प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 २/१ पृ. १४
  • सधैं सही न्याय गर्नुहुने न्यायकर्ता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सधैं सही न्याय गर्नुहुने न्यायकर्ता
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले तिनलाई “मेरो मित्र” भन्‍नुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • परमेश्‍वर अब्राहामसित करार बाँध्नुहुन्छ
    बाइबल—यसले दिने सन्देश के हो?
  • अब्राहाम—प्रेमको उदाहरण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • परमेश्‍वर अब्राहामको विश्‍वासको जाँच लिनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 २/१ पृ. १४

परमेश्‍वरको नजिक हुनुहोस्‌

सधैं सही न्याय गर्नुहुने न्यायकर्ता

उत्पत्ति १८:२२-३२

न्याय। निष्पक्षता। तटस्थता। यस्ता असल गुणप्रति के तपाईं मोहित हुनुहुन्‍न र? निष्पक्ष व्यवहार हामी मानिसजातिको जन्मजात आवश्‍यकता हो। दुःखको कुरा, आज संसारमा प्रायः अन्यायकै बिगबिगी छ। तर हामीले भरोसा गर्न सक्ने एक जना न्यायकर्ता हुनुहुन्छ—यहोवा परमेश्‍वर। उहाँ सधैं सही न्याय गर्नुहुन्छ। यो कुरा उत्पत्ति १८:२२-३२ मा लिपिबद्ध यहोवा र अब्राहामबीचको कुराकानीबाट स्पष्ट हुन्छ।a

यहोवाले अब्राहामलाई सदोम र गमोराको अवस्था जाँच्ने आफ्नो निर्णय बताउनुहुँदा, उनलाई आफ्ना भतिज लूतलगायत अन्य धर्मी जनको सुरक्षाको चिन्ता लाग्यो। उनले यहोवालाई यस्तो प्रश्‍न गरे: “के दुष्टहरूसँग धर्मीहरूलाई पनि सर्वनाश गर्नुहुनेछ? त्यस शहरमा पचास धर्मी-जन रहेछन्‌ भने, के त्यसमा भएका पचास धर्मी-जनका निम्ति त्यस शहरलाई नजोगाएर नष्ट पार्नुहुनेछ र?” (पद २३, २४) जवाफमा परमेश्‍वरले ५० धर्मी जन रहेछन्‌ भने पनि सहरलाई नाश गर्दिनँ भन्‍नुभयो। अब्राहामले यहोवालाई पाँच पटकसम्म बिन्ती चढाए र प्रत्येक चोटि धर्मीको संख्या घटाउँदै १० सम्म पुऱ्‍याए। अब्राहामले भनेको जति धर्मी व्यक्‍ति भएको खण्डमा ती सहर नष्ट गरिनेछैन भनेर परमेश्‍वरले प्रत्येक चोटि भन्‍नुभयो।

के अब्राहाम परमेश्‍वरसित बहस गरिरहेका थिए? अहँ, थिएनन्‌! बहस गरेका हुँदो हो त हदै अटेरीपन देखाइरहेका हुने थिए। उनको बोल्ने शैलीमा परमेश्‍वरलाई देखाउनुपर्ने उचित श्रद्धा र नम्रता झल्किएको थियो। उनले आफूलाई केवल “माटो र खरानी” ठाने। (पद २७, ३०-३२) त्यसबाहेक, परमेश्‍वर न्यायी हुनुहुन्छ अर्थात्‌ दुष्ट सँगसँगै धर्मीहरूलाई नाश गर्नुहुन्‍न भन्‍ने कुरामा अब्राहाम विश्‍वस्त भएको उनका शब्दहरूमा झल्किन्छ। उनले भने: “सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय गर्नु हुन्‍न र?”—पद २५.

के अब्राहामको भनाइ सही थियो? थियो पनि, थिएन पनि। सदोम र गमोरामा कम्तीमा १० धर्मी जन छन्‌ भनेर भन्‍नु उनको गल्ती थियो। तर परमेश्‍वरले कहिल्यै ‘दुष्टहरूसँगै धर्मीहरूलाई सर्वनाश’ गर्नुहुन्‍न भन्‍नु चाहिं सोह्रै आना सही थियो। पछि परमेश्‍वरले ती दुई दुष्ट सहर नाश गर्नुहुँदा धर्मी लूत र तिनका दुइटी छोरी स्वर्गदूतको मदत पाएर भाग्न सफल भए।—२ पत्रुस २:७-९.

यस विवरणले हामीलाई यहोवाबारे के सिकाउँछ? ती सहरहरूको अवस्था जाँच्ने मनसाय अब्राहामलाई बताएर यहोवाले वास्तवमा उनलाई आफ्नो विचार व्यक्‍त गर्न निम्त्याइरहनुभएको थियो। आफ्ना मित्र अब्राहामले मनको चिन्ता व्यक्‍त गर्दा उहाँले धीर भई सुन्‍नुभयो। (यशैया ४१:८) यसबाट एउटा असाध्यै राम्रो पाठ सिक्न सकिन्छ। त्यो हो: यहोवा पृथ्वीमा भएका आफ्ना सेवकहरूको आदर र सम्मान गर्ने नम्र परमेश्‍वर हुनुहुन्छ। स्पष्ट छ, सधैं उचित न्याय गर्नुहुने न्यायकर्ता यहोवामा पूर्णतया भरोसा राख्ने हर कारण हामीसित छ। (w 09 1/1)

[फुटनोट]

a त्यतिबेला अब्राहामसित कुरा गर्ने स्वर्गदूतले यहोवाको प्रतिनिधित्व गरिरहेका थिए। अर्को उदाहरणको लागि उत्पत्ति १६:७-११, १३ हेर्नुहोस्‌।

[पृष्ठ १४-मा भएको चित्र]

अब्राहामले यहोवालाई सदोम र गमोराको लागि बिन्ती गरे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने