प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 अगस्त पृ. ३०
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • ख्रीष्टअघिको व्यवस्था
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • केले मानिसलाई अशुद्ध बनाउँछ?
    येसु—बाटो, सत्य र जीवन
  • मानिसलाई केले अशुद्ध बनाउँछ?
    सबैभन्दा महान्‌ पुरुष
  • मानिसलाई के ले अशुद्ध तुल्याउँछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 अगस्त पृ. ३०
विधिपूर्वक हात धुँदै गरेका फरिसी पहिला नै खान थालिसकेका व्यक्‍तिलाई चित्त नबुझ्दो पाराले हेर्दै

पाठकहरूको प्रश्‍न

येशूका विरोधीहरूले हात धुने विषयमा विवाद उठाउनुको कारण के थियो?

येशूका शत्रुहरूले उहाँ र उहाँका चेलाहरूको विरुद्धमा लगाएका विभिन्‍न आरोपहरूमध्ये यो एउटा थियो। मोशाको व्यवस्थामा शुद्धतासम्बन्धी विभिन्‍न आज्ञा दिइएको थियो। त्यसमा रजस्वला, स्वप्नदोष, कुष्ठरोग अनि मानिसको लास र जनावरको सिनु छुँदा अपनाउनुपर्ने विधि समावेश थियो। अनि अशुद्धता कसरी हटाउने, त्यस विषयमा पनि निर्देशन दिइएको थियो। यस्तो अवस्थामा बलिदान चढाएर, नुहाएर वा पानी छर्केर शुद्धीकरण गर्न सकिन्थ्यो।—लेवी, अध्याय ११-१५; गन्ती, अध्याय १९.

यहूदी धर्मगुरुहरूले त्यस नियममा भएका एक-एक कुरालाई बढाइचढाइ व्याख्या गर्थे। एउटा स्रोतले बताएअनुसार तिनीहरू अशुद्धतासम्बन्धी झिनामसिना कुरा समेत कोट्याएर हेर्थे। जस्तै: “के गऱ्‍यो भने अशुद्ध हुन्छ, कसरी सर्छ, कुन हदसम्म सर्छ, कुन-कुन भाँडो चोख्याउन मिल्छ र कुन-कुन मिल्दैन अनि शुद्ध हुन के-के गर्नुपर्छ” भनेर तिनीहरू खोजीनिती गर्थे।

येशूका विरोधीहरूले उहाँलाई सोधे: “तपाईंका चेलाहरू पुर्खाहरूले बसालेको परम्पराअनुसार नचलेर किन अशुद्ध हातले खाना खान्छन्‌?” (मर्कू. ७:५) ती धर्मगुरुहरूले उहाँलाई हात नधोई खाँदा बिरामी हुन सक्छ भन्‍न खोजिरहेका थिएनन्‌। बरु तिनीहरूले खाना खानुअघि हात धुने आफ्नै चलनलाई जोड दिन खोजिरहेका थिए। माथि उल्लेख गरिएको स्रोतले अझै यसो भन्छ: “पानी खन्याउन कुनचाहिं भाडा प्रयोग गर्नुपर्छ, हात धुन कस्तो पानी उपयुक्‍त हुन्छ, कसले खन्याउनुपर्छ र हात कहाँसम्म धुनुपर्छ भनेर विवाद समेत हुन्थ्यो।”

मानिसले बनाएका यी नियमप्रति येशूले कस्तो प्रतिक्रिया देखाउनुभयो? उहाँले प्रथम शताब्दीका यहूदी धर्मगुरुहरूलाई यसो भन्‍नुभयो: “ए कपटीहरू हो, यशैयाले तिमीहरूबारे ठीकै भविष्यवाणी गरेका थिए: ‘यी मानिसहरू आफ्नो ओठले त मेरो आदर गर्छन्‌ तर तिनीहरूको मन भने मबाट [यहोवाबाट] धेरै टाढा छ। तिनीहरू व्यर्थैमा मेरो उपासना गरिरहन्छन्‌, किनकि तिनीहरू मानिसहरूले बनाएका आज्ञाहरूलाई परमेश्‍वरको शिक्षाजस्तै गरी सिकाउँछन्‌।’ तिमीहरू मानिसहरूको परम्पराको पछि लागेर परमेश्‍वरको आज्ञालाई लत्याउँछौ।”—मर्कू. ७:६-८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने