प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ७/१ पृ. ३
  • आन्तरिक शान्तिको खोजी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आन्तरिक शान्तिको खोजी
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • सन्तुष्टि र उदारता
    ब्यूँझनुहोस्‌!—२०१८
  • आनन्दित हुन किन यत्तिको गाह्रो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • के धनसम्पत्तिले सुखी बनाउनसक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • परमेश्‍वरमा विश्‍वास गर्न—के चमत्कारै देख्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ७/१ पृ. ३

आन्तरिक शान्तिको खोजी

अल्बर्ट, फूलजस्ता आफ्ना दुई छोराछोरीसित सुखमय जीवन बिताइरहेका एक विवाहित व्यक्‍ति थिए। तरैपनि किन हो तिनले आफ्नो जीवनमा केही अपुग महसुस गरे। कामको खोजीमा भौंतारिएको बेला तिनी राजनीतिमा लाग्नुका साथै समाजवादको सिद्धान्त अँगाल्न पुगे। तिनी स्थानीय कम्युनिस्ट पार्टीका एक सक्रिय सदस्यसमेत भए।

तथापि, धेरै समय नबित्दै अल्बर्टलाई साम्यवादी सिद्धान्त चित्त बुझेन। तिनले राजनीति छोडे अनि दत्तचित्त भई आफ्नो परिवारको रेखदेख गर्नतिर लागे। परिवारका सदस्यहरूलाई खुसी राख्नु नै तिनको जीवनको उद्देश्‍य बन्यो। तर अल्बर्टलाई अझै खोक्रोपनको भावनाले पिरोल्न छोडेन; तिनले साँचो आन्तरिक शान्ति भेट्टाउन सकेका थिएनन्‌।

यस्तो अनुभव गर्ने अल्बर्ट मात्र होइनन्‌। जीवनमा अर्थपूर्ण उद्देश्‍य भेट्टाउन लाखौं मानिसहरूले विभिन्‍न राजनैतिक विचारधारा, दर्शनशास्त्र अनि धर्महरू जाँचेर हेरिसकेका छन्‌। सन्‌ १९६० को दशकमा पश्‍चिमी मुलुकमा हिप्पी बन्‍ने लहड सुरु भयो र त्यो लहड परम्परागत नौतिक तथा सामाजिक मूल्यमान्यता विरुद्धको एउटा विद्रोह थियो। विशेष गरी जवान मानिसहरूले मन लठ्याउने लागूपदार्थहरू सेवन गरेर अनि त्यस लहडका तथाकथित गुरु तथा धार्मिक नेताहरूको दार्शनिक कुरामार्फत आनन्द र जीवनको अर्थ खोजी हेरे। यद्यपि, हिप्पी बन्‍ने लहडले साँचो आनन्द दिन सकेन। बरु, त्यस लहडले गर्दा लागूऔषध दुर्व्यसनी तथा स्वच्छन्द यौनभोगी युवाहरूको बिगबिगी सुरु हुनुका साथै नैतिक अस्पष्टताको कुहिरोमा मानव समाज झन्‌-झनै रुमलिन थाल्यो।

कैयौं मानिसहरूले धनसम्पत्ति, शक्‍ति वा शिक्षाको माध्यमबाट आनन्द खोजेको सदीयौं भइसक्यो। तैपनि आनन्द खोज्ने यस तरिकाबाट केवल निराशा हात लागेको छ। येशूले यसो भन्‍नुभयो, “मानिससँग भएका प्रशस्त चीजहरूले मानिसको जिन्दगी रहँदैन।” (लूका १२:१५) बरु, धनसम्पत्ति कमाउने धुनमा लागेका मानिसहरूले अक्सर दुःख झेल्नुपर्ने हुन्छ। बाइबल यसो भन्छ: “तर धनी हुने इच्छा गर्नेचाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्‌। किनभने रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै-कुनै . . . धेरै दुःखले तिनीहरूका हृदय छेंडेका हुन्छन्‌।”—१ तिमोथी ६:९, १०.

त्यसोभए, मानिसले आन्तरिक शान्ति र जीवनमा उद्देश्‍य कसरी भेट्टाउन सक्लान्‌ त? के यो अँध्यारोमा अन्धाधुन्ध तीर हानेझैं परीक्षा तथा गल्तीहरूबाट सिकिने कुरा हो? खुसीको कुरा, त्यस्तो कदापि होइन। अत्यन्त महत्त्वपूर्ण र मानिसले मात्रै महसुस गर्ने एउटा आवश्‍यकता पूरा गर्नुमा यसको समाधान निर्भर छ भन्‍ने कुरा हामी यसपछिको लेखमा बुझ्नेछौं।

[पृष्ठ ३-मा भएको चित्र]

धन, शक्‍ति वा शिक्षाको पछि लाग्दा के तपाईंले आन्तरिक शान्ति पाउन सक्नुहोला?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने