प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp21 सङ्‌ख्या १ पृ. ३-४
  • मानिसहरू प्रार्थनाबारे के भन्छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानिसहरू प्रार्थनाबारे के भन्छन्‌?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • प्रार्थना गरेर केही होला र?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • प्रार्थना द्वारा सहायता कसरी प्राप्त गर्न सकिन्छ
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
    बाइबलले हामीलाई के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
wp21 सङ्‌ख्या १ पृ. ३-४
संसारभरि संसारभरि विभिन्‍न ठाउँका मानिसहरू प्रार्थना गरेर ईश्‍वरको डोऱ्‍याइ खोज्दै छन्‌।

मानिसहरू प्रार्थनाबारे के भन्छन्‌?

“एक्लो महसुस गर्दा ईश्‍वरलाई प्रार्थना गर्छु अनि उहाँ मेरो छेवैमा हुनुभएको र मेरो हात समाएर मलाई डोऱ्‍याउनुभएको महसुस गर्छु।”—मारिया

“मेरी श्रीमतीले १३ वर्षसम्म क्यान्सरसित सङ्‌घर्ष गरेपछि उनको मृत्यु भयो। मैले ईश्‍वरलाई हरेक दिन प्रार्थना गरेको र उहाँले मेरो पीडा कम गर्न मदत गर्नुभएको अझै सम्झन्छु। त्यसबेला मैले मनोशान्ति पाउन सकेँ।”—रउल

“प्रार्थना ईश्‍वरले मानिसहरूलाई दिनुभएको एउटा सुन्दर उपहार हो।”—आर्ने

मारिया, रउल, आर्ने अनि अरू धेरैको लागि प्रार्थना एउटा विशेष उपहार हो। प्रार्थनामार्फत ईश्‍वरसित कुरा गर्न, उहाँलाई धन्यवाद दिन र मदतको लागि उहाँलाई पुकार्न सकिन्छ भनेर तिनीहरू महसुस गर्छन्‌। ईश्‍वरलाई प्रार्थना गर्ने सन्दर्भमा बाइबलले दिने यस आश्‍वासनमा तिनीहरू विश्‍वस्त छन्‌: “हामी परमेश्‍वरमा पूरा भरोसा राख्छौँ कि उहाँको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।”—१ युहन्‍ना ५:१४.

तर अर्कोतर्फ, बाइबलले प्रार्थनाबारे बताउने कुरा स्विकार्न धेरैलाई गाह्रो लाग्छ। प्रार्थनाबारे आफूले पहिले महसुस गरेको कुराबारे स्टिभ यसो भन्छन्‌, “म १७ वर्षको हुँदा मेरा तीन साथीले दुइटा छुट्टाछुट्टै दुर्घटनामा ज्यान गुमाए। एक जनाको कार दुर्घटनामा मृत्यु भयो र अरू दुई जनाले समुद्रमा डुबेर ज्यान गुमाए।” यसले स्टिभमा कस्तो असर पाऱ्‍यो? तिनी यसो भन्छन्‌: “यस्तो किन भयो भनेर ईश्‍वरलाई प्रार्थनामार्फत सोधेँ तर मैले कुनै जवाफ पाइनँ। त्यसैले मैले आफैलाई यस्तो प्रश्‍न सोधेँ, ‘प्रार्थना किन गर्ने?’” आफ्नो प्रार्थनाको जवाफ नपाएको जस्तो लागेकोले धेरैले ‘के प्रार्थना गर्नुको कुनै अर्थ छ?’ भनेर सोच्ने गर्छन्‌।

अन्य कारणले पनि मानिसहरू प्रार्थना गर्नुको कुनै अर्थ छैन भनेर सोच्ने गर्छन्‌। ईश्‍वरलाई हाम्रा आवश्‍यकताहरू वा समस्याहरूबारे सबै कुरा थाह भएकोले त्यसबारे उहाँलाई बताइरहनुपर्दैन जस्तो केही मानिसहरूलाई लाग्छ।

अरू धेरैलाई विगतमा आफूले गरेका गल्तीहरूको कारण ईश्‍वरले प्रार्थना सुन्‍नुहुन्‍न जस्तो लाग्छ। जेनी नाम गरेकी स्त्री यसो भन्छिन्‌: “आफूलाई बेकामको ठान्‍नु नै मेरो सबैभन्दा ठूलो समस्या हो। विगतमा आफूले गरेका गल्तीहरूबारे सोच्दा मलाई पछुतो लाग्छ। त्यसैले ईश्‍वरलाई पुकार्न लायकको म आफैलाई ठान्दिनँ।”

एउटा चर्चमा प्रार्थना भइरहेको बेला अरूले शिर निहुराइरहेका छन्‌ भने एक स्त्री माथि हेर्दै छिन्‌।

प्रार्थनाबारे तपाईँको सोचाइ कस्तो छ? तपाईँ पनि माथि उल्लेख गरिएका व्यक्‍तिहरूको जस्तै सोचाइ राख्नुहुन्छ भने बाइबलले यसबारे चित्तबुझ्दो जवाफ दिन्छ भनेर थाह पाउँदा सान्त्वना पाउन सक्नुहुन्छ। प्रार्थनाबारे बाइबलले बताउने कुरामा हामी भरोसा गर्न सक्छौँ।a यसले तपाईँलाई निम्न प्रश्‍नहरूको जवाफ पाउन मदत गर्न सक्छ:

  • के ईश्‍वर साँच्चै हाम्रो प्रार्थना सुन्‍नुहुन्छ?

  • ईश्‍वरले कुनै-कुनै प्रार्थनाको जवाफ किन दिनुहुन्‍न?

  • तपाईँ कसरी ईश्‍वरलाई स्वीकार्य प्रार्थना गर्न सक्नुहुन्छ?

  • प्रार्थना गर्दा तपाईँलाई कस्तो फाइदा हुन्छ?

a बाइबलमा येसु ख्रिष्टको अनि ईश्‍वरका अरू सेवकहरूको प्रार्थना पाइन्छ। पुरानो नियम पनि भनिने हिब्रू धर्मशास्त्रमा १५० वटाभन्दा धेरै प्रार्थना पाइन्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने