प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 डिसेम्बर p. ८
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • मिल्दोजुल्दो सामग्री
  • प्रमोदवन—तपाईंको लागि?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • “प्रमोदवनमा भेटौँला!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • आध्यात्मिक प्रमोदवनलाई अझ सुन्दर बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • पुनः प्रमोदवनतर्फ
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 डिसेम्बर p. ८
प्रेषित पावल

पाठकहरूको प्रश्‍न

कुन अर्थमा प्रेषित पावललाई “उठाएर तेस्रो स्वर्गमा” अनि “प्रमोदवनमा लगियो”?—२ कोरि. १२:२-४.

दोस्रो कोरिन्थी १२:२, ३ मा पावलले एक जना मानिसबारे बताए, जसलाई “उठाएर तेस्रो स्वर्गमा लगियो।” तिनी को थिए? पावलले कोरिन्थको मण्डलीलाई पत्र लेख्दा परमेश्‍वरले तिनलाई प्रेषितको रूपमा प्रयोग गरिरहनुभएको छ भन्‍ने कुरामा जोड दिए। (२ कोरि. ११:५, २३) त्यसपछि तिनले “प्रभुबाट पाएको अलौकिक दर्शन अनि सन्देशहरूबारे” कुरा गरे। त्यो कुरा बताउँदा तिनले अरू कुनै भाइहरूबारे चर्चा गरेनन्‌। त्यसकारण त्यो दर्शन अनि सन्देशहरू पाउने व्यक्‍तिबारे कुरा गर्दा वास्तवमा तिनले आफ्नै बारेमा कुरा गरिरहेका थिए भन्‍ने निष्कर्षमा पुग्नु तार्किक छ।—२ कोरि. १२:१, ५.

त्यसकारण ‘उठाएर तेस्रो स्वर्गमा लगिएका’ अनि ‘प्रमोदवनमा लगिएका’ व्यक्‍ति पावल नै थिए। (२ कोरि. १२:२-४) तिनले यहाँ “सन्देशहरू” भन्‍ने शब्द प्रयोग गरेर भविष्यमा हुने कुराबारे बताउन खोज्दै थिए।

पावलले देखेको “तेस्रो स्वर्ग” के थियो?

मौलिक बाइबलमा भएको “स्वर्ग” शब्दलाई नेपाली भाषामा सन्दर्भअनुसार “आकाश” भनेर पनि अनुवाद गरिएको छ। “आकाश” शब्दले कहिलेकाहीँ वास्तविक आकाशलाई बुझाउँछ। (उत्प. २७:२८; मत्ति ६:२६) यसले अरू कुरालाई पनि बुझाउन सक्छ। कहिलेकाहीँ यसले मानव शासनलाई बुझाउँछ। (दानि. ४:२०-२२) अथवा यसले परमेश्‍वरको राज्यद्वारा उहाँले गर्नुहुने शासनलाई पनि बुझाउँछ।—प्रका. २१:१.

पावलले “तेस्रो स्वर्ग” देखे। यसको अर्थ के हो? बाइबलमा कहिलेकाहीँ कुनै कुरालाई जोड दिन वा गहिरो भाव व्यक्‍त गर्न त्यसलाई तीन पटक दोहोऱ्‍याएर लेखेको पाइन्छ। (यसै. ६:३; इज. २१:२७; प्रका. ४:८) “तेस्रो स्वर्ग”-बारे कुरा गर्दा पावलले अत्यन्तै उच्च अनि महिमित शासन अर्थात्‌ येसु ख्रिष्ट अनि उहाँका १ लाख ४४ हजार सहशासकले शासन गर्ने मसीही राज्यबारे बताइरहेका थिए जस्तो देखिन्छ। (धर्मशास्त्रमा अन्तर्दृष्टि, खण्ड १, पृष्ठ १०५९, १०६२ [अङ्‌ग्रेजी] हेर्नुहोस्‌) प्रेषित पत्रुसले बताएझैँ हामी परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको “नयाँ आकाश”-को प्रतीक्षा गर्दै छौँ।—२ पत्रु. ३:१३.

पावलले उल्लेख गरेको “प्रमोदवन”-ले चाहिँ केलाई बुझाउँछ?

“प्रमोदवन” शब्दले पनि विभिन्‍न कुरालाई बुझाउन सक्छ: (१) परमेश्‍वरले सुरुमा मानिस बस्नको लागि बनाउनुभएको अदनको बगैँचालाई विचार गर्दा “प्रमोदवन” शब्दले चाँडै यस पृथ्वीमा स्थापना हुने प्रमोदवनलाई बुझाउँछ। (२) यसले नयाँ संसारमा परमेश्‍वरका जनमाझ छाउने आध्यात्मिक वातावरणलाई पनि बुझाउँछ। (३) साथै यसले स्वर्गको आनन्दमय अवस्थालाई पनि बुझाउन सक्छ, जसलाई प्रकाश २:७ मा “परमेश्‍वरको प्रमोदवन” भनिएको छ।—प्रहरीधरहरा, जुलाई १५ २०१५, पृष्ठ ८, अनु. ८ हेर्नुहोस्‌।

दोस्रो कोरिन्थी १२:४ मा पावलले आफ्नो अनुभव बताउँदा यी तीनै वटा पक्षबारे बताइरहेका हुन सक्छन्‌।

छोटकरीमा भन्‍नुपर्दा:

दोस्रो कोरिन्थी १२:२ मा उल्लेख गरिएको “तेस्रो स्वर्ग”-ले सम्भवतः येसु ख्रिष्ट र १ लाख ४४ हजारले शासन गर्ने मसीही राज्यलाई बुझाउँछ, जसलाई “नयाँ आकाश” पनि भनिएको छ।—२ पत्रु. ३:१३.

त्यो राज्यको शासन अत्यन्तै उच्च अनि महिमित हुने भएकोले त्यसलाई “तेस्रो स्वर्ग” भनिएको छ।

पावललाई दर्शनमा “उठाएर” लगिएको “प्रमोदवन”-ले सम्भवतः यी कुरालाई बुझाएको हुन सक्छ: (१) पृथ्वीमा स्थापना हुने प्रमोदवनलाई, (२) त्यसबेला परमेश्‍वरका जनमाझ छाउने आध्यात्मिक वातावरणलाई, जुन अहिलेको आध्यात्मिक वातावरणको तुलनामा अझ व्यापक हुनेछ अनि (३) स्वर्गमा भएको “परमेश्‍वरको प्रमोदवन”-लाई। यो प्रमोदवन र पृथ्वीमा हुने प्रमोदवन नयाँ संसारमा सँगसँगै अस्तित्वमा रहनेछन्‌।

यसप्रकार नयाँ संसारले नयाँ आकाश र नयाँ पृथ्वी दुवैलाई समेट्‌छ। नयाँ संसार भनेको स्वर्गको राज्य अनि पृथ्वीको प्रमोदवनमा भएका यहोवाका सेवकहरू मिलेर बन्‍ने नयाँ प्रबन्ध हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने