प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ७/१५ पृ. ३-४
  • साँचो शिक्षा तपाईं कहाँ पाउन सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँचो शिक्षा तपाईं कहाँ पाउन सक्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले स्वीकार्नुहुने उपासना
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • के तपाईंले सही धर्म भेट्टाउनु भएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • झूटो धर्मले कसरी परमेश्‍वरको अनादर गर्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • के सबै धर्म परमेश्‍वरतर्फ लैजाने फरकफरक बाटा मात्र हुन्‌?
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ७/१५ पृ. ३-४

साँचो शिक्षा तपाईं कहाँ पाउन सक्नुहुन्छ?

तिब्बतका एक जना मानिस प्रार्थनाहरू लेखिएको माने घुमाउँछन्‌। हरेक चोटि माने घुमाउँदा आफ्नो प्रार्थना दोहोरिन्छ भन्‍ने उनको विश्‍वास छ। भारतको एउटा ठूलो घरमा पूजाको लागि एउटा सानो कोठा छुट्याइन्छ र सम्भवतः त्यहाँ विभिन्‍न देवी-देवताका मूर्तिहरूमा धूप बालेर, फूल, नैवेद चढाएर उपासना गरिन्छ। पृथ्वीको अर्को छेउ इटालीमा भव्य सिंगारिएको चर्चमा एउटी महिला येशूकी आमा मरियमको मूर्तिसामु घुँडा टेक्छिन्‌ र हातमा जपमाला लिएर प्रार्थना गर्छिन्‌।

मानिसहरूको जीवनमा धर्मले पारेको प्रभावलाई तपाईंले पनि देख्नुभएको होला। दी वर्ल्डस्‌ रिलिजन—अन्डरस्याण्डिङ्‌ द लिभिङ्‌ग फेथ्स्‌ नामक पुस्तक यसो भन्छ, “धर्म . . . विश्‍वभर नै समाजको जीवन-रक्‍त भएको छ र पछि पनि हुनेछ।” गड—अ ब्रिफ हिस्ट्री पुस्तकमा लेखक जोन बोकर यसो भन्छन्‌: “परमेश्‍वरले नियन्त्रण नगरेको र उहाँको सृजनात्मक भूमिका नभएको त्यस्तो कुनै मानव समाज नै छैन। धर्मप्रति कट्टर नहुने समाजमा समेत यो कुरा सत्य साबित भएको छ।”

वास्तवमा, धर्मले लाखौं मानिसहरूको जीवनलाई प्रभावित गरेको छ। के यो, मानिसको आध्यात्मिक आवश्‍यकता छ र मानिसले त्यसको लालसा गर्छ भन्‍ने कुराको प्रमाण होइन र? आफ्नो पुस्तक दी अनडिस्कभर्ड सेल्फ-मा प्रसिद्ध मनोवैज्ञानिक डा. कार्ल जी. जङ्‌ग एउटा उच्च शक्‍तिको उपासना गर्ने मानिसको आवश्‍यकतालाई जोड दिंदै यसो भन्छन्‌: “यो कुरा सारा मानव इतिहासभरि देख्न सकिन्छ।”

यद्यपि, धेरै मानिसहरूले न परमेश्‍वरमा विश्‍वास गर्छन्‌ न त धर्ममै चासो राख्छन्‌। कसै-कसैले परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा शङ्‌का गर्ने र इन्कार गर्ने गर्छन्‌ किनकि आफ्नो धर्मले तिनीहरूको आध्यात्मिक आवश्‍यकता पूरा गर्न सकेको छैन। धर्मलाई यसरी परिभाषित गरिन्छ, “कुनै सिद्धान्तप्रति आस्था; कट्टर निष्ठा अथवा विश्‍वास; कर्तव्यनिष्ठ; धर्मनिष्ठ हुने आसक्‍ति अथवा लगाव।” यस परिभाषाअनुसार प्रायः सबैले आफ्नो जीवनमा केही हदसम्म धार्मिक भक्‍ति देखाउँछन्‌। नास्तिकहरूले समेत यसो गर्छन्‌।

मानव इतिहासका हजारौं वर्षहरूमा आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गर्ने प्रयासमा मानिसहरू धेरै उपासनापद्धतिहरू जाँचेर हेर्न उत्प्रेरित भएका छन्‌। परिणाम, विश्‍वभर धार्मिक विचारधाराहरूमा धेरै ठूला भिन्‍नताहरू आएका छन्‌। उदाहरणको लागि, अक्सर सबै धर्महरूले एउटा सर्वोच्व शक्‍तिको विश्‍वासलाई बढवा दिए तापनि ती को हुन्‌ र के हो भन्‍ने विषयमा तिनीहरूबीच फरक-फरक धारणा पाइन्छ। अधिकांश धार्मिक विश्‍वासले उद्धार अथवा मुक्‍तिको महत्त्वलाई पनि जोड दिन्छ। मुक्‍ति के हो र त्यो कसरी प्राप्त गरिन्छ भन्‍ने कुरामा तिनीहरूको शिक्षामा धेरै भिन्‍नताहरू छन्‌। यतिका फरक-फरक विश्‍वास भएकोले परमेश्‍वरलाई प्रसन्‍न पार्ने साँचो शिक्षा हामी कसरी चिन्‍न सक्छौं?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने