प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ४/१५ पृ. ३२
  • बाइबल इतिहास कत्तिको सही?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल इतिहास कत्तिको सही?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ४/१५ पृ. ३२

बाइबल इतिहास कत्तिको सही?

तिनीहरूको किताब ब्याटल्स्‌ अफ द बाइबल-मा इजरायल राष्ट्रका भूतपूर्व राष्ट्रपति किइम हरजोग र तेल अभिभ विश्‍वविद्यालयका पुरातत्त्वशास्त्रसम्बन्धी अवकाशप्राप्त प्राध्यापक मोर्डकै गीकोन यसो भन्छन्‌:

“बाइबलमा बताइएको युद्धसम्बन्धी रणनीतिका सारा विवरणहरू . . . केवल कल्पनाशक्‍तिद्वारा लेख्न सम्भव छैन। उदाहरणको लागि, न्यायकर्ता ६-८ मा बताइएको मिद्यानी र तिनीहरूका मित्रहरू विरुद्ध गिदोनको अभियानलाई इलियाड-मा होमरले वर्णन गरेको ट्रोजन युद्धसित तुलना गरे पुग्छ। ट्रोजन युद्धको विवरणमा भौगोलिक परिवेशको रूपमा पुग्न सकिने समुद्री किनार र नजिकैको बलियो शहरको विवरण मात्र पाउन सकिन्छ। . . . गिदोनको अभियानबारे बाइबलको विवरण भने त्यस्तो छैन। निश्‍चित भौगोलिक अवस्था र युद्धका दुवै पक्षका गतिविधिहरूमा आधारित विस्तृत रणनीतिसम्बन्धी क्रियाकलाप र मुठभेड अनि युद्ध भएको ६० किलोमिटरको इलाकालाई ढाक्ने विवरणलाई कल्पनाशक्‍तिको आधारमा रच्न हरहालतमा सम्भव छैन। . . . अतः बाइबलमा उल्लिखित लडाईंका रणनीतिसम्बन्धी विवरणको सत्यतामा विश्‍वास गर्न हामी बाध्य छौं।”

एटलासजस्तै “सी द गुड ल्याण्ड”a पुस्तिकाको पृष्ठ १८ र १९ का मानचित्रहरू चलाएर तपाईं गिदोनको अभियानबारे अध्ययन गर्न सक्नुहुन्छ। यस्तो विवरणबाट कथा सुरु हुन्छ, “मिद्यानी, अमालेकी र पूर्वका जातिहरू आपसमा दल बाँधे, र नदी तरेर यिज्रेलको बेंसीमा छाउनी हाले।” गिदोनले नजिकैका जातिहरूसित मदत मागे। घटना सुरु भएर एन-हरोदबाट मोरेको डाँडासम्म त्यसपछि यर्दनको उपत्यकामा पुग्छ। शत्रुहरूलाई यर्दन नदीपारिसम्म खेदेपछि गिदोन तिनीहरूमाथि विजयी भए।—न्यायकर्त्ता ६:३३–८:१२.

“सी द गुड ल्याण्ड” पुस्तिकामा भएको मानचित्रले उल्लिखित मुख्य ठाउँहरू र जमिनको भौगोलिक बनोटबारे पनि बताउँछ। अर्को मानचित्रले (पृष्ठ १५) इस्राएलका कुलहरूको इलाकाहरू चिनाउँछ। यी दुईवटा मानचित्रहरूले तपाईंलाई बाइबल विवरणहरूको सत्यता बुझ्न मदत गर्न सक्छ।

यसले बितिसेकका प्राध्यापक योहानान्‌ आहारोनीको भनाइलाई पुष्टि गर्छ, “बाइबल-भूमिको सन्दर्भमा भूगोल र इतिहासको यति नजिकको सम्बन्ध छ कि एउटाको मदतविना अर्को बुझ्नै सकिंदैन।”

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

Background map: Based on maps copyrighted by Pictorial Archive (Near Eastern History) Est. and Survey of Israel

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने