प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp21 सङ्‌ख्या १ पृ. ५-७
  • के ईश्‍वर हाम्रो प्रार्थना सुन्‍नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के ईश्‍वर हाम्रो प्रार्थना सुन्‍नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वर प्रार्थना सुन्‍नुहुन्छ।
  • ईश्‍वर तपाईँले उहाँलाई प्रार्थना गरेको चाहनुहुन्छ।
  • ईश्‍वर साँच्चै तपाईँको ख्याल राख्नुहुन्छ।
  • “म यहोवालाई प्रेम गर्छु किनकि उहाँ मेरो स्वर सुन्‍नुहुन्छ”
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
    बाइबलले हामीलाई के सिकाउँछ?
  • परिचय
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
wp21 सङ्‌ख्या १ पृ. ५-७
एक युवती मुस्कुराइरहेकी छिन्‌।

“परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”—याकुब ४:८

के ईश्‍वर हाम्रो प्रार्थना सुन्‍नुहुन्छ?

ईश्‍वरले प्रार्थना सुन्‍नुहुन्छ कि सुन्‍नुहुन्‍न जस्तो तपाईँलाई कहिल्यै लागेको छ? लागेको छ भने यस्तो सोच्ने तपाईँ मात्र हुनुहुन्‍न। धेरैले ईश्‍वरलाई आफ्नो समस्याबारे प्रार्थना गरेका छन्‌ तर ती समस्याहरू समाधान भएका छैनन्‌। के त्यसको मतलब ईश्‍वरले हाम्रो प्रार्थना बेवास्ता गर्नुहुन्छ? अहँ, गर्नुहुन्‍न! हामीले उचित तरिकामा गरेको प्रार्थना ईश्‍वरले सुन्‍नुहुन्छ भनेर बाइबल हामीलाई आश्‍वासन दिन्छ। यसबारे बाइबल के भन्छ, विचार गरौँ।

ईश्‍वर प्रार्थना सुन्‍नुहुन्छ।

“हे प्रार्थना सुन्‍नुहुने परमेश्‍वर, हरकिसिमका मानिसहरू तपाईँकहाँ आउनेछन्‌।”—भजन ६५:२.

प्रार्थना कसैले सुनिरहेको छैन जस्तो लागे तापनि केही मानिसहरू प्रार्थना गर्छन्‌ किनभने त्यसो गर्दा तिनीहरू मनोशान्ति पाएको महसुस गर्छन्‌। तर प्रार्थना समस्याहरूसित जुझ्न मदत गर्ने कुनै थेरापी मात्र होइन। बाइबलमा यस्तो आश्‍वासन दिइएको छ: “यहोवाa तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्‌, जसले साँचो हृदयले उहाँको पुकारा गर्छन्‌। . . . उहाँ तिनीहरूको गुहार सुन्‍नुहुन्छ।”—भजन १४५:१८, १९.

त्यसैले यहोवा परमेश्‍वर आफ्ना उपासकहरूको प्रार्थना सुन्‍नुहुन्छ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौँ। उहाँले मायालुपूर्वक यसो भन्‍नुभएको छ: “तिमीहरूले मलाई पुकार्नेछौ, मलाई प्रार्थना गर्नेछौ र म तिमीहरूको बिन्ती सुन्‍नेछु।”—यर्मिया २९:१२.

ईश्‍वर तपाईँले उहाँलाई प्रार्थना गरेको चाहनुहुन्छ।

एक बुबा खेलौना खेलिरहेकी सानी छोरीसँगै बसिरहेका छन्‌।

“प्रार्थनामा लागिरहो।”—रोमी १२:१२.

बाइबलमा हामीलाई ‘प्रार्थना गरिरहन’ प्रोत्साहन दिइएको छ। साथै ‘हरबखत प्रार्थना गरिरहन’ पनि भनिएको छ। स्पष्ट छ, यहोवा परमेश्‍वर हामीले उहाँलाई प्रार्थना गरेको चाहनुहुन्छ।—मत्ति २६:४१; एफिसी ६:१८.

ईश्‍वर हामीले किन उहाँलाई प्रार्थना गरेको चाहनुहुन्छ? विचार गर्नुहोस्‌: आफ्नो सानो छोराले “बुबा, मलाई मदत गर्नुस्‌ न!” भन्दा बुबालाई पक्कै पनि खुसी लाग्छ। छोरालाई के चाहिन्छ वा उसले कस्तो महसुस गरिरहेको छ भन्‍ने कुरा बुबालाई धेरै हदसम्म थाह हुन्छ। तैपनि ती शब्दहरू सुन्दा छोराले तिनीमाथि भरोसा गरेको र तिनीसित अझै नजिक भएको बुबाले महसुस गर्छन्‌। त्यसरी नै, यहोवा परमेश्‍वरलाई प्रार्थना गर्दा हामी उहाँमाथि भरोसा गर्छौं र उहाँसित नजिक हुन चाहन्छौँ भनेर देखाइरहेका हुन्छौँ।—हितोपदेश १५:८; याकुब ४:८.

ईश्‍वर साँच्चै तपाईँको ख्याल राख्नुहुन्छ।

एक व्यवसायी निराश छन्‌ र तिनी सिँढिमा बसिरहेका छन्‌। तिनको छेउमा अफिसको सरसामानले भरिएको एउटा बाकस छ।

“आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”—१ पत्रुस ५:७.

ईश्‍वर हामीले उहाँलाई प्रार्थना गरेको चाहनुहुन्छ किनभने उहाँ हामीलाई माया गर्नुहुन्छ र हाम्रो ख्याल राख्नुहुन्छ। हाम्रा फिक्री र समस्याहरू उहाँलाई राम्ररी थाह छ अनि उहाँ हामीलाई मदत गर्न चाहनुहुन्छ।

बाइबलकालीन समयका राजा दाउदले आफ्नो जीवनभरि मदतको लागि यहोवा परमेश्‍वरलाई प्रार्थना गरे अनि उहाँसामु आफ्ना विचार र भावनाहरू पोखे। (भजन २३:१-६) ईश्‍वरले दाउदबारे कस्तो महसुस गर्नुभयो? ईश्‍वरले दाउदलाई माया गर्नुभयो र तिनका प्रार्थनाहरू सुन्‍नुभयो। (प्रेषित १३:२२) त्यसरी नै ईश्‍वरले हाम्रो ख्याल राख्नुहुने भएकोले हाम्रा प्रार्थनाहरू सुन्‍नुहुन्छ।

“म यहोवालाई प्रेम गर्छु किनकि उहाँ मेरो स्वर सुन्‍नुहुन्छ”

यी शब्दहरू बाइबलको भजनको किताबका एक लेखकका हुन्‌। ईश्‍वरले तिनको प्रार्थना सुन्‍नुभएको कुरामा तिनी ढुक्क थिए अनि यसले तिनमा सकारात्मक प्रभाव पाऱ्‍यो। तिनले ईश्‍वरसित घनिष्ठ भएको महसुस गरे अनि जीवनका शोक र पीडासित जुझ्न बल पाए।—भजन ११६:१-९.

ईश्‍वर हाम्रो प्रार्थना सुन्‍नुहुन्छ भन्‍ने कुरामा ढुक्क भयौँ भने हामीले उहाँलाई प्रार्थना गरिरहनेछौँ। उत्तरी स्पेनमा बस्ने पेद्रो नाम गरेका एक भाइको अनुभव विचार गर्नुहोस्‌। तिनले सवारी दुर्घटनामा आफ्नो १९ वर्षीय छोरा गुमाए। पेद्रोले आफ्नो मनको बह ईश्‍वरलाई पोखे अनि मदत र सान्त्वनाको लागि निरन्तर प्रार्थना गरिरहे। नतिजा कस्तो भयो? तिनी यसो भन्छन्‌: “म र मेरी श्रीमतीलाई ख्रिष्टियन दाजुभाइ दिदीबहिनीमार्फत सान्त्वना र मदत दिनुभएर यहोवाले मेरा प्रार्थनाहरूको जवाफ दिनुभयो।”

शोकमा परेका एक व्यक्‍तिको हातमा फोटो छ र तिनका केही साथीले सान्त्वना दिँदै छन्‌।

अक्सर हामी प्रार्थनाहरूको जवाफ मायालु साथीहरूले दिने सान्त्वना र मदतमार्फत पाउँछौँ

तिनीहरूको छोरा फेरि जीवित नभए पनि पेद्रो र तिनको परिवारलाई प्रार्थनाले निकै मदत गऱ्‍यो। तिनकी श्रीमती मारिया कार्मेन यसो भन्छिन्‌: “प्रार्थनाले मलाई पीडा सहन मदत गऱ्‍यो। यहोवा परमेश्‍वरले मेरो अवस्था बुझ्नुभएको जस्तो लाग्यो किनभने उहाँलाई प्रार्थना गर्दा मनोशान्ति पाएको महसुस गर्थेँ।”

बाइबलबाट र धेरैजसो मानिसहरूले आफ्नो जीवनमा अनुभव गरेका कुराहरूबाट ईश्‍वरले प्रार्थना सुन्‍नुहुन्छ भन्‍ने कुरा स्पष्ट हुन्छ। तर ईश्‍वरले सबै प्रार्थनाको जवाफ दिनुहुन्‍न। ईश्‍वरले किन कुनै प्रार्थनाको जवाफ दिनुहुन्छ अनि कुनै प्रार्थनाको जवाफ दिनुहुन्‍न?

a यहोवा ईश्‍वरको व्यक्‍तिगत नाम हो।—भजन ८३:१८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने