प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp21 सङ्‌ख्या १ पृ. ८-९
  • ईश्‍वरले किन सबै प्रार्थनाको जवाफ दिनुहुन्‍न?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरले किन सबै प्रार्थनाको जवाफ दिनुहुन्‍न?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
    बाइबलले हामीलाई के सिकाउँछ?
  • प्रार्थना द्वारा सहायता कसरी प्राप्त गर्न सकिन्छ
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • प्रार्थना गरेर केही होला र?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
wp21 सङ्‌ख्या १ पृ. ८-९

ईश्‍वरले किन सबै प्रार्थनाको जवाफ दिनुहुन्‍न?

स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबा यहोवा हामीले मनैदेखि गरेको प्रार्थना सुन्‍न इच्छुक र खुसी हुनुहुन्छ। तर उहाँ कुनै-कुनै प्रार्थनाको जवाफ दिनुहुन्‍न। किन? साथै प्रार्थना गर्दा हामीले कस्ता कुराहरूमा ध्यान दिनुपर्छ? यस विषयमा बाइबलमा केही निर्देशन दिइएका छन्‌।

चर्चमा एउटा समूह किताबबाट प्रार्थना दोहोऱ्‍याउँदै छ।

“प्रार्थना गर्दा . . . एउटै कुरा दोहोऱ्‍याई नराख।”—मत्ति ६:७.

हामीले कण्ठ पारेर एउटै प्रार्थना दोहोऱ्‍याएको वा किताबबाट प्रार्थना पढेको यहोवा चाहनुहुन्‍न। बरु हामीले मनैदेखि प्रार्थना गरेको उहाँ चाहनुहुन्छ। तपाईँको साथीले सधैँ एउटै कुरा दोहोऱ्‍याउँदा तपाईँलाई झिजो लाग्छ नि, होइन र? घनिष्ठ मित्रहरू एकअर्कासित खुलस्त कुराकानी गर्छन्‌। हामीले आफ्नै शब्दमा मनैदेखि स्वर्गमा बस्नुहुने बुबालाई प्रार्थना गर्दा उहाँलाई आफ्नो घनिष्ठ मित्र ठानेको देखाइरहेका हुन्छौँ।

एक मानिस चिठ्ठा कोर्दै माथि हेर्दै छन्‌।

“माग्दा पनि तिमीहरू पाउँदैनौ किनकि तिमीहरू . . . गलत उद्देश्‍यले माग्छौ।”—याकुब ४:३.

ईश्‍वरको इच्छाविपरीत कुराहरूको लागि प्रार्थना गर्दा उहाँले त्यस्तो प्रार्थनाको जवाफ दिनुहुन्‍न भनेर चिताउन सक्छौँ। जस्तै, कसैले जुवामा जित हासिल गराइदिनुहोस्‌ भनेर प्रार्थना गऱ्‍यो भने के यहोवाले उसको प्रार्थना सुन्‍नुहोला? उहाँले लोभी नहुन अनि भाग्यजस्तो अन्धविश्‍वासमा विश्‍वास नगर्न स्पष्ट आज्ञा दिनुभएको छ। (यसैया ६५:११; लुका १२:१५) यहोवाले त्यस्ता प्रार्थनाको जवाफ दिनुहोला भनेर आशा गर्नु मूर्खता हुनेछ! ईश्‍वरले हाम्रो प्रार्थनाको जवाफ दिनुभएको चाहन्छौँ भने हाम्रो बिन्ती उहाँले बाइबलमा दिनुभएको निर्देशनअनुरूप छ कि छैन भनेर पक्का गर्नुपर्छ।

एक पादरी सैनिकहरूको लागि प्रार्थना गर्दै छन्‌।

“जसले नियमकानुन पालन गर्न मान्दैन, उसको प्रार्थनासमेत घिनलाग्दो हुन्छ।”—हितोपदेश २८:९.

बाइबलकालीन समयमा ईश्‍वरले आफ्नो धार्मिक स्तर बेवास्ता गर्ने मानिसहरूको प्रार्थना सुन्‍नुभएन। (यसैया १:१५, १६) उहाँ अहिले पनि परिवर्तन हुनुभएको छैन। (मलाकि ३:६) ईश्‍वरले हाम्रो प्रार्थना सुन्‍नुभएको चाहन्छौँ भने हामीले उहाँका नियमहरू पालन गर्न सक्दो गर्नुपर्छ। तर हामीले विगतमा गलत कामहरू गरेका थियौँ भने नि? के त्यसको मतलब यहोवाले हाम्रो प्रार्थना कहिल्यै सुन्‍नुहुन्‍न? त्यस्तो त पक्कै होइन! हामीले पश्‍चात्ताप गऱ्‍यौँ र उहाँलाई खुसी बनाउन यथासक्दो गऱ्‍यौँ भने उहाँले हामीलाई मायालुपूर्वक क्षमा दिनुहुनेछ।—प्रेषित ३:१९.

“जो परमेश्‍वरसामु जान्छ, उसले उहाँ साँच्चै हुनुहुन्छ र जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई इनाम दिनुहुन्छ भनेर पत्यार गर्नुपर्छ।”—हिब्रू ११:६.

एक स्त्री बाइबल पढ्‌दै छिन्‌।

हामी तनाव कम गर्नको लागि मात्र प्रार्थना गर्दैनौँ। प्रार्थनामार्फत हामी ईश्‍वरलाई विश्‍वास गरेको अनि उहाँलाई आदर र प्रेम गरेको दखाउँछौँ। हामीले ‘विश्‍वाससहित मागिरहदैनौँ’ भने “यहोवा परमेश्‍वरबाट केही पाउने आशा नगरे पनि हुन्छ” भनी चेला याकुबले बताए। (याकुब १:६, ७) ईश्‍वरमाथि विश्‍वास गर्न हामीले बाइबल अध्ययन गरेर उहाँलाई चिन्‍न समय र शक्‍ति लगाउनुपर्छ। यसो गऱ्‍यौँ भने उहाँको इच्छा बुझ्न सक्नेछौँ र उहाँले हाम्रो प्रार्थना सुन्‍नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुँदै प्रार्थना गर्नेछौँ।

हरेस नखाऔँ!

ईश्‍वरले सबै प्रार्थनाको जवाफ नदिनुभए तापनि उहाँ लाखौँ मानिसले साँचो मनले गरेको प्रार्थना सुन्‍नुहुन्छ अनि जवाफ पनि दिनुहुन्छ। ईश्‍वरलाई मन पर्ने तरिकामा कसरी प्रार्थना गर्न सक्छौँ भनेर बाइबलमा बताइएको छ। यसबारे अर्को लेखमा छलफल गर्नेछौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने