प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 २/१५ पृ. ९
  • बर्लवर्ग बाइबल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बर्लवर्ग बाइबल
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको वचनका प्रेमीहरूका लागि उल्लेखनीय उपलब्धि
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • विश्‍वभरि लाखौंले मन पराएको न्यु वर्ल्ड ट्रान्सलेशन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • नयाँ संसार अनुवाद—बुझ्न सजिलो र सही अनुवाद
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • नयाँ संसार अनुवाद सही छ?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 २/१५ पृ. ९

बर्लवर्ग बाइबल

पायटिजम्‌, यो १७ औं र १८ औं शताब्दीमा जर्मन लुथरन चर्चमा सुरु भएको धार्मिक आन्दोलन थियो। यस आन्दोलनका केही अनुयायीहरूले आफ्नो विश्‍वासको कारण आलोचना खप्नुपऱ्‍यो वा सतावट समेत भोग्नुपऱ्‍यो। केही पायटिजम्‌वादी प्राज्ञहरूले मेनको फ्रांकफर्टभन्दा लगभग १५० किलोमिटर उत्तरमा अवस्थित बर्लवर्गमा शरण पाए। धर्मलाई उच्च सम्मान गर्ने स्थानीय कुलिन, काउन्ट काजीमीर भोन भिट्‌गेन्श्टीन बर्लवर्गले तिनीहरूलाई शरण दिए। बर्लवर्गमा यी प्रचारक तथा प्राज्ञहरूको उपस्थितिले गर्दा बाइबलको नयाँ अनुवाद हुन थाल्यो र यो आज बर्लवर्ग बाइबल भनेर चिनिन्छ। यो कसरी अनुवाद हुन गयो?

यसरी शरण लिनेहरूमध्ये एक जना योहान हाउग थिए र तिनी स्थानीय धर्मविद्‌हरूको कट्टरपन्थले गर्दा स्ट्रासवर्गमा भएको आफ्नो घर छोड्‌न बाध्य भएका थिए। हाउग विद्वान्‌ र निपुण भाषाविद्‌ थिए। “पूर्णतया विशुद्ध बाइबल अनुवाद प्रदान गर्ने, लुथरको अनुवादलाई सच्याउने अनि परमेश्‍वरको वचन र यसको सही मनसायअनुसार हुबहु मौखिक अर्थ खुलाउने” आफ्नो उत्कट इच्छाबारे तिनले बर्लवर्गका आफ्ना सँगी विज्ञहरूलाई बताए। (डे गेशिक्ट डर बर्लेनवर्गर बिबेल) [बर्लवर्ग बाइबलको इतिहास])। यसको लक्ष्य व्याख्यात्मक टिपोट र टिप्पणीसहितको अनि सर्वसाधारणले बुझ्न सक्ने बाइबल प्रकाशन गर्नु थियो। हाउगले अन्य युरोपेली मुलुकका प्राज्ञहरूको सहयोग जुटाए अनि यस कार्यमा २० वर्षसम्म लागिपरे। बर्लवर्ग बाइबल सन्‌ १७२६ देखि प्रकाशित हुन थाल्यो। यसका विस्तृत टिपोटहरूले गर्दा आठवटा खण्ड प्रकाशित गर्नुपऱ्‍यो।

बर्लवर्ग बाइबलका साँच्चै केही रोचक पक्षहरू छन्‌। उदाहरणका लागि, प्रस्थान ६:२, ३ मा यस्तो लेखिएको छ: “परमेश्‍वरले मोशासित कुरा गर्नुभयो र तिनलाई यसो भन्‍नुभयो: “म परमप्रभु हुँ! अब्राहाम/इसहाक र याकूबकहाँ/सर्व-सम्पन्‍न परमेश्‍वरको रूपमा देखा परें: तर मेरो यहोवा नाउँले त म तिनीहरूकहाँ प्रकट भइनँ।” एउटा टिप्पणीले यसरी वर्णन गर्छ: “यहोवा भन्‍ने नाउँ . . . , अलग्गै छुट्याइएको/वा/घोषणा गरिएको नाउँ।” परमेश्‍वरको आफ्नो व्यक्‍तिगत नाउँ, यहोवा प्रस्थान ३:१५ र प्रस्थान ३४:६ को टिप्पणीमा पनि पाइन्छ।

यसरी मुख्य पदमा वा पादटिप्पणीमा वा टिप्पणीमा यहोवाको नाउँ प्रयोग गर्ने थुप्रै जर्मन बाइबलहरूको समूहमा बर्लवर्ग बाइबल पर्न गयो। परमेश्‍वरको व्यक्‍तिगत नाउँलाई उचित आदर दिने अझ आधुनिक अनुवादहरूमध्ये एउटा यहोवाका साक्षीहरूद्वारा प्रकाशित न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स पनि हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने