प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 सङ्‌ख्या ६ पृ. १५
  • के ख्रीष्टियनहरूले क्रिसमस मनाउनु हुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के ख्रीष्टियनहरूले क्रिसमस मनाउनु हुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • मिल्दोजुल्दो सामग्री
  • क्रिसमसबारे तपाईंले थाह पाउनुपर्ने कुरा
    ब्यूँझनुहोस्‌!—२००२
  • आधुनिक क्रिसमसको मूल
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • तपाईंहरू किन क्रिसमस मनाउनुहुन्‍न?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • क्रिसमस—पूर्वीय देशहरूमा पनि किन?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 सङ्‌ख्या ६ पृ. १५

हाम्रा पाठकहरू सोध्छन्‌ . . .

के ख्रीष्टियनहरूले क्रिसमस मनाउनु हुन्छ?

संसारका लाखौं मानिसहरू क्रिसमस मनाउने प्रचलन येशूको जन्मदिनसित सम्बन्धित छ भनेर विश्‍वास गर्छन्‌। तर के प्रथम शताब्दीका येशूका चेलाहरूले क्रिसमस मनाउँथे? बाइबलले जन्मदिनको विषयमा के बताउँछ? यी प्रश्‍नहरूको जवाफले ख्रीष्टियनहरूले क्रिसमस मनाउनु हुन्छ कि हुँदैन भन्‍ने कुरा थाह पाउन मदत गर्छ।

पहिलो, येशूको अथवा अरू कुनै पनि विश्‍वासी जनको जन्मदिन मनाइएको कुरा बाइबलमा कतै पनि रेकर्ड गरिएको छैन। बाइबलमा दुई जना व्यक्‍तिको जन्मदिनबारे उल्लेख गरिएको छ। तिनीहरूमध्ये कोही पनि यहोवा परमेश्‍वरको उपासक थिएनन्‌। अनि ती दुवै जनाको जन्मदिन समारोहमा नराम्रो घटना घटेको थियो। (उत्पत्ति ४०:२०; मर्कूस ६:२१) एउटा विश्‍वकोशअनुसारa प्रथम र दोस्रो शताब्दीका ख्रीष्टियनहरूले “जन्मदिन मनाउने गैर-ख्रीष्टियन चलन”-लाई समर्थन गर्दैन थिए।

येशू कुन दिनमा जन्मनुभएको थियो?

बाइबलले ठ्‌याक्कै येशू कहिले जन्मनुभएको थियो भनेर बताउँदैन। एउटा विश्‍वकोशb यसो भन्छ, “नयाँ करार वा अरू कुनै स्रोतबाट येशूको जन्मदिन पत्ता लगाउन सकिंदैन।” हुन पनि हो, यदि येशूले आफ्नो जन्मदिन चेलाहरूले मनाएको चाहनुहुन्थ्यो भने उहाँले तिनीहरूलाई आफ्नो जन्मदिनबारे बताउनुहुन्थ्यो होला।

दोस्रो, येशू आफैले वा उहाँको चेलाहरूले क्रिसमस मनाएको कुरा बाइबलमा कतै पाउँदैनौं। एउटा विश्‍वकोशअनुसारc क्रिसमस मनाइएको पहिलो विवरण “फिलोकलसको क्रोनोग्राफ-मा उल्लेख गरिएको थियो। यो रोमी क्यालेन्डर इ.सं. ३३६ तिरको हो।” स्पष्ट छ, इ.सं. ३३६ भनेको बाइबल लेखेर सकिएको अनि येशू पृथ्वीमा आउनुभएको शताब्दीयौं पछिको समय हो। त्यसैले एउटा विश्‍वकोशd यसो भन्छ, “क्रिसमस मनाइने प्रचलन कुनै ईश्‍वरीय प्रबन्ध होइन, न त यो नयाँ करारमा आधारित भएर सुरुवात नै भएको हो।”e

येशूले आफ्ना चेलाहरूलाई कुन दिनको ‘सम्झना गर’ भन्‍नुभयो?

येशू असल शिक्षक हुनुहुन्थ्यो। त्यसैले आफ्नो चेलाहरूले गर्नुपर्ने कुराहरूबारे स्पष्ट निर्देशन दिनुभयो, जुन बाइबलमा रेकर्ड गरिएका छन्‌। येशूले दिनुभएको निर्देशनमा क्रिसमस मनाउने कुरा पर्दैन। उदाहरणको लागि, एक शिक्षक आफ्ना विद्यार्थीहरू दिइएका निर्देशनहरू भन्दा बाहिर नगएको चाहन्छन्‌। त्यस्तैगरि येशू पनि आफ्ना चेलाहरू पवित्र शास्त्रमा “लेखिएका कुराहरूभन्दा बढ्‌ता केही” नगरेको चाहनुहुन्छ।—१ कोरिन्थी ४:६.

तर अर्कोतर्फ, प्रथम शताब्दीका ख्रीष्टियनहरू एउटा उत्सवलाई धेरै महत्त्वपूर्ण ठान्थे—येशूको मृत्युको सम्झनाको दिन। येशूले आफ्ना चेलाहरूलाई यो कहिले मनाउने भनेर बताउनुभयो र कसरी मनाउने भनेर पनि देखाउनुभयो। यी निर्देशनहरूका साथै येशूको मृत्यु भएको मिति पनि बाइबलमा रेकर्ड गरिएको छ।—लूका २२:७, १९; १ कोरिन्थी ११:२५.

समग्रमा भन्‍नुपर्दा, क्रिसमस एउटा जन्मदिन मनाउने उत्सव हो अनि प्रथम शताब्दीका ख्रीष्टियनहरू यस्ता गैर-ख्रीष्टियन चलनदेखि अलग रहन्थे। अनि बाइबलमा कतै पनि येशू अनि अरू वफादार सेवकहरूले क्रिसमस मनाएको विवरण पाइँदैन। यी तथ्यहरूलाई विचार गर्दा संसारभरका लाखौं ख्रीष्टियनहरू क्रिसमस मनाउनु हुँदैन भन्‍ने निष्कर्षमा पुगेका छन्‌।

a Encyclopædia Britannica

b McClintock and Strong’s Cyclopedia

c New Catholic Encyclopedia

d McClintock and Strong’s Cyclopedia

e क्रिसमस प्रचलन र यसको सुरुवातबारे थप जानकारी पाउन चाहनुहुन्छ भने प्रहरीधरहरा, डिसेम्बर १, २०१४, पृष्ठ ११ को “हाम्रा पाठकहरू सोध्छन्‌ . . . क्रिसमसबारे सत्य कुरा के हो?” शीर्षकको लेख हेर्नुहोस्‌। यो पत्रिका www.jw.org/ne मा उपलब्ध छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने