइबमोजिम अनुशासन अनि चेतावनी दिएर तिनीहरूलाई हुर्काओ।”—एफि. ६:४.

• “हे छोराछोरी हो, सबै कुरामा आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ किनकि यसो गर्दा प्रभु खुसी हुनुहुन्छ।”—कल. ३:२०.

• “हे पत्नीहरू हो, आ-आफ्ना पतिको अधीनमा बस।”—१ पत्रु. ३:१.

४. हामीले किन जीवनप्रति आदर देखाउनुपर्छ?

• “[परमेश्‍वरले] नै सबै मानिसलाई जीवन, सास अनि सबै थोक दिनुहुन्छ। . . . उहाँले गर्दा नै हामीले जीवन पाएका हौँ, हामी चलहल गर्छौँ अनि अस्तित्वमा छौँ।”—प्रेषि. १७:२५, २८.

५. हामीले किन गर्भमा रहेको बच्चालगायत कसैको हत्या गर्नु हुँदैन?

• “मानिसहरू आपसमा झगडा गर्दा गर्भवती स्त्रीलाई चोट लाग्यो र . . . आमा र बच्चामध्ये कसैको ज्यान गयो भने ज्यानको साटो ज्यान।”—प्रस्थ. २१:२२, २३.

• “म मेरी आमाको गर्भमा छँदै तपाईँका आँखाहरूले मलाई देखेका थिए; मेरा अङ्‌गहरू बन्‍नुअघि नै ती कहिले बन्‍ने हुन्‌ भनेर तपाईँको पुस्तकमा लेखिएका थिए।”—भज. १३९:१६.

• “यहोवा घृणा गर्नुहुन्छ . . . निर्दोष मानिसको रगत बगाउने हात।”—हितो. ६:१६, १७.

६. परमेश्‍वरले रगतसम्बन्धी कस्तो आज्ञा दिनुभएको छ?

• “रगत, गला अँठ्याएर मारिएको जनावरको मासु[बाट] . . . सधैँ अलग रहनुहोस्‌।”—प्रेषि. १५:२९.

७. हामीले किन आफ्ना ख्रिष्टियन दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्नुपर्छ?

• “म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदै छु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै तिमीहरूले पनि आपसमा प्रेम गर। तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।”—युह. १३:३४, ३५.

८. सरुवा रोग वा प्राणघातक रोग अरूलाई नसार्न (क) त्यस्तो रोग लागेको व्यक्‍तिले किन अरूलाई माया देखाउँदै अँगालो हाल्नु वा चुम्बन गर्नु हुँदैन? (ख) कसैले तिनलाई घरमा नबोलाउँदा किन रिसाउनु हुँदैन? (ग) आफूलाई सरुवा रोग लागेको शङ्‌का लागेमा डेटिङ गर्नुअघि किन रक्‍त परीक्षण गराउनुपर्छ? (घ) सरुवा रोग लागेको व्यक्‍तिले बप्तिस्मा गर्नुअघि एल्डरहरूको निकायको संयोजकलाई किन आफ्नो रोगबारे बताउनुपर्छ?

• “आपसमा प्रेम गर्नुबाहेक तिमीहरू अरू कुनै कुरामा कसैको ऋणी नहोओ . . . ‘तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’ प्रेमले छिमेकीको कुभलो हुने काम गर्दैन।”—रोमी १३:८-१०.

• “तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।”—फिलि. २:४.

९. यहोवा किन हामीले अरूलाई क्षमा दिएको चाहनुहुन्छ?

• “यदि कसैको विरुद्धमा केही गुनासो छ भने पनि एकअर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो। यहोवा परमेश्‍वरले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर्नुपर्छ।”—कल. ३:१३.

१०. यदि कोही भाइले तपाईँको निन्दा गर्छ वा तपाईँलाई जालसाजी गर्छ भने तपाईँले के गर्नुपर्छ?

• “यदि तिम्रो भाइले पाप गऱ्‍यो भने जाऊ अनि तिमी र ऊ मात्रै हुँदा उसको दोष देखाइदेऊ। उसले तिम्रो कुरा सुन्यो भने तिमीले आफ्नो भाइलाई ठीक बाटोमा फर्काउन सक्यौ। तर उसले सुनेन भने आफूसित अरू एक वा दुई जनालाई लिएर जाऊ ताकि दुई वा तीन जना साक्षीको बयानको आधारमा मात्र हरेक मामिलाको फैसला सुनाइयोस्‌। यदि उसले तिनीहरूको कुरा सुनेन भने मण्डलीलाई भन। अनि यदि उसले मण्डलीको कुरासमेत सुनेन भने ऊ तिम्रो लागि अन्यजाति वा कर उठाउने मानिससरह होस्‌।”—मत्ति १८:१५-१७.

११. निम्न पापहरूलाई यहोवा कुन दृष्टिकोणले हेर्नुहुन्छ?

▪ अवैध यौनसम्बन्ध राख्नु

▪ उपासनामा मूर्तिको प्रयोग गर्नु

▪ समलिङ्‌गी सम्बन्ध राख्नु

▪ चोर्नु

▪ जुवातास खेल्नु

▪ पियक्कड हुनु

• “नबहकिओ। अवैध यौनसम्बन्ध राख्नेहरू, मूर्तिपूजकहरू, व्यभिचार गर्नेहरू, समलिङ्‌गी यौनसम्बन्ध राख्न आफूलाई सुम्पने पुरुषहरू, समलिङ्‌गी यौनसम्बन्ध राख्ने पुरुषहरू, चोरहरू, लोभीहरू, पियक्कडहरू, गालीगलौज गर्नेहरू र लुटाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।”—१ कोरि. ६:९, १०.

१२. अवैध यौनसम्बन्ध, जसमा विवाहित जोडीबाहेक अरूसित गरिने विभिन्‍न किसिमका यौन क्रियाकलापहरू समावेश छन्‌, त्यस सन्दर्भमा तपाईँले कस्तो अडान लिनुभएको छ?

• “अवैध यौनसम्बन्धदेखि भाग!”—१ कोरि. ६:१८.

१३. उपचारको सिलसिलामा बाहेक अरू तरिकामा लत लाग्ने नशालु पदार्थ वा दिमागलाई असर गर्ने कुनै पदार्थ किन प्रयोग गर्नु हुँदैन?

• “आफ्नो शरीरलाई जीवित, पवित्र अनि ग्रहणयोग्य बलिदानको रूपमा परमेश्‍वरलाई अर्पण गर। यसरी तिमीहरूले आफ्नो सोचविचार गर्ने क्षमता चलाएर पवित्र सेवा चढाउन सक्नेछौ। अनि तिमीहरू यस युगको चालढालअनुसार चल्न छोड बरु आफ्नो सोचाइ नयाँ बनाओ ताकि तिमीहरूमा पूरै परिवर्तन आओस्‌। तब तिमीहरूले परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ भनी राम्ररी थाह पाउन सक्नेछौ।”—रोमी १२:१, २.

१४. परमेश्‍वरले निषेध गर्नुभएको प्रेतविद्यासित सम्बन्धित केही गतिविधि के-के हुन्‌?

• “तिमीहरूबीच यस्तो कोही पनि मानिस नभेटियोस्‌: . . . जोखना हेर्ने, जादु गर्ने, शकुन-अपशकुन बताउने, तन्त्रमन्त्र गर्ने, टुनामुना गर्ने, भूतप्रेत खेलाउने व्यक्‍तिसित वा भावी बताउने व्यक्‍तिसित सल्लाह लिने अथवा मसान जगाउने।”—व्यव. १८:१०, ११.

१५. गम्भीर पाप गरेको व्यक्‍तिले फेरि परमेश्‍वरको अनुमोदन पाउन चाहन्छन्‌ भने तिनले तुरुन्तै कस्तो कदम चाल्नुपर्छ?

• “मैले आफ्नो पाप तपाईँसामु स्विकारेँ; मैले आफ्नो गल्ती लुकाइनँ। मैले भनेँ: ‘म आफ्ना अपराधहरू यहोवासामु स्विकार्छु।’”—भज. ३२:५.

• “के तिमीहरूमध्ये कोही बिरामी छ? उसले मण्डलीका एल्डरहरूलाई आफूकहाँ बोलाओस्‌ अनि तिनीहरूले उसको लागि प्रार्थना गरिदेऊन्‌ र यहोवा परमेश्‍वरको नाममा तेल घसिदेऊन्‌। अनि विश्‍वाससहित गरिएको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ र यहोवा परमेश्‍वरले उसलाई उठाउनुहुनेछ। उसले पाप गरेकै रहेछ भने पनि उसलाई क्षमा दिइनेछ।”—याकु. ५:१४, १५.

१६. सङ्‌गी ख्रिष्टियनले गम्भीर पाप गरेको थाह पाउनुभयो भने तपाईँले के गर्नुपर्छ?

• “यदि कोही व्यक्‍ति कुनै घटनाको प्रत्यक्षदर्शी हो वा उसले त्यस घटनासम्बन्धी कुनै कुरा देख्यो वा सुन्यो भने ऊ त्यस घटनाको साक्षी हुन्छ। त्यसबारे जनसमक्ष बताउन बोलाइँदा उसले केही बोलेन भने त्यो पाप हो; उसले आफ्नो पापको सजाय भोग्नेछ।”—लेवी ५:१.

१७. कुनै व्यक्‍ति अबदेखि यहोवाको साक्षी होइनन्‌ भनेर घोषणा गरियो भने तिनीसित हामीले कस्तो व्यवहार गर्नुपर्छ?

• “त्यस्ता मानिसहरूसित सङ्‌गत गर्न छोड्‌नू . . . , जसले भाइ कहलिएर पनि अवैध यौनसम्बन्ध राख्छ वा जो लोभी वा मूर्तिपूजक हो वा जसले गालीगलौज गर्छ वा जो पियक्कड वा लुटाहा हो। त्यस्तो मानिससित त खाँदै नखाओ।”—१ कोरि. ५:११.

• “यदि कोही तिमीहरूकहाँ आउँछ र यो शिक्षा ल्याउँदैन भने त्यसलाई आफ्नो घरभित्र पस्न नदेओ वा त्यसलाई अभिवादन पनि नगर।”—२ युह. १०.

१८. तपाईँले किन यहोवालाई प्रेम गर्नेहरूलाई मात्र घनिष्ठ साथी बनाउनुपर्छ?

• “बुद्धिमान्‌सित हिँड्‌ने मानिस बुद्धिमान्‌ हुन्छ तर मूर्खसित सङ्‌गत गर्ने मानिसले दुःख भोग्छ।”—हितो. १३:२०.

• “नबहकिओ। नराम्रो सङ्‌गतले राम्रो आनीबानीलाई बिगार्छ।”—१ कोरि. १५:३३.

१९. राजनैतिक मामिलामा यहोवाका साक्षीहरू किन तटस्थ रहन्छन्‌?

• “तिनीहरू यस संसारका होइनन्‌, जस्तो म [येसु] पनि यस संसारको होइन।”—युह. १७:१६.

२०. तपाईँ किन सरकारको अधीनमा बस्नुपर्छ?

• “हरेक मानिस उच्च अख्तियारवालाहरूको अधीनमा रहोस्‌ किनकि परमेश्‍वरको अनुमतिविना कुनै अख्तियार चल्दैन। अनि जो-जो अख्तियारमा छन्‌, तिनीहरूलाई परमेश्‍वरले आफ्नो अधीनमा विभिन्‍न ओहदामा राख्नुभएको हो।”—रोमी १३:१.

२१. परमेश्‍वरले हामीबाट चाहनुहुने कुरा र मानव सरकारको नियमकानुन बाझिएमा तपाईँ के गर्नुहुन्छ?

• “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ।”—प्रेषि. ५:२९.

२२. जागिर छान्‍ने सन्दर्भमा तपाईँलाई कस्ता बाइबल पदहरूले संसारबाट अलग रहन मदत गर्न सक्छ?

• “एउटा जातिले अर्को जातिको विरुद्धमा तरबार उठाउनेछैन र तिनीहरूले फेरि युद्ध गर्न सिक्नेछैनन्‌।”—मिका ४:३.

• “हे मेरा मानिस हो, यदि तिमीहरू . . . [महान्‌ बेबिलोनका] पापहरूमा भाग लिन चाहँदैनौ र त्यसमाथि आइपर्ने विपत्तिहरू भोग्न चाहँदैनौ भने त्यसबाट निस्केर आओ।”—प्रका. १८:४.

२३. तपाईँ कस्तो किसिमको मनोरञ्जन छान्‍नुहुनेछ र कस्तो किसिमको मनोरञ्जनलाई तिरस्कार गर्नुहुनेछ?

• “यहोवा . . . हत्याहिंसा मन पराउनेलाई . . . घृणा गर्नुहुन्छ।”—भज. ११:५.

• “जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर; जे कुरा असल छ, त्यससित टाँसिरहो।”—रोमी १२:९.

• “जुन कुराहरू सत्य छन्‌, जुन कुराहरू गम्भीरतासाथ ध्यान दिन लायकका छन्‌, जुन कुराहरू असल छन्‌, जुन कुराहरू चोखा छन्‌, जुन कुराहरू प्रेम गर्न योग्य छन्‌, जुन कुराहरूले राम्रो नाम कमाएका छन्‌, जुन कुराहरूमा सद्‌गुण छ अनि जुन कुराहरू प्रशंसायोग्य छन्‌, ती नै कुराहरूको विचार गरिरहो।”—फिलि. ४:८.

२४. यहोवाका साक्षीहरू किन अरू धार्मिक समूहसित मिलेर उपासना गर्दैनन्‌?

• “तिमीहरूले ‘यहोवाको टेबुल’-बाट खाने अनि प्रेतहरूको टेबुलबाट पनि खाने गर्न सक्दैनौ।”—१ कोरि. १०:२१.

• “यहोवा परमेश्‍वर भन्‍नुहुन्छ: ‘. . . आफूलाई अलग पार अनि अशुद्ध कुरा छुन छोड र म तिमीहरूलाई ग्रहण गर्नेछु।’”—२ कोरि. ६:१७.

२५. कुनै चाडपर्व वा उत्सवमा भाग लिने कि नलिने भनेर निर्णय गर्न तपाईँलाई कस्ता सिद्धान्तहरूले मदत गर्नेछ?

• “तिनीहरू ती जातिहरूसित घुलमिल भए र तिनीहरूकै तौरतरिका अपनाए। तिनीहरूले उनीहरूका मूर्तिहरू पुजिरहे र त्यो नै तिनीहरूको लागि पासो बन्यो।”—भज. १०६:३५, ३६.

• “मरेकाहरूलाई . . . केही पनि थाह हुँदैन।”—उप. ९:५.

• “तिनीहरू यस संसारका होइनन्‌, जस्तो म पनि यस संसारको होइन।”—युह. १७:१६.

• “निर्लज्ज आचरण, अनियन्त्रित कामवासना, अचाक्ली मद्यपान, भोजको अनियन्त्रित मोजमस्ती, मद्यपानको होडबाजी र घृणित मूर्तिपूजामा लागेर तिमीहरूले संसारका मानिसहरूको इच्छा पूरा गर्न जे-जति समय बितायौ, त्यो नै यथेष्ट छ।”—१ पत्रु. ४:३.

२६. जन्मदिनबारे बाइबलमा दिइएका उदाहरणहरूले तपाईँलाई जन्मदिन मनाउने कि नमनाउने भनेर निर्णय गर्न कसरी मदत गर्छ?

• “त्यसको तीन दिनपछि फारोको जन्मदिन थियो। त्यतिखेर तिनले एउटा ठूलो भोज लगाए र आफ्ना सबै सेवकलाई निम्तो दिए। फारोले मद्य टक्य्राउने मुख्य सेवक र मुख्य भान्सेलाई ती सबै सेवकसामु उभ्याए। फारोले मद्य टक्य्राउने मुख्य सेवकलाई पहिलाकै काममा नियुक्‍त गरे . . .। तर मुख्य भान्सेलाई भने फारोले झुन्ड्‌याइदिए।”—उत्प. ४०:२०-२२.

• “हेरोदको जन्मदिनको बेला हेरोदियासकी छोरीले पाहुनाहरूको अगाडि नाचेर हेरोदलाई यत्ति प्रसन्‍न बनाइन्‌ कि तिनले जे मागे पनि दिने प्रतिज्ञा गर्दै हेरोदले कसम खाए। तब आफ्नी आमाले सिकाएअनुसार तिनले भनिन्‌: ‘बप्तिस्मा गराउने युहन्‍नाको टाउको किस्तीमा राखेर मलाई दिनुहोस्‌।’ उनले मानिसहरू पठाएर झ्यालखानामा युहन्‍नाको टाउको काट्‌न लगाए।”—मत्ति १४:६-८, १०.

२७. तपाईँ किन एल्डरहरूको डोऱ्‍याइअनुसार चल्न चाहनुहुन्छ?

• “जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌, तिनीहरूप्रति आज्ञाकारी होओ र तिनीहरूको अधीनमा बस किनकि परमेश्‍वरलाई लेखा दिनुपर्छ भनी सम्झेर तिनीहरूले तिमीहरूको हेरचाह गरिरहेका छन्‌। तिनीहरूले यो काम खुसीसाथ गरून्‌, सुस्केरा हाल्दै होइन नत्र त त्यो तिमीहरूका लागि हानिकारक हुनेछ।”—हिब्रू १३:१७.

२८. तपाईँ अनि तपाईँको परिवारले नियमित रूपमा बाइबल पढ्‌न र अध्ययन गर्न समय छुट्ट्याउनु किन महत्त्वपूर्ण छ?

• “यहोवाको व्यवस्थामा ऊ प्रसन्‍न रहन्छ र दिनरात उहाँको व्यवस्था गुनगुनाएर पढ्‌छ। ऊ खोलाको छेउमा रोपेको रूखजस्तै हुनेछ, जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिल्यै ओइलाउँदैन। उसले जे गर्छ, त्यसमा ऊ सफल हुन्छ।”—भज. १:२, ३.

२९. तपाईँलाई किन सभाहरूमा उपस्थित हुन र भाग लिन मन पर्छ?

• “म तपाईँको नाम मेरा दाजुभाइलाई बताउनेछु; समुदायमा म तपाईँको स्तुतिगान गाउनेछु।”—भज. २२:२२.

• “आपसमा गहिरो चासो राखेर हामी एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔँ, कसै-कसैलाई एकसाथ भेला हुन छोड्‌ने बानी परेको छ तर हामी भने त्यसरी भेला हुन नछोडौँ बरु एकअर्कालाई प्रोत्साहन दिइरहौँ अनि दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौँ, झन्‌ बढी त्यसो गरिरहौँ।”—हिब्रू १०:२४, २५.

३०. येसुले हामीलाई सुम्पिनुभएको सबैभन्दा महत्त्वपूर्ण काम के हो?

• “त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ; . . . बप्तिस्मा गराओ अनि मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।”—मत्ति २८:१९, २०.

३१. हामीले कस्तो मनोभावले राज्य गतिविधिको लागि अनुदान दिँदा वा हाम्रा दाजुभाइ दिदीबहिनीलाई मदत गर्दा यहोवा खुसी हुनुहुन्छ?

• “आफूसित भएका अनमोल कुराहरू यहोवालाई दिएर उहाँको आदर गर।”—हितो. ३:९.

• “हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्‌, मन नलागी-नलागी वा करकापमा परेर होइन किनकि खुसीसाथ दिनेलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ।”—२ कोरि. ९:७.

३२. ख्रिष्टियनहरूलाई आफूमाथि कस्ता कठिनाइहरू आइपर्न सक्छन्‌ भनेर थाह छ?

• “आनन्दित हुन्‌ ती मानिसहरू, जो न्यायोचित काम गरेकोले खेदोमा परेका छन्‌ किनकि स्वर्गको राज्य तिनीहरूकै हो। आनन्दित हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको बदनाम गर्छन्‌, खेदो गर्छन्‌ र तिमीहरूविरुद्ध झूट बोलेर नानाथरीका खराब कुरा भन्छन्‌। तब रमाओ र खुसीयाली मनाओ किनकि स्वर्गमा तिमीहरूको इनाम ठूलो छ; तिमीहरूअघिका भविष्यवक्‍ताहरूको पनि तिनीहरूले यसरी नै खेदो गरेका थिए।”—मत्ति ५:१०-१२.

३३. यहोवाको साक्षीको रूपमा बप्तिस्मा गर्न पाउनु किन विशेष सुअवसर हो?

• “मैले तपाईँको वचन पाएँ र . . . म रमाएँ र मेरो हृदय अति प्रसन्‍न भयो। किनकि हे सेनाहरूका परमेश्‍वर यहोवा, म तपाईँकै नामले चिनिएको छु।”—यर्मि. १५:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने