प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ७/१ p. २१
  • ‘म तँलाई बिर्सन सक्दिनँ’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘म तँलाई बिर्सन सक्दिनँ’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • “हाम्रा परमेश्‍वरको कोमल करुणा”
    यहोवासित नजिक हुनुहोस्‌
  • यहोवा—हाम्रो कोमल अनुकम्पापूर्ण पिता
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • “परमेश्‍वर प्रेम हुनुहुन्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • आमाको ममतामा देखिने परमेश्‍वरको माया
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ७/१ p. २१

परमेश्‍वरको नजिक हुनुहोस्‌

‘म तँलाई बिर्सन सक्दिनँ’

के यहोवा आफ्ना जनको चासो राख्नुहुन्छ? त्यसो हो भने उहाँले कत्तिको चासो राख्नुहुन्छ? यसको जवाफ पाउन सक्ने तरिका एउटा मात्रै छ। त्यो हो, परमेश्‍वरकै मुखबाट सुन्‍ने। यहोवा कस्तो महसुस गर्नुहुन्छ भनेर बाइबलमा स्पष्टसित बताइएको छ। यशैया ४९:१५ मा के लेखिएको छ, विचार गर्नुहोस्‌।

यहोवा आफ्ना जनको कत्ति धेरै चासो राख्नुहुन्छ भनी बुझाउन भविष्यवक्‍ता यशैया एउटा अत्यन्तै हृदयस्पर्शी उदाहरण बताउँछन्‌। तिनको यस प्रश्‍नले हामीलाई साँच्चै सोच्न लगाउँछ: “के कुनै स्त्रीले आफ्नो दूधेबालकलाई बिर्सनसक्छ र? आफ्नो गर्भको बालकलाई के त्यसले टिठ्याउदैन र?” झट्ट हेर्दा यसको जवाफ दिन त्यति गाह्रो देखिंदैन। के आमाले आफ्नो दूधेबालकलाई बिर्सन सक्छे? आमाविना बच्चाले केही पनि गर्न सक्दैन अनि उसले रोइकराइ जसरी भए पनि आफ्नी आमाको ध्यान खिंच्छ। तर यहोवाले सोध्नुभएको प्रश्‍नमा अरू कुरा पनि मुछिएको छ।

आमाले आफ्नो दूधेबालकको स्याहारसुसार किन गर्छे? के रोइरहेको बच्चालाई फकाउन मात्र हो? अहँ, होइन। “आफ्नो गर्भको बालकलाई” आमा स्वतः टिठाउँछिन्‌। यहाँ ‘टिठाउनु’ भनी अनुवाद गरिएको हिब्रू क्रियालाई ‘कृपा देखाउनु’ भनेर पनि अनुवाद गरिएको छ। (प्रस्थान ३३:१९; यशैया ५४:१०) नेपाली भाषामा ‘टिठाउनु’ भन्‍ने अर्थ बुझाउने हिब्रू शब्दले निस्सहाय वा बेसहाराप्रति देखाइने कोमल करुणालाई बुझाउँछ। दूधेबालकप्रति आमाले देखाउने जत्तिको प्रगाढ भावना अरू विरलै होला।

तर दुःखको कुरा, आफ्नो दूधेबालकलाई देखेर नटिठाउने आमाहरू पनि हुन्छन्‌। यहोवा भन्‍नुहुन्छ, “यिनीहरूले बिर्सन पनि सक्छन्‌।” अहिले हामी बाँचिरहेको संसारमा “विश्‍वासघाती, स्वाभाविक स्नेह नभएका” मानिस थुप्रै छन्‌। (२ तिमोथी ३:१-५) आमाहरूले आफ्नो नवजात शिशुको बेवास्ता गरेको, दुर्व्यवहार गरेको वा अलपत्र छोडेको समाचार हामी कहिलेकाहीं सुन्‍ने गर्छौं। बाइबलको यशैया ४९:१५ बारे एउटा पुस्तक यस्तो टिप्पणी गर्छ: “आमाहरू पनि त्रुटिपूर्ण मानिसै हुन्‌ र कहिलेकाहीं तिनीहरूमा प्रेमभन्दा दुष्टताले प्रभुत्व जमाउँछ। मानिसले देखाउने सबैभन्दा प्रगाढ प्रेम पनि कहिलेकाहीं चुक्न सक्छ।”

यहोवा हामीलाई यस्तो आश्‍वासन दिनुहुन्छ: “तर मता तँलाई बिर्सन सक्दिनँ।” यशैया ४९:१५ मा बताइएझैं यहोवाले उक्‍त प्रश्‍न सोध्नुको कारण अब हामी बुझ्न सक्छौं। त्रुटिपूर्ण आमाभन्दा आफू निकै दयालु छु भनेर यहोवाले बताउँदै हुनुहुन्थ्यो। त्रुटिपूर्ण आमाहरू कहिलेकाहीं निस्सहाय शिशुहरूलाई माया गर्नदेखि चुक्छन्‌। तर खाँचोमा परेका आफ्ना उपासकहरूलाई मदत गर्न यहोवा कहिल्यै चुक्नुहुन्‍न अनि उहाँले कहिल्यै बिर्सनुहुन्‍न। त्यसैले माथि उल्लिखित पुस्तकले यशैया ४९:१५ बारे यसो भन्‍नु एकदमै उपयुक्‍त छ: “परमेश्‍वरको प्रेमबारे पुरानो नियममा उल्लेख गरिएको सबैभन्दा प्रगाढ अभिव्यक्‍ति यही हो। सबैभन्दा प्रगाढ होइन भने पनि प्रगाढ अभिव्यक्‍तिमध्ये एउटाचाहिं पक्कै हो।”

के “हाम्रा परमेश्‍वरको कोमल करुणाको” विषयमा सिक्न पाउनु सान्त्वनादायी कुरा होइन र? (लूका १:७८) यहोवासित कसरी नजिक हुन सकिन्छ भनेर सिक्नुभए कसो होला? हाम्रा मायालु परमेश्‍वर आफ्ना उपासकहरूलाई यस्तो आश्‍वासन दिनुहुन्छ: “म तिमीलाई कुनै हालतमा छोड्‌नेछैन, न त कहिल्यै त्याग्ने नै छु।”—हिब्रू १३:५. (w12-E 02/01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने