प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp20 सङ्‌ख्या ३ पृ. ७
  • के ईश्‍वरको लिखित वचनमा केही परिवर्तन गरिएको छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के ईश्‍वरको लिखित वचनमा केही परिवर्तन गरिएको छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आज उपलब्ध पवित्र धर्मशास्त्रहरूमा ईश्‍वरको मौलिक सन्देश पाइन्छ भनेर किन भन्‍न सक्छौँ?
  • के बाइबलमा केही परिवर्तन गरिएको छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • क३ बाइबल हामीसम्म कसरी आइपुग्यो?
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • यो किताब कसरी अहिलेसम्म अस्तित्वमा रह्‍यो?
    सबैका लागि उपयोगी किताब
  • मृत सागरका पाण्डुलिपिहरूबारे तथ्य कुरा के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
wp20 सङ्‌ख्या ३ पृ. ७
मृत सागरमा फेला परेको यसैयाको पुस्तकको पाण्डुलिपिको एक भाग र त्यसमुनि यसैयाको पुस्तकको आधुनिक अरबी अनुवादको एक भाग।

मृत सागरमा फेला परेको यसैयाको पुस्तकको पाण्डुलिपिको एक भाग र त्यसमुनि यसैयाको पुस्तकको आधुनिक अरबी अनुवादको एक भाग। ईश्‍वरको वचनको सन्देश परिवर्तन भएको छैन

के ईश्‍वरको लिखित वचनमा केही परिवर्तन गरिएको छ?

केही मानिसहरू ईश्‍वरको लिखित वचनमा केही परिवर्तन गरिएको छ कि भनेर सोच्ने गर्छन्‌। ईश्‍वरको वचनका लेखक भविष्यवक्‍ता यसैयाले उहाँको वचन “सदासर्वदै रहिरहन्छ” भनी बताए। (यसैया ४०:८) ईश्‍वरका प्रतिज्ञाहरूमा कुनै फेरबदल भएको छैन भनी कसरी विश्‍वस्त हुन सक्छौँ?

ईश्‍वरसित आफ्नो वचनलाई सुरक्षित राख्ने शक्‍ति छ। त्यसैले उहाँ त्यसमा भएको सत्यलाई बङ्‌ग्याइनदेखि रोक्न सक्नुहुन्छ। प्राचीनकालमा हस्तलिपिहरू बनाइँदा प्रतिलिपिकहरूले केही पनि नथपियोस्‌, नबदलियोस्‌ वा नहटाइयोस्‌ भनेर होसियारीसाथ पवित्र लेखोटको एक-एक अक्षर गन्थे। तैपनि त्रुटिपूर्ण भएकाले केही प्रतिलिपिकहरूले सानोतिनो गल्ती गरे।

आज उपलब्ध पवित्र धर्मशास्त्रहरूमा ईश्‍वरको मौलिक सन्देश पाइन्छ भनेर किन भन्‍न सक्छौँ?

पवित्र धर्मशास्त्रका पुराना पाण्डुलिपिका हजारौँ प्रति छन्‌। यदि कुनै एउटामा सानो फेरबदल भएको पाइयो भने त्यसलाई अरू प्रतिहरूसित तुलना गरेर सत्य पत्ता लगाउन सकिन्छ।—थप जानकारीको लागि jw.org/ne वेबसाइटमा “के बाइबलमा केही परिवर्तन गरिएको छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

उदाहरणको लागि, सन्‌ १९४७ मा बेडुइनहरूले केही पुराना पाण्डुलिपिहरू मृत सागरनजिकैका गुफाहरूमा भेट्टाएका थिए। ती पुराना लेखोटहरूलाई मृत सागर पाण्डुलिपि भनिन्छ। ती पाण्डुलिपिहरूमा पवित्र धर्मशास्त्रका केही भागहरू पाइन्छ, जुन दुई हजार वर्षअघिका हुन्‌। विज्ञहरूले यी पुराना पाण्डुलिपिहरूलाई अहिले हामीसित भएका पवित्र धर्मशास्त्रहरूसित तुलना गरेर हेरे। तिनीहरूले के पत्ता लगाए?

बाइबलविद्‌हरूले पत्ता लगाएअनुसार आज हामीसित भएको लिखित ईश्‍वरको वचनको सन्देश मौलिक लेखोटको जस्तै छ।a त्यसैले अहिले हामी पवित्र धर्मशास्त्रमा जे पढ्‌छौँ, त्यो ईश्‍वरबाट आएको मौलिक सन्देश नै हो। ईश्‍वरले हाम्रो लागि उहाँका पवित्र लेखोटहरू जोगाएर राख्नुभएको हो र त्यसमा भएको सन्देश सही छ भनेर ढुक्क हुन सक्छौँ।

त्यसैले हामी ढुक्क भएर ईश्‍वरको वचन अध्ययन गर्न सक्छौँ र त्यसमा भरोसा गर्न सक्छौँ। यसलाई मनमा राखेर अब हामी उहाँका भविष्यवक्‍ताहरूबाट उहाँबारे के सिक्न सक्छौँ, विचार गरौँ।

a गेजा भेर्मेसद्वारा लिखित द कम्प्लिट डेड सि स्क्रोल्स इन इङ्‌लिस किताबको पृष्ठ १६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने