प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ९/१५ पृ. ७-११
  • आफूसित सत्य छ भनेर तपाईं किन पक्का हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफूसित सत्य छ भनेर तपाईं किन पक्का हुनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • इतिहासको सबैभन्दा महत्त्वपूर्ण शिक्षणकार्य
  • उनीहरू किन पक्का छन्‌?
  • सत्य थाह पाएपछि के गर्नुपर्छ?
  • सत्य भेट्टाएको कुरामा पूर्णतया विश्‍वस्त हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • “सब जातिहरूलाई” साक्षी दिने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • तपाईँसित सत्य छ भन्‍ने कुरामा विश्‍वस्त हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • के यहोवाका साक्षीहरू साँचो ख्रिष्टियनहरू हुन्‌?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ९/१५ पृ. ७-११
एक ख्रीष्टियन दम्पती धुलाम्मे बाटो हुँदै प्रचारमा जाँदै

आफूसित सत्य छ भनेर तपाईं किन पक्का हुनुहुन्छ?

“तिमीहरूले परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ भनी राम्ररी थाह पाउन सक।”—रोमी १२:२.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

  • यहोवाका साक्षीहरूले लडाइँमा भाग नलिएकोले मानिसहरूमा कस्तो प्रभाव पऱ्‍यो?

  • हाम्रो प्रचारकार्यले गर्दा हामी साँचो ख्रीष्टियनहरू हौं भनेर थुप्रै मानिस किन पक्का भएका छन्‌?

  • आफूसित सत्य छ भनेर तपाईं किन पक्का हुनुहुन्छ?

१. लडाइँको बेला क्याथोलिक र प्रोटेस्टेन्ट धर्मगुरुहरूले के गरेका छन्‌?

ख्रीष्टियनहरूले लडाइँ गरेको अनि मानिसहरूको हत्या गरेको परमेश्‍वर चाहनुहुन्‍न। बितेको १०० वर्षमा क्याथोलिक र प्रोटेस्टेन्टले आफ्नै धर्मका मानिसहरूलाई लडाइँमा मारेका छन्‌। ती धर्मका गुरुहरूले सेना र तिनीहरूका हतियारलाई आशिष्‌समेत दिएका छन्‌। दोस्रो विश्‍वयुद्धको बेला झूटा ख्रीष्टियनहरूले बारम्बार लडाइँमा भाग लिए। परिणामस्वरूप थुप्रैले ज्यान गुमाउनुपऱ्‍यो।

२, ३. दोस्रो विश्‍वयुद्धको बेला र त्यसपछि पनि यहोवाका साक्षीहरूले कस्तो अडान लिए? किन?

२ दोस्रो विश्‍वयुद्धको बेला यहोवाका साक्षीहरूले के गरे? उनीहरूले युद्धमा भाग लिएनन्‌। किन? किनकि उनीहरू येशूको आज्ञा मान्‍न चाहन्थे अनि उहाँले जस्तै अरूलाई प्रेम देखाउन चाहन्थे। येशूले यसो भन्‍नुभएको थियो, “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।” (यूह. १३:३५) दोस्रो कोरिन्थी १०:३, ४ मा पाइने सिद्धान्त साक्षीहरूले बुझे र त्यसअनुसार चले।—पढ्‌नुहोस्‌।

३ असल र खराब छुट्‌याउन साँचो ख्रीष्टियनहरू बाइबलले दिने डोऱ्‍याइमा भर पर्छन्‌। त्यसैले उनीहरूको अन्तस्करणले उनीहरूलाई लडाइँ गर्न वा लडाइँको तालिम लिन दिंदैन। यस्तो अडानले गर्दा यहोवाका हजारौं साक्षी सताइएका छन्‌। जवान तथा वृद्ध अनि पुरुष तथा स्त्री श्रम शिविरमा हालिएका छन्‌। उदाहरणको लागि, दोस्रो विश्‍वयुद्धको बेला जर्मनीमा नाजीहरूले शासन गर्दा कतिपयले त ज्यानसमेत गुमाए। युरोपमा साक्षीहरूले क्रूर सतावट भोग्नुपऱ्‍यो। उनीहरूलाई जेलमा हालियो, यातना शिविरमा पठाइयो र देश निकाला गरियो। तैपनि उनीहरूले प्रचार गर्न छोडेनन्‌।a वर्षौंपछि १९९४ मा रूवाण्डामा जातीय हिंसा मच्चिंदा यहोवाका साक्षीहरूले त्यसमा भाग लिएनन्‌। साथै, पहिलाको युगोस्लाभियामा भएको लडाइँमा पनि साक्षीहरूले भाग लिएनन्‌।

४. यहोवाका साक्षीहरूले लडाइँमा भाग नलिएकोले थुप्रैले के भनेका छन्‌?

४ थुप्रैले यहोवाका साक्षीहरू परमेश्‍वर र छिमेकीलाई साँचो प्रेम गर्छन्‌ अनि उनीहरू साँचो ख्रीष्टियन हुन्‌ भनेका छन्‌। किनकि उनीहरूले लडाइँमा भाग लिएका छैनन्‌। थुप्रैले यहोवाका साक्षीहरूलाई साँचो ख्रीष्टियन भन्‍नुको अरू कारण के-के हुन्‌?

इतिहासको सबैभन्दा महत्त्वपूर्ण शिक्षणकार्य

५. येशूको सुरुका चेलाहरूले कस्तो परिवर्तन गर्नुपर्थ्यो?

५ परमेश्‍वरको राज्यको प्रचार गर्नु सबैभन्दा महत्त्वपूर्ण काम हो भनेर येशूले देखाउनुभयो। संसारभरि फैलिने यस कामको जग बसाल्न उहाँले १२ चेला छान्‍नुभयो। पछि उहाँले अरू ७० जनालाई पनि तालिम दिनुभयो। (लूका ६:१३; १०:१) उनीहरूले सुरुमा यहूदीहरूलाई, त्यसपछि अरू जातिका मानिसहरूलाई सिकाउने थिए। अरू जातिका मानिसहरूलाई प्रचार गर्न ती यहूदी चेलाहरूले आफ्नो सोचाइ परिवर्तन गर्नुपर्थ्यो।—प्रेषि. १:८.

६. यहोवाको लागि कुनै एक जाति अर्को जातिभन्दा ठूलो छैन भनेर पत्रुसले कसरी बुझे?

६ पहिलो पटक ख्रीष्टियन बनेका अन्यजाति कर्नीलियस थिए। यहोवाले प्रेषित पत्रुसलाई कर्नीलियसको घरमा प्रचार गर्न पठाउनुभयो। यहोवाको लागि कुनै एक जाति अर्को जातिभन्दा ठूलो छैन भनेर पत्रुसले बुझे। हरेक जातिका मानिसले उहाँको कुरा सुनून्‌ र स्वीकारून्‌ भन्‍ने यहोवा चाहनुहुन्थ्यो। त्यसैले कर्नीलियस र उनका नातेदारहरूलाई बप्तिस्मा गराउन पत्रुसले आदेश दिए। (प्रेषि. १०:९-४८) त्यस दिनदेखि उनी र अरू चेलाहरूले सबै जातिका मानिसहरूलाई प्रचार गर्न सुरु गरे।

७, ८. मानिसहरूले सुसमाचार सुनून्‌ भनेर यहोवाका साक्षीहरूले के गरेका छन्‌? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

७ आज यहोवाको सङ्‌गठनमा नेतृत्व लिनेहरूले संसारभर भइरहेको प्रचारकार्यलाई व्यवस्थित गर्छन्‌ र यस कामको लागि आवश्‍यक प्रबन्ध मिलाउँछन्‌। अहिले संसारभर लगभग ८० लाख यहोवाका साक्षी छन्‌। उनीहरूले ६०० भन्दा धेरै भाषामा प्रचार गरिरहेका छन्‌ र यो सङ्‌ख्या अझै बढ्‌दै छ। तिनीहरू घरघर र बाटोमा प्रचार गर्छन्‌। कतिपय ठाउँमा टेबुल र ट्रलीमा विभिन्‍न भाषाका साहित्यहरू प्रदर्शन गरेर पनि प्रचार गर्छन्‌। यसले गर्दा मानिसहरूले यहोवाका साक्षीहरूलाई सजिलै चिन्छन्‌।

८ यहोवाको सङ्‌गठनले २,९०० भन्दा धेरै अनुवादकलाई बाइबल तथा बाइबलआधारित साहित्य अनुवाद गर्न तालिम दिएको छ। थोरै मानिसले बोल्ने भाषाहरूमा पनि साहित्यहरू अनुवाद भएका छन्‌। उदाहरणको लागि, स्पेनमा यहोवाका साक्षीहरूले क्याटालान भाषामा पनि बाइबल साहित्यहरू अनुवाद गर्छन्‌। हालैका वर्षहरूमा विशेषगरि भलेन्सिया र एलिकान्ते सहर, बलेरिक टापुहरू र अन्डोरा भन्‍ने देशमा क्याटालान भाषा बोल्ने मानिसहरूको सङ्‌ख्या बढ्‌न थालेको छ। अहिले लाखौं मानिस क्याटालान बोल्छन्‌। यहोवाका साक्षीहरूको अनुवाद कार्यले गर्दा अहिले क्याटालोनीहरूले आफ्नै भाषामा बाइबल साहित्यहरू पढ्‌न पाएका छन्‌ र उनीहरूकै भाषामा सभाहरू पनि हुन्छन्‌।

९, १०. यहोवाको सङ्‌गठनले सबै मानिसले सत्य सिकेको चाहन्छ भनेर कस्ता उदाहरणहरूले देखाउँछन्‌?

९ मातृभाषामा बाइबल साहित्यहरू अनुवाद गर्ने र सत्य सिकाउने यो काम संसारभरि चलिरहेको छ। उदाहरणको लागि, मेक्सिकोमा धेरैजसो मानिसले स्पेनी भाषा बोल्छन्‌। तर त्यहाँ बस्ने थुप्रै मानिस परिवारमा भने अर्कै भाषा बोल्छन्‌। तीमध्ये एक माया भाषा हो। मेक्सिकोमा भएको शाखाले माया भाषाका अनुवादकहरूलाई त्यो भाषा बोलिने इलाकामा बसेर काम गर्न खटाएको छ। त्यहाँ तिनीहरू हरेक दिन माया भाषा बोल्ने र सुन्‍ने मौका पाउँछन्‌। यसले गर्दा त्यो भाषा बोल्नेहरूले सजिलै बुझ्ने गरी अनुवाद गर्न सकेका छन्‌। अर्को उदाहरण हो, नेपाल। यहाँका मानिसहरूले १२० भन्दा बढी भाषा बोल्छन्‌। नेपालमा अहिले दुई करोड ९० लाखभन्दा धेरै मानिस बसोबास गर्छन्‌। एक करोडभन्दा बढी मानिसको मातृभाषा नेपाली हो। अरू मानिसको भने यो दोस्रो भाषा हो। नेपाली भाषामा पनि बाइबलआधारित प्रकाशनहरू अनुवाद गरिन्छ।

१० यस कामले सुसमाचार प्रचार गर्ने जिम्मेवारीलाई यहोवाको सङ्‌गठनले गम्भीरतापूर्वक लिएको छ भनेर देखाउँछ। यहोवाका साक्षीहरूले लाखौं पत्रिका, पर्चा र पुस्तिका वितरण गरेका छन्‌। तर तिनीहरू यी साहित्यहरू बेच्दैनन्‌। राजीखुसीले दिएको अनुदानबाट यो काम चलिरहेको छ। “सित्तैंमा पायौ, सित्तैंमा देओ” भन्‍ने येशूको सल्लाह तिनीहरू मान्छन्‌।—मत्ती १०:८.

एउटा अनुवाद टोली काम गर्दै

लो जर्मन भाषामा साहित्य तयार पार्दै अनुवाद टोली (अनुच्छेद १० हेर्नुहोस्‌)

एक बहिनी पाराग्वेमा लो जर्मन भाषाका साहित्य प्रयोग गरेर एक महिलालाई प्रचार गर्दै

पाराग्वेमा लो जर्मन भाषाका साहित्यहरू चलाइन्छ (शीर्षकमाथिको तस्बिर पनि हेर्नुहोस्‌)

११, १२. हाम्रो प्रचारकार्यले गर्दा थुप्रैले कुन कुरा मानिलिएका छन्‌?

११ यहोवाका साक्षीहरू आफूसित सत्य छ भन्‍ने कुरामा पक्का छन्‌। त्यसकारण सबै राष्ट्र र जातिका मानिसहरूलाई सुसमाचार सुनाउन तिनीहरूले त्यागहरू गरेका छन्‌। यस महत्त्वपूर्ण काममा भाग लिन थुप्रैले आफ्नो जीवन सरल बनाएका छन्‌, अर्को भाषा सिकेका छन्‌ र बेग्लै रहनसहनमा भिज्नसमेत तयार भएका छन्‌। उनीहरू संसारभरका मानिसहरूलाई प्रचार गर्छन्‌ र शिक्षा दिन्छन्‌। त्यसकारण थुप्रै मानिसले यहोवाका साक्षीहरू येशूका साँचो चेलाहरू हुन्‌ भनेर मानिलिएका छन्‌।

१२ आफूसित सत्य छ भन्‍ने कुरामा पक्का भएकोले साक्षीहरूले यस्ता त्यागहरू गरेका छन्‌। तर साँचो ख्रीष्टियनहरू आफूसित सत्य छ भन्‍ने कुरामा पक्का हुनुको खास कारण के हो?—रोमी १४:१७, १८ पढ्‌नुहोस्‌।

उनीहरू किन पक्का छन्‌?

१३. यहोवाका साक्षीहरूले सङ्‌गठनलाई कसरी शुद्ध राखेका छन्‌?

१३ समर्पित ख्रीष्टियनहरूले आफूसित सत्य छ भन्‍ने कुरामा पक्का हुनुका थुप्रै कारण बताएका छन्‌। लामो समयदेखि यहोवाको सेवा गरिरहेका एक भाइले यसो भने, “यहोवाको सङ्‌गठनलाई सफा र शुद्ध राख्न धेरै प्रयास गरिएको छ; चाहे त्यसको लागि जोसुकैलाई सल्लाह वा अनुशासन दिन किन नपरोस्‌।” यहोवाका साक्षीहरूले सङ्‌गठनलाई कसरी शुद्ध राख्न सकेका छन्‌? परमेश्‍वरको आज्ञाअनुसार चलेर अनि येशू र उहाँका चेलाहरूको पाइला पछ्याएर। साक्षीहरूमाझ यहोवाको स्तरअनुसार नचल्नेहरू थोरै मात्र छन्‌। उनीहरूलाई मण्डलीबाट बहिष्कार गरिएको छ। यहोवाका धेरैजसो सेवकले यहोवालाई मन पर्ने तरिकामा जीवन बिताएका छन्‌। विगतमा यहोवालाई मन नपर्ने काम गरेका थुप्रैले आफ्नो जीवनशैली परिवर्तन गरेका छन्‌ र फेरि यहोवाको स्तरअनुसार चल्न थालेका छन्‌।—१ कोरिन्थी ६:९-११ पढ्‌नुहोस्‌।

१४. बहिष्कार भएकाहरूले कस्तो परिवर्तन गरेका छन्‌? यसको नतिजा कस्तो भएको छ?

१४ बाइबलले यहोवाको आज्ञा पालन नगर्नेहरूलाई मण्डलीबाट बहिष्कार गर्ने सल्लाह दिन्छ। हजारौंले आफ्नो गल्तीको पश्‍चात्ताप गरेका छन्‌ र फेरि मण्डलीमा फर्केका छन्‌। (२ कोरिन्थी २:६-८ पढ्‌नुहोस्‌) यहोवाका साक्षीहरूले बाइबलको डोऱ्‍याइ पछ्याउँदै आफ्नो आनीबानी राम्रो बनाएका छन्‌। त्यसकारण मण्डली पनि शुद्ध छ। थुप्रै चर्चमा पादरीहरूले आफ्ना सदस्यहरूलाई आफूखुसी गर्न दिन्छन्‌ तर यहोवाका साक्षीहरू भने उहाँको इच्छाअनुसार चल्छन्‌। यसले गर्दा पनि थुप्रै मानिस यहोवाका साक्षीहरूसित सत्य छ भनेर पक्का छन्‌।

१५. एक साक्षी आफूसित सत्य छ भनेर कसरी पक्का भए?

१५ आफूसित सत्य छ भनेर अरू साक्षीहरू पनि किन पक्का छन्‌? चवन्‍न वर्षका एक साक्षी यसो भन्छन्‌, “किशोर छँदादेखि नै मेरो विश्‍वास तीनवटा महत्त्वपूर्ण सत्यमा अडिएको छ: (१) परमेश्‍वर हुनुहुन्छ; (२) उहाँले नै बाइबल लेख्न लगाउनुभयो र (३) आज पृथ्वीमा परमेश्‍वरको इच्छाअनुसार चल्नेहरू यहोवाका साक्षीहरू मात्र हुन्‌। मैले वर्षौंदेखि यी कुराहरू जाँच्दै आएको छु र यी कुराहरूमा विश्‍वास गर्न सक्ने आधार केलाएको छु। वर्षहरू बित्दै जाँदा यी कुराहरू सत्य हुन्‌ भनेर बुझेको छु। मेरो विश्‍वास बलियो भएको छ। आफूसित सत्य छ भन्‍ने कुरामा अझ पक्का भएको छु।”

१६. एक बहिनी आफूसित सत्य छ भनेर कसरी पक्का भइन्‌?

१६ न्यु योर्कमा रहेको मुख्यालयमा सेवा गर्ने एक विवाहित बहिनीले आफूसित सत्य छ भनेर पक्का हुनुको कारण बताइन्‌। बाइबलमा लगभग ७,००० पटक प्रयोग गरिएको यहोवा नाम उहाँको सङ्‌गठनले मात्र निरन्तर घोषणा गरेको छ भनी तिनी बताउँछिन्‌। तिनले २ इतिहास १६:९ बाट पनि प्रोत्साहन पाएकी छिन्‌। त्यहाँ यसो भनिएको छ, “जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरि नै परमप्रभुको दृष्टि रहिरहन्छ।” तिनी यसो भन्छिन्‌, “यहोवाको सहायता पाउनको लागि कसरी पूरा हृदयले उहाँको सेवा गर्ने भनेर बुझ्न बाइबल सत्यले मलाई मदत गरेको छ। यहोवासितको सम्बन्ध मेरो लागि अनमोल छ। सही ज्ञान लिएकोले म अझ आनन्दित हुन सकेकी छु र यस्तो ज्ञान बुझ्न मदत गर्नुभएकोमा म येशूप्रति पनि आभारी छु।”

१७. पहिला परमेश्‍वरमा विश्‍वास नगर्ने एक भाइ कुन कुरामा पक्का भए र किन?

१७ पहिला ईश्‍वरमा विश्‍वास नगर्ने एक भाइले यसो भने, “परमेश्‍वर मानिसहरूले जीवनको भरपूर आनन्द उठाएको चाहनुहुन्छ भनेर सृष्टिले देखाउँछ। त्यसैले उहाँले दुःखकष्ट सधैंभरि रहिरहन दिनुहुन्‍न भनेर बुझेको छु। मानिसहरूमा असल गुणहरू हराउँदै गइरहेको छ। तर हामी भने विश्‍वास, जोस र प्रेममा बढ्‌दै छौं। यस्तो चमत्कार त पवित्र शक्‍तिले मात्र गर्न सक्छ।”—१ पत्रुस ४:१-४ पढ्‌नुहोस्‌।

१८. दुई जना भाइको अनुभव तपाईंलाई कस्तो लाग्यो?

१८ लामो समयदेखि परमेश्‍वरको सेवा गरिरहेका एक साक्षी आफूसित सत्य छ भनेर पक्का हुनुको कारण यसरी बताउँछन्‌, “साक्षीहरूले प्रथम शताब्दीका ख्रीष्टियनहरूको नमुना पछ्याउन धेरै कोसिस गरेका छन्‌ भनेर वर्षौंको अनुभवबाट म पक्का भएको छु। विभिन्‍न देशमा जाँदा साक्षीहरूको एकता आफ्नै आँखाले देखेको छु। बाइबल सत्य पाएकोले म सन्तुष्ट र खुसी छु।” साठी वर्ष नाघेका एक भाइले यहोवाका साक्षीहरू येशूलाई साँच्चै विश्‍वास गर्छन्‌ भने। तिनले यसो भने, “हामीले येशूको जीवन र सेवाबारे थुप्रै कुरा बुझेको छौं र उहाँको उदाहरण सधैं मनमा राख्छौं। येशू ख्रीष्टमार्फत यहोवाको नजिक जान हामीले जीवनशैली परिवर्तन गरेका छौं। ख्रीष्टको बलिदानमा विश्‍वास गऱ्‍यौं भने मात्र उद्धार पाउनेछौं भनेर हामीले बुझेका छौं। साथै, उहाँ फेरि ब्यूँतनुभयो भनेर पनि हामीलाई थाह छ। त्यस्ता घटनाहरू आफ्नै आँखाले देख्ने व्यक्‍तिहरू पनि थिए र तिनीहरूले बाइबलमा ती कुराहरू लेखे। त्यसैले आज हामीले ती विवरणहरू पढ्‌न पाएका छौं।”—१ कोरिन्थी १५:३-८ पढ्‌नुहोस्‌।

सत्य थाह पाएपछि के गर्नुपर्छ?

१९, २०. (क) रोमका ख्रीष्टियनहरूलाई पावलले कस्तो जिम्मेवारीबारे बताए? (ख) हामीसित कस्तो सुअवसर छ?

१९ हामी छिमेकीलाई प्रेम गर्छौं। त्यसैले उनीहरूलाई सत्य ज्ञान बाँड्‌छौं। येशूका चेलाहरूसित प्रचार गर्ने जिम्मेवारी छ भनेर पावलले रोमका ख्रीष्टियनहरूलाई बताए। तिनले यसो भने, “‘तिम्रो मुखैमा भएको वचन’ अर्थात्‌ येशू नै प्रभु हुनुहुन्छ भनेर जनसमक्ष घोषणा गर्छौ अनि परमेश्‍वरले उहाँलाई मृत्युबाट ब्यूँताउनुभयो भनेर आफ्नो मनमा विश्‍वास गर्छौ भने तिमीले उद्धार पाउनेछौ। किनकि मनदेखि विश्‍वास गरेर मानिस परमेश्‍वरको नजरमा असल ठहरिन्छ तर त्यो विश्‍वास मुखले जनसमक्ष घोषणा गरेर चाहिं उसले उद्धार पाउँछ।”—रोमी १०:९, १०.

२० यहोवाका साक्षीहरू आफूसित सत्य छ भनेर पक्का छन्‌ र सुसमाचार प्रचार गर्ने सुअवसरको सधैं कदर गर्छन्‌। त्यसैले मानिसहरूलाई बाइबलबारे सिकाउने मात्र होइन; आफ्नो जीवनशैलीबाट आफूसित सत्य छ भन्‍ने कुरामा पक्का भएको देखाऔं।

a यहोवाका साक्षीहरू—परमेश्‍वरको राज्यका उद्‌घोषकहरू (अङ्‌ग्रेजी) किताबको पृष्ठ १९१-१९८ र ४४८-४५४ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने