प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ४/१ पृ. ४-७
  • सबैका लागि बाइबल अध्ययनको प्रबन्ध

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबैका लागि बाइबल अध्ययनको प्रबन्ध
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल अध्ययनको प्रबन्धबारे अक्सर सोधिने प्रश्‍नहरूको जवाफ
  • यहोवाका साक्षीहरूसित गरिने बाइबल अध्ययन भनेको के हो?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • जीवनसित सम्बन्धित महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ केले दिन्छ?
    जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ कहाँ पाइन्छ?
  • के तपाईँलाई आफूले सिकेको कुरा मन पऱ्‍यो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्रीको परिचय
  • के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ?
    के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ४/१ पृ. ४-७
बाइबल अध्ययन

आवरण लेख | बाइबल अध्ययन —सबैका लागि लाभदायी

सबैका लागि बाइबल अध्ययनको प्रबन्ध

यहोवाका साक्षीहरू बाइबलबाट सुसमाचार सुनाउने गर्छन्‌ भनेर प्रायः सबैलाई थाह छ। तर हामी मानिसहरूसित बाइबल अध्ययन पनि सञ्चालन गर्छौं भनेर के तपाईंलाई थाह थियो?

काम गर्ने ठाउँमा बाइबल अध्ययन गरिरहेको व्यक्‍ति

सन्‌ २०१४ मा हरेक महिना ८० लाख भन्दा धेरै यहोवाका साक्षीहरूले २४० देशमा ९५ लाख भन्दा धेरै व्यक्‍तिहरूसित बाइबल अध्ययन सञ्चालन गरेका थिए।a यस्ता लगभग १४० देशहरू छन्‌ जहाँ यत्तिको जनसङ्‌ख्या पनि छैन।

मानिसहरूलाई बाइबलको शिक्षा दिन यहोवाका साक्षीहरूले हरेक वर्ष लगभग ७०० वटा भाषामा झन्डै १ अरब ५० करोड बाइबल, किताब, पत्रिका र अन्य बाइबल अध्ययन सामग्रीहरू प्रकाशित गरेका छन्‌। यसरी प्रकाशनहरू विभिन्‍न भाषामा प्रकाशित हुने भएकोले धेरै मानिसले आफ्नै भाषामा बाइबल अध्ययन गर्न पाएका छन्‌।

“स्कुलको पढाइ मलाई दिक्क लाग्थ्यो। तर बाइबल अध्ययन भने असाध्यै रोचक लाग्यो। यसबाट सिकेका कुराहरू निकै सान्त्वनादायी थियो!”—क्याटलेगो, दक्षिण अफ्रिका।

“मेरा सबै प्रश्‍नहरूको जवाफ मैले बाइबल अध्ययन गरेर पाएँ; आशा गरे भन्दा नि धेरै!”—बेर्था, मेक्सिको।

“मलाई पायक पर्ने समयमा मेरै घरमा अध्ययन हुन्थ्यो। त्यो भन्दा बढी मलाई के चाहियो र?”—एजिकिएल, ब्राजिल।

“अध्ययन कहिलेकाहीं १५ देखि ३० मिनेटको हुन्थ्यो भने कहिलेकाहीं लामो—जे होस्‌ मलाई जसरी सजिलो हुन्थ्यो त्यसरी नै अध्ययन गरिन्थ्यो।”—भिनियाना, अस्ट्रेलिया।

“बाइबल अध्ययनको त पैसै लागेन। मलाई अचम्म लाग्यो!”—एमी, बेनिन।

“मेरो बाइबल अध्ययन सञ्चालक निकै धीरजी र दयालु हुनुहुन्थ्यो। हामी निकै घनिष्ठ साथीहरू भयौं।”—कारेन, उत्तरी आयरल्याण्ड।

“धेरै मानिसहरू यहोवाको साक्षी नबनिकन पनि बाइबल अध्ययन गर्छन्‌।”—डेन्टोन, बेलायत।

बाइबल अध्ययनको प्रबन्धबारे अक्सर सोधिने प्रश्‍नहरूको जवाफ

बाइबल अध्ययन कसरी गरिन्छ?

बाइबल अध्ययन गर्दा विभिन्‍न विषयहरूमध्ये एउटा छानेर त्यससित सम्बन्धित बाइबल पदहरू जाँचिन्छ। उदाहरणको लागि, बाइबलले यस्ता प्रश्‍नहरूको जवाफ दिन्छ: सृष्टिकर्ता को हुनुहुन्छ? उहाँ कस्तो हुनुहुन्छ? के उहाँको नाउँ छ? उहाँ कहाँ हुनुहुन्छ? के हामी उहाँसित घनिष्ठ हुन सक्छौं? बाइबलले यस्ता प्रश्‍नहरूको जवाफ दिन्छ। तर यी प्रश्‍नहरूको जवाफ बाइबलमा कहाँ भेट्टाउन सक्छौं?

यी प्रश्‍नका जवाफ सजिलै भेट्टाउन सकियोस्‌ भनेर २२४ पृष्ठको बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने किताब अध्ययनका लागि हामी प्रयोग गर्छौं।b मानिसहरूले बाइबलको आधारभूत शिक्षा सजिलै बुझ्न सकून्‌ भनेर यो किताब प्रकाशित गरिएको हो। यस किताबमा विभिन्‍न विषयहरू समावेश गरिएका छन्‌। जस्तै: ईश्‍वर, येशू ख्रीष्ट, मानव दुःखकष्ट, पुनर्जीवन, प्रार्थना आदि।

बाइबल अध्ययन कहाँ र कहिले गरिन्छ?

तपाईंलाई पायक पर्ने ठाउँ र समयमा बाइबल अध्ययन गर्न सकिन्छ।

एक पटकको अध्ययन कति लामो हुन्छ?

धेरै जनाले हप्ताको एक पटक एक घण्टा बाइबल अध्ययनको लागि छुट्ट्याउँछन्‌। तर अध्ययनको समयतालिकामा छाँटकाँट गर्न सकिन्छ। तपाईंको सुविधा अनुसार हामी अध्ययन गराउनेछौं। कोही-कोहीले हरेक हप्ता १० देखि १५ मिनेट मात्र पनि अध्ययन गर्ने गरेका छन्‌।

बाइबल अध्ययनको लागि कति पैसा तिर्नुपर्छ?

बाइबल अध्ययन र त्यसका लागि प्रयोग गरिने अध्ययन सामग्रीको कुनै पैसा लाग्दैन। यहोवाका साक्षीहरूले येशू ख्रीष्टले दिनुभएको यो निर्देशन अनुरूप गरेका छन्‌: “तिमीहरूले सित्तैंमा पायौ, सित्तैंमा देओ।”—मत्ती १०:८.

कहिलेसम्म अध्ययन गर्नुपर्छ?

अध्ययन कहिलेसम्म गर्ने भन्‍ने कुरा तपाईंमा नै निर्भर हुन्छ। बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने किताबमा जम्मा १९ वटा अध्यायहरू छन्‌। तपाईं कुनै एउटा वा सबै अध्याय आफ्नो समय र क्षमता अनुसार अध्ययन गर्न सक्नुहुन्छ।

अध्ययन गरेपछि के म एक जना यहोवाको साक्षी बन्‍नुपर्छ?

पर्दैन। कुन विश्‍वास अपनाउने भनेर छनौट गर्ने अधिकार हरेक व्यक्‍तिको आफ्नै हो भनेर हामीलाई थाह छ र हामी मानिसहरूले गर्ने विश्‍वासको आदर गर्छौं। तर बाइबलको शिक्षा हासिल गरेका कसै-कसैले भने सिके अनुसारै आफ्नो जीवनमा लागू गर्ने निर्णय पनि गर्न सक्छन्‌।

यसबारे थप जानकारी म कहाँ पाउन सक्छु?

हाम्रो वेबसाइट jw.org/ne मा यहोवाको साक्षीहरूको विश्‍वास र कामबारे सही जानकारी पाउन सक्नुहुन्छ।

बाइबल अध्ययन गर्न चाहन्छु भनेर कसरी अनुरोध गर्ने?

  • मानिसहरूले विभिन्‍न तरिकामा बाइबल अध्ययनको आग्रह गरिरहेको, जस्तै: अनलाइन, पत्राचार र टेलिफोन डाइरेक्टरीद्वारा

    www.jw.org/ne मा अनलाइन फाराम भर्नुहोस्‌।

  • यस पत्रिकाको पृष्ठ २ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई नजिक पर्ने ठेगानामा पत्राचार गर्नुहोस्‌।

a बाइबल अध्ययन एक जनासित वा सानो समूहमा सञ्चालन गरिन्छ।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित। यो किताब २६० भाषामा २ करोड ३० लाख भन्दा धेरै प्रति छापिएको छ।

परिवारका लागि मदत

एजिकिएल

“मेरी श्रीमतीले बाइबल अध्ययन सुरु गरेदेखि तिनमा राम्रो परिवर्तन भएको कुरा मैले याद गरें। हाम्रो पारिवारिक जीवन राम्रो हुन थाल्यो। तिनले के अध्ययन गरिरहेकी छिन्‌ भनेर जान्‍न मलाई मन लाग्यो। त्यसैले मैले पनि बाइबल अध्ययन सुरु गरें। साँच्चै! मैले सिकेको कुराले अझ राम्रो मान्छे बन्‍न मलाई मदत गऱ्‍यो। बाइबल अध्ययनले हाम्रो परिवारलाई एकतामा बाँधेको छ।”—एजिकिएल।

कारेन

“बाइबल अध्ययन गर्न थालेपछि मैले लागू पदार्थ र रक्सीको दुर्व्यसन छाडें अनि रिसलाई पनि नियन्त्रण गर्न सकें। अहिले मेरो घर सफा सुग्घर छ। परिवारप्रति पनि आभारी हुन थालेकी छु र उहाँहरूलाई खुसी बनाउँदा मलाई आनन्द लाग्छ। पहिलाभन्दा म निकै नै खुसी छु।”—कारेन।

भिनियाना

“बाइबल अध्ययन गर्दा धेरै जनाले मेरो आलोचना गरे। तर श्रीमान्‌ले बाइबल अध्ययन गर्ने मेरो इच्छालाई समर्थन गर्दै यसो भन्‍नुभयो: ‘मानिसहरूले जेसुकै भने पनि मलाई मतलब छैन। तिमीले आफूमा राम्रो परिवर्तन गर्दै छौ, त्यही नै ठूलो कुरा हो। जे गर्दै छौ गरिरह।’ हाम्रो पारिवारिक जीवन यत्तिको राम्रो पहिला कहिल्यै भएको थिएन।”—भिनियाना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने