प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp20 सङ्‌ख्या ३ पृ. ८-९
  • ईश्‍वरबारे उहाँका भविष्यवक्‍ताहरूबाट सिक्न सक्छौँ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरबारे उहाँका भविष्यवक्‍ताहरूबाट सिक्न सक्छौँ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अब्राहाम
  • मोसा
  • येसु
  • येसु ईश्‍वर हुनुहुन्‍न
  • सृष्टिकर्ताबाट सधैँभरि आशिष्‌ पाउन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • महान्‌ मोशाको भूमिकालाई कदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • येशू ख्रीष्ट को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • यहोवाको मार्ग सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
wp20 सङ्‌ख्या ३ पृ. ८-९
अब्राहाम आफ्नो हात उठाएर तारा हेर्दै छन्‌।

ईश्‍वरबारे उहाँका भविष्यवक्‍ताहरूबाट सिक्न सक्छौँ

विगतमा ईश्‍वरले आफ्ना भविष्यवक्‍ताहरूमार्फत मानिसजातिलाई महत्त्वपूर्ण सन्देश दिनुभयो। के ती सन्देशबाट हामी ईश्‍वरको आशिष्‌ पाउने तरिका थाह पाउन सक्छौँ? पक्कै सक्छौँ। तीन वफादार भविष्यवक्‍ताहरूबाट कस्तो पाठ सिक्न सक्छौँ, अब विचार गरौँ।

अब्राहाम

ईश्‍वर निष्पक्ष हुनुहुन्छ र सबैलाई आशिष्‌ दिन चाहनुहुन्छ।

ईश्‍वरले भविष्यवक्‍ता अब्राहामलाई “तिमीद्वारै पृथ्वीका सबै घरानाले आशिष्‌ पाउनेछन्‌” भनेर प्रतिज्ञा गर्नुभयो।—उत्पत्ति १२:३.

हामी के सिक्न सक्छौँ? ईश्‍वर हामीलाई असाध्यै माया गर्नुहुन्छ अनि उहाँको आज्ञा पालन गर्ने सबै घरानाका पुरुष, स्त्री र केटाकेटीलाई आशिष्‌ दिन चाहनुहुन्छ।

मोसा

ईश्‍वर कृपालु हुनुहुन्छ र उहाँलाई चिन्‍न प्रयास गर्नेहरूलाई आशिष्‌ दिनुहुन्छ।

सर्वशक्‍तिमान्‌ले भविष्यवक्‍ता मोसालाई आश्‍चर्यजनक चमत्कारहरू गर्न सक्ने शक्‍ति दिनुभयो। तैपनि मोसाले यस्तो प्रार्थना गरे: “मलाई तपाईँको मार्ग देखाउनुहोस्‌ र मैले तपाईँलाई चिन्‍न सकूँ र तपाईँको निगाह पाइरहन सकूँ।” (प्रस्थान ३३:१३) ईश्‍वर मोसाको बिन्ती सुनेर खुसी हुनुभयो अनि उहाँको मार्ग र गुणहरूबारे बुझ्न तिनलाई अझ धेरै ज्ञान र समझ दिनुभयो। त्यसैले मोसाले सृष्टिकर्ता “कृपालु र दयालु” ईश्‍वर हुनुहुन्छ भनेर बुझे।—प्रस्थान ३४:६, ७.

हामी के सिक्न सक्छौँ? ईश्‍वर उहाँलाई राम्ररी चिन्‍न अथक प्रयास गर्ने हामी सबै—पुरुष, स्त्री र केटाकेटीलाई आशिष्‌ दिन चाहनुहुन्छ। उहाँले पवित्र धर्मशास्त्रमा उहाँको उपासना कसरी गर्ने अनि उहाँ हामीलाई आशिष्‌ र साथ दिन एकदमै इच्छुक हुनुहुन्छ भनेर बताउनुभएको छ।

येसु

कुष्ठ रोग लागेको मान्छेलाई येसुले निको पार्दै हुनुहुन्छ।

येसुले मानिसहरूको सबै किसिमको रोगबिमार निको पारिदिनुभएर दया देखाउनुभयो

येसुबारे अनि उहाँको काम र शिक्षाबारे सिक्दा सधैँभरि ईश्‍वरको आशिष्‌ पाउन सक्छौँ।

ईश्‍वरको वचनमा येसुको जीवनी र शिक्षाबारे थुप्रै जानकारी पाइन्छ। ईश्‍वरले येसुलाई थुप्रै आश्‍चर्यजनक चमत्कार गर्ने शक्‍ति दिनुभयो। जस्तै: अन्धा, बहिरा र लङ्‌गडाहरूलाई निको पार्नुभयो। उहाँले मरिसकेकाहरूलाई समेत फेरि जीवित पार्नुभयो। यसरी ईश्‍वरले भविष्यमा मानिसजातिलाई के-कस्ता आशिष्‌ दिनुहुनेछ भनेर येसुले पूर्वझलक देखाउनुभयो। उहाँले हामी प्रत्येकले ती आशिष्‌हरू पाउन के गर्नुपर्छ भन्‍नेबारे यसो भन्‍नुभयो: “अनन्त जीवन पाउन तिनीहरूले तपाईँ एक मात्र साँचो परमेश्‍वरलाई अनि तपाईँले पठाउनुभएको येसु ख्रिष्टलाई चिन्‍नुपर्छ।”—युहन्‍ना १७:३.

येसु दयालु, कोमल र मायालु हुनुहुन्थ्यो। पुरुष र स्त्री, जवान र वृद्ध सबै उहाँको यो निम्तो स्विकारेर उहाँकहाँ आउँथे: “मबाट सिक किनकि म कोमल स्वभावको र नम्र हृदयको छु अनि तिमीहरूले स्फूर्ति पाउनेछौ।” (मत्ति ११:२९) उहाँको समयका मानिसहरूले स्त्रीहरूलाई दुर्व्यवहार गर्थे तर उहाँले भने तिनीहरूलाई आदर देखाउनुको साथै मर्यादित र दयालु व्यवहार गर्नुभयो।

हामी के सिक्न सक्छौँ? येसु मानिसहरूलाई असाध्यै माया गर्नुहुन्थ्यो र उहाँले एकअर्कासित कस्तो व्यवहार गर्नुपर्छ भन्‍ने विषयमा राम्रो उदाहरण बसाल्नुभयो।

येसु ईश्‍वर हुनुहुन्‍न

पवित्र धर्मशास्त्रले “हाम्रो लागि परमेश्‍वर एकै जना हुनुहुन्छ” र येसु उहाँको नम्र सन्देशवाहक हुनुहुन्छ भनेर सिकाउँछ। (१ कोरिन्थी ८:६) येसुले ईश्‍वर आफूभन्दा महान्‌ हुनुहुन्छ र उहाँले नै आफूलाई पृथ्वीमा पठाउनुभएको हो भनेर स्पष्टसित बताउनुभयो।—युहन्‍ना ११:४१, ४२; १४:२८.a

a येसु ख्रिष्टबारे थप जानकारी पाउन www.jw.org/ne मा उपलब्ध परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिकाको पाठ ४ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने