प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp21 सङ्‌ख्या १ पृ. १०-१३
  • तपाईँ कसरी ईश्‍वरलाई स्वीकार्य प्रार्थना गर्न सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ कसरी ईश्‍वरलाई स्वीकार्य प्रार्थना गर्न सक्नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा परमेश्‍वरलाई येसुको नाममा प्रार्थना गर्नुहोस्‌
  • मनैदेखि कुरा गर्नुहोस्‌
  • ईश्‍वरको इच्छासित मेल खाने प्रार्थना गर्नुहोस्‌
  • हामी केको लागि प्रार्थना गर्न सक्छौँ?
  • धीरजी हुनुहोस्‌ र प्रार्थना गरिरहनुहोस्‌
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
    बाइबलले हामीलाई के सिकाउँछ?
  • प्रार्थनाद्वारा परमेश्‍वरसित घनिष्ठ हुने
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
wp21 सङ्‌ख्या १ पृ. १०-१३

तपाईँ कसरी ईश्‍वरलाई स्वीकार्य प्रार्थना गर्न सक्नुहुन्छ?

यहोवा “प्रार्थना सुन्‍नुहुने परमेश्‍वर” हुनुहुन्छ। (भजन ६५:२) हामी जहाँसुकै अनि जहिले पनि, आवाज निकालेर वा मनमनै उहाँलाई प्रार्थना गर्न सक्छौँ। यहोवा हामीले उहाँलाई “बुबा” भनेर पुकारेको चाहनुहुन्छ र उहाँ वास्तवमै सबैभन्दा असल बुबा हुनुहुन्छ। (मत्ति ६:९) हामी कसरी यहोवालाई स्वीकार्य प्रार्थना गर्न सक्छौँ भनेर उहाँले मायालुपूर्वक सिकाउनुभएको छ।

यहोवा परमेश्‍वरलाई येसुको नाममा प्रार्थना गर्नुहोस्‌

“तिमीहरूले बुबासित जे मागे पनि मेरो नाममा उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ।”—युहन्‍ना १६:२३.

येसुका शब्दहरूबाट यहोवा परमेश्‍वर हामीले उहाँलाई मूर्तिहरू, सन्तहरू, स्वर्गदूतहरू वा पितृहरूमार्फत नभई येसु ख्रिष्टको नाममा प्रार्थना गरेको चाहनुहुन्छ भनेर स्पष्ट हुन्छ। ईश्‍वरलाई येसुको नाममा प्रार्थना गर्दा हामीले येसुको महत्त्वपूर्ण भूमिका स्विकारेको देखाइरहेका हुन्छौँ। येसुले यसो भन्‍नुभयो, “मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।”—युहन्‍ना १४:६.

मनैदेखि कुरा गर्नुहोस्‌

“तिमीहरूको मनको बह उहाँलाई पोखाओ।”—भजन ६२:८.

यहोवालाई प्रार्थना गर्दा एक जना मायालु बुबासित कुरा गरे जसरी नै कुरा गर्नुपर्छ। प्रार्थना गर्दा किताबबाट पढ्‌नु वा कण्ठ पारेको कुरा दोहोऱ्‍याउनुको साटो उहाँसित आदरपूर्वक मनैदेखि कुरा गर्नुपर्छ।

ईश्‍वरको इच्छासित मेल खाने प्रार्थना गर्नुहोस्‌

“उहाँको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।”—१ युहन्‍ना ५:१४.

बाइबलमा यहोवा परमेश्‍वरले हाम्रो लागि के गर्नुहुनेछ अनि उहाँ हामीले के गरेको चाहनुहुन्छ भनेर बताइएको छ। ईश्‍वरले हाम्रो प्रार्थना सुन्‍नुभएको चाहन्छौँ भने हामीले “उहाँको इच्छाबमोजिम” प्रार्थना गर्नुपर्छ। त्यसको लागि हामीले बाइबल पढेर ईश्‍वरलाई राम्रोसित चिन्‍नुपर्छ। त्यसो गऱ्‍यौँ भने हाम्रो प्रार्थनाले उहाँलाई खुसी तुल्याउनेछ।

हामी केको लागि प्रार्थना गर्न सक्छौँ?

एउटा परिवार खाना खानुअघि प्रार्थना गर्दै छ।

आफ्नो आवश्‍यकताको लागि प्रार्थना गर्नुहोस्‌। हामी ईश्‍वरलाई आफ्ना दैनिक आवश्‍यकताहरू जस्तै, गाँस, बास अनि कपासको लागि प्रार्थना गर्न सक्छौँ। साथै प्रार्थनामार्फत सही निर्णय गर्नको लागि बुद्धि अनि परीक्षाहरू सहनको लागि बल माग्न सक्छौँ। अनि हाम्रो विश्‍वास बढाइदिन साथै क्षमा र मदत माग्न प्रार्थना गर्न सक्छौँ।—लुका ११:३, ४, १३; याकुब १:५, १७.

एक पति अस्पतालमा भर्ना भएकी पत्नीसितै प्रार्थना गर्दै छन्‌।

अरूको लागि प्रार्थना गर्नुहोस्‌। मायालु आमाबुबा आफ्ना छोराछोरीले एकअर्कालाई प्रेम गर्दा खुसी हुन्छन्‌। त्यसरी नै यहोवा पनि पृथ्वीमा रहेका आफ्ना छोराछोरीले एकअर्काको ख्याल राखेको चाहनुहुन्छ। त्यसकारण हामी आफ्नो जोडी, छोराछोरी, परिवार अनि साथीभाइहरूको लागि प्रार्थना गर्न सक्छौँ। येसुका एक जना चेला याकुबले यस्तो लेखे: “एकअर्काका लागि प्रार्थना गर।”—याकुब ५:१६.

एक मानिस सुर्यास्तको समयमा खेतमा हिँडिरहेका छन्‌।

धन्यवाद दिनुहोस्‌। हाम्रो सृष्टिकर्ताबारे बाइबल यसो भन्छ: “भलो हुने काम गरेर . . . उहाँले तपाईँहरूलाई आकाशबाट वर्षा अनि ऋतुअनुसार प्रशस्त बाली दिनुभयो र खानेकुराले तृप्त पार्नुभयो अनि आनन्दले तपाईँहरूको हृदय भरिदिनुभयो।” (प्रेषित १४:१७) ईश्‍वरले हाम्रो लागि गरिदिनुभएका सबै कुरामा मनन गर्दा उहाँलाई प्रार्थनामार्फत धन्यवाद दिन उत्प्रेरित हुनेछौँ। पक्कै पनि, हामीले ईश्‍वरको आज्ञा पालन गरेर उहाँप्रति कृतज्ञ भएको देखाउनुपर्छ।—कलस्सी ३:१५.

धीरजी हुनुहोस्‌ र प्रार्थना गरिरहनुहोस्‌

मनैदेखि गरेको प्रार्थनाको जवाफ तुरुन्तै नपाउँदा कहिलेकाहीँ हामी निराश हुन सक्छौँ। के त्यसको मतलब ईश्‍वर हाम्रो ख्याल राख्नुहुन्‍न? त्यस्तो त होइन! निरन्तर प्रार्थना गर्नुपर्ने आवश्‍यकता प्रस्ट पार्ने केही अनुभवहरू विचार गरौँ।

सुरुको लेखमा उल्लेख गरिएका स्टिभ यसो भन्छन्‌, “निरन्तर प्रार्थना नगरेको भए मेरो जिउने इच्छा नै मर्ने थियो।” तिनलाई परिवर्तन गर्न केले उत्प्रेरित गऱ्‍यो? तिनले बाइबल अध्ययन गर्न थाले र निरन्तर प्रार्थना गरिरहनुपर्छ भनेर सिके। तिनी भन्छन्‌, “मेरा प्यारा साथीहरूमार्फत मलाई सम्हाल्नुभएकोमा म ईश्‍वरलाई प्रार्थनाद्वारा धन्यवाद दिन्छु। म यत्तिको आनन्दित पहिला कहिल्यै भएको थिइनँ।”

आफू ईश्‍वरलाई पुकार्न लायकको छैनँ भनेर महसुस गरेकी जेनीबारे चाहिँ के भन्‍न सकिन्छ? तिनी भन्छिन्‌, “आफूलाई साह्रै बेकामको महसुस गर्दा त्यस्तो महसुस गर्नुको कारण बुझ्न मदत गर्नुहोस्‌ भनेर ईश्‍वरलाई बिन्ती गरेँ।” त्यसले तिनलाई कसरी मदत गऱ्‍यो? तिनी भन्छिन्‌, “ईश्‍वरसित कुरा गरेर मैले आफूलाई उहाँको जस्तै दृष्टिकोणले हेर्न मदत पाएँ, आफैलाई बेकामको महसुस गरे तापनि उहाँ भने त्यस्तो सोच्नुहुन्‍न भनेर बुझ्न सकेँ। प्रार्थनाले मलाई हरेस नखान पनि मदत गरेको छ।” नतिजा कस्तो भयो? “प्रार्थनाले मलाई यहोवा एक वास्तविक, मायालु, ख्याल राख्नुहुने ईश्‍वर, बुबा अनि साथी हुनुहुन्छ भनेर बुझ्न मदत गरेको छ। साथै उहाँको इच्छाअनुसार चल्ने कोसिस गर्दा उहाँले सधैँ मलाई साथ दिनुहुन्छ र मदत गर्नुहुन्छ भनेर पनि बुझ्न सकेकी छु।”

इसाबेल आफ्नो पति र छोरासँगै।

“अशक्‍त भए पनि उसले आनन्दित भई जीवन बिताइरहेको देख्नु नै मेरो प्रार्थनाको जवाफ हो” भनेर जेरार्डकी आमा इसाबेल भन्छिन्‌

इसाबेलको अनुभव पनि विचार गर्नुहोस्‌। तिनी गर्भवती हुँदा डाक्टरहरूले तिनको बच्चा अशक्‍त जन्मनेछ भनेर तिनलाई बताए। त्यो सुनेर तिनको मुटु छियाछिया भयो। कसै-कसैले तिनलाई गर्भपतन गर्न सल्लाह समेत दिए। तिनी भन्छिन्‌, “मनको पीडाले म मर्छु होला जस्तो लाग्यो।” तिनले के गरिन्‌? तिनी भन्छिन्‌, “मैले मदतको लागि ईश्‍वरलाई बारम्बार पुकारेँ।” केही समयपछि तिनले जेरार्डलाई जन्माइन्‌, जो अशक्‍त थिए। के इसाबेल ईश्‍वरले तिनको प्रार्थनाको जवाफ दिनुभएको महसुस गर्छिन्‌? पक्कै गर्छिन्‌! कसरी? इसाबेल भन्छिन्‌, “मेरो छोरा अहिले १४ वर्षको भयो। अशक्‍त भए पनि उसले आनन्दित भई जीवन बिताइरहेको देख्नु नै मेरो प्रार्थनाको जवाफ हो अनि ऊ यहोवाले दिनुभएको सबैभन्दा ठूलो आशिष्‌ हो भनेर महसुस गर्छु।”

यी मनै छुने अभिव्यक्‍तिहरूले हामीलाई एक भजनहारका शब्दहरू सम्झना गराउँछ: “हे यहोवा, तपाईँ भने दुःखीहरूको पुकारा सुन्‍नुहुन्छ। तपाईँ तिनीहरूलाई आँटिलो बनाउनुहुन्छ र तिनीहरूको बिन्तीमा ध्यान दिनुहुन्छ।” (भजन १०:१७) निरन्तर प्रार्थना गर्नुपर्ने कस्तो सशक्‍त कारण!

बाइबलमा येसुका थुप्रै प्रार्थना रेकर्ड गरिएका छन्‌। तीमध्ये सबैभन्दा प्रख्यात उहाँले आफ्ना चेलाहरूलाई सिकाउनुभएको प्रार्थना हो। त्यस प्रार्थनाबाट हामी के सिक्न सक्छौँ?

प्रभुको प्रार्थना—एउटा नमुना प्रार्थना

एउटा ठूलो भीड येसुको डाँडाको उपदेश ध्यान दिएर सुन्दै छ।

डाँडाको उपदेशमा येसुले आफ्ना चेलाहरूलाई नमुना प्रार्थना सिकाउनुभयो, जसलाई अक्सर प्रभुको प्रार्थना पनि भनिन्छ। (मत्ति ६:९-१३; लुका ११:२-४ पनि हेर्नुहोस्‌।) शताब्दियौँको दौडान यो प्रार्थना यत्ति प्रख्यात भएको छ कि थुप्रैले यसलाई कण्ठ पारेका छन्‌ र जस्ताको तस्तै दोहोऱ्‍याउँछन्‌। तर के येसु हामीले यसो गरेको चाहनुहुन्थ्यो? अहँ, चाहनुहुन्‍नथ्यो। त्यस उपदेशको सुरुतिर उहाँले आफ्ना चेलाहरूलाई प्रार्थना गर्दा एउटै कुरा नदोहोऱ्‍याउन सिकाउनुभएको थियो। (मत्ति ६:७) वास्तवमा येसुले आफ्ना चेलाहरूलाई कसरी र केको लागि प्रार्थना गर्ने भनेर सिकाउँदै हुनुहुन्थ्यो। नमुना प्रार्थनाबाट के सिक्न सक्छौँ, विचार गरौँ।

“हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा”

  • हामीले ईश्‍वरलाई मात्र प्रार्थना गर्नुपर्छ।

“तपाईँको नाम पवित्र पारियोस्‌”

  • हामीले ईश्‍वरको नाम यहोवालाई आदर गर्नुपर्छ र पवित्र ठान्‍नुपर्छ।

“तपाईँको राज्य आओस्‌”

  • ईश्‍वरको राज्य स्वर्गीय सरकार हो, जसको राजा येसु हुनुहुन्छ र त्यस राज्यले चाँडै पूरै पृथ्वीमाथि शासन थाल्नेछ।

“तपाईँको इच्छा जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌”

  • शान्ति र सुरक्षा छाएको पृथ्वीमा मानिसजाति सधैँभरि बाँचेको ईश्‍वर चाहनुहुन्छ।

“हामीलाई आजको लागि भोजन दिनुहोस्‌”

  • हामीलाई बाँच्नको लागि चाहिने कुराहरूको प्रबन्ध गर्नुहुने यहोवा हुनुहुन्छ।

“हाम्रो ऋण क्षमा गर्नुहोस्‌”

  • हामी सबै जना धेरै पटक गल्ती गर्छौँ र हामीलाई क्षमा चाहिन्छ।

यी कुराहरू मनमा राख्नुभयो भने तपाईँले अझ अर्थपूर्ण प्रार्थना गर्न सक्नुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने