प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 १०/१ पृ. १६
  • बाइबल प्रश्‍नहरूको जवाफ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल प्रश्‍नहरूको जवाफ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
    बाइबलले हामीलाई के सिकाउँछ?
  • प्रार्थना गरेर केही होला र?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • प्रार्थनाद्वारा परमेश्‍वरसित घनिष्ठ हुने
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 १०/१ पृ. १६

बाइबल प्रश्‍नहरूको जवाफ

के भगवान्‌ले सबै प्रार्थना सुन्‍नुहुन्छ?

भगवान्‌ले सबै राष्ट्रका मानिसको प्रार्थना सुन्‍नुहुन्छ। (भजन १४५:१८, १९) आफ्नो मनमा लागेको जुनसुकै विषयमा उहाँलाई प्रार्थना गर्न बाइबल हामीलाई प्रोत्साहन दिन्छ। (फिलिप्पी ४:६, ७) तर कुनै-कुनै प्रार्थना भगवान्‌लाई मन पर्दैन। उदाहरणको लागि, कण्ठ पारेको प्रार्थना दोहोऱ्‍याएको उहाँलाई मन पर्दैन।—मत्ती ६:७ पढ्‌नुहोस्‌।

साथै जानाजानी यहोवाको आज्ञा उल्लङ्‌घन गर्नेहरूको प्रार्थना उहाँलाई मन पर्दैन। (हितोपदेश २८:९) उदाहरणको लागि, प्राचीन समयमा भगवान्‌ले इस्राएलीहरूको प्रार्थना सुन्‍न इन्कार गर्नुभयो किनभने तिनीहरू हत्याका दोषी थिए। स्पष्ट छ, भगवान्‌ले हाम्रो प्रार्थना सुनेको चाहन्छौं भने उहाँको आज्ञा मान्‍नुपर्छ।—यशैया १:१५ पढ्‌नुहोस्‌।

भगवान्‌ले प्रार्थना सुनेको चाहन्छौं भने के गर्नुपर्छ?

विश्‍वास छैन भने हामीले गरेको प्रार्थना भगवान्‌सम्म पुग्दैन। (याकूब १:५, ६) उहाँको अस्तित्व छ र उहाँ हाम्रो चासो राख्नुहुन्छ भनेर पूरा विश्‍वास गर्नुपर्छ। बाइबलको अध्ययन गरेर आफ्नो विश्‍वास बलियो बनाउन सक्छौं किनभने साँचो विश्‍वास बाइबलमा पाइने प्रमाण र आश्‍वासनमा आधारित हुन्छ।—हिब्रू ११:१, ६ पढ्‌नुहोस्‌।

हामीले नम्र भई साँचो मनले प्रार्थना गर्नुपर्छ। भगवान्‌को छोरा भए तापनि येशू नम्र भई प्रार्थना गर्नुहुन्थ्यो। (लूका २२:४१, ४२) त्यसकारण यसो गरिदिनुस्‌ उसो गरिदिनुस्‌ भन्‍नुभन्दा भगवान्‌ हामीले के गरेको चाहनुहुन्छ भनी बुझ्न बाइबल पढ्‌नुपर्छ। यसरी उहाँको इच्छा बुझेपछि उहाँलाई मन पर्ने तरिकामा प्रार्थना गर्न सक्छौं।—१ यूहन्‍ना ५:१४ पढ्‌नुहोस्‌। (w13-E 08/01)

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने यस किताबको अध्याय १७ हेर्नुहोस्‌

www.jw.org/ne बाट डाउनलोड गर्न सकिन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने