प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp20 सङ्‌ख्या ३ पृ. ६
  • मायालु सृष्टिकर्ताले कसरी आफ्नो प्रतिज्ञाहरूबारे बताउनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मायालु सृष्टिकर्ताले कसरी आफ्नो प्रतिज्ञाहरूबारे बताउनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरको सन्देश सबैले पढ्‌न सक्छन्‌
  • बाइबल के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • ‘तिनीहरूले पवित्र शक्‍ति पाएका थिए’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • बाइबल—परमेश्‍वरले हाम्रो लागि दिनुभएको सन्देश
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • बाइबल—“परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको” किताब हो?
    ब्यूँझनुहोस्‌!—२०१७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
wp20 सङ्‌ख्या ३ पृ. ६
एक व्यापारीले सेक्रेटरीलाई चिठी लेख्न लगाउँदै छन्‌ र सेक्रेटरीले ल्यापटपमा टाइप गर्दै छन्‌।

जसरी व्यापारीले आफ्नो सेक्रेटरीलाई चिठी लेख्न लगाउँछन्‌, त्यसरी नै ईश्‍वरले केही वफादार मानिसहरूलाई पवित्र धर्मशास्त्र लेख्न लगाउनुभयो

मायालु सृष्टिकर्ताले कसरी आफ्नो प्रतिज्ञाहरूबारे बताउनुहुन्छ?

मानिसजातिलाई सृष्टि गर्नुभएदेखि नै सृष्टिकर्ताले तिनीहरूसित कुरा गर्दै आउनुभएको छ। उहाँले विगतमा स्वर्गदूतहरू र भविष्यवक्‍ताहरूमार्फत कुरा गर्नुभयो। साथै उहाँले आफ्नो सन्देश र आशिष्‌हरूबारे लिखित रूपमा साँचेर राख्न लगाउनुभएको छ। ईश्‍वरका यी प्रतिज्ञाहरूले हाम्रो भविष्य उज्ज्वल बनाउँछ। त्यसोभए आज उहाँका प्रतिज्ञाहरू केमा पाउन सक्नुहुन्छ?

ईश्‍वरले हाम्रो लागि दिनुभएको सन्देश पवित्र धर्मशास्त्रमा पाइन्छ। (२ तिमोथि ३:१६) उहाँले कसरी भविष्यवक्‍ताहरूलाई आफ्नो सन्देश लेख्न लगाउनुभयो? उहाँले आफ्नो विचार लेखकहरूको मनमा हालिदिनुभयो र तिनीहरूले ती लेखे। (२ पत्रुस १:२१) यो बुझ्न एउटा व्यापारीको उदाहरण विचार गरौँ। तिनले आफ्नो सेक्रेटरीलाई चिठी लेख्न लगाए तापनि त्यसमा भएको सन्देश ती व्यापारीकै हुन्छ। त्यसैगरि ईश्‍वरले मानिसहरूलाई आफ्नो सन्देश लेख्न लगाउनुभए तापनि ती पवित्र लेखोटहरूको वास्तविक ग्रन्थकार उहाँ नै हुनुहुन्छ।

ईश्‍वरको सन्देश सबैले पढ्‌न सक्छन्‌

ईश्‍वरको सन्देश असाध्यै महत्त्वपूर्ण भएकोले उहाँ सबै मानिसले यो पढेको र बुझेको चाहनुहुन्छ। आज ‘हरेक राष्ट्र, कुल र भाषाका’ मानिसहरूले उहाँको “सदासर्वदा रहने सुसमाचार” सजिलै सुन्‍न पाउँछन्‌। (प्रकाश १४:६) ईश्‍वरको आशिष्‌ले गर्दा यो पवित्र लेखोट पूर्ण वा आंशिक गरेर ३ हजारभन्दा धेरै भाषामा उपलब्ध हुन सकेको हो। संसारको कुनै पनि किताब यति धेरै भाषामा पाइँदैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने