प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 डिसेम्बर p. १४
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • हानिकारक गफबाट होसियार रहनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • अरूसितको व्यवहारबारे लेवीको किताबबाट के सिक्न सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • कसरी हानिकारक गफलाई दबाउन सकिन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • शैतानलाई मौका नदेओ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 डिसेम्बर p. १४
एक बहिनी मण्डलीको कसैको कुरा काट्‌दै छिन्‌।

पाठकहरूको प्रश्‍न

लेवी १९:१६ मा यस्तो आज्ञा दिइएको छ: “आफ्नो छिमेकीको ज्यान लिन नखोज्नू।” यसको अर्थ के हो र यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

यहोवाले इस्राएलीहरूलाई पवित्र होओ भन्‍नुभयो। पवित्र हुन तिनीहरूले गर्नुपर्ने एउटा कुराबारे उहाँले यसो भन्‍नुभयो: “तिमीहरूले अरूको निन्दा गर्दै नहिँड्‌नू; आफ्नो छिमेकीको ज्यान लिन नखोज्नू। म यहोवा हुँ।”—लेवी १९:२, १६.

“ज्यान लिन नखोज्नू” भनेर अनुवाद गरिएको हिब्रू वाक्यांशको शाब्दिक अर्थ हो, “रगतको विरुद्धमा नउभिनू।” तर यसले भन्‍न खोजेको कुरा के हो? लेवीको किताबबारे एउटा यहुदी स्रोतसामग्री यसो भन्छ: “यो वाक्यांश बुझ्न गाह्रो छ किनभने यहाँ चलाइएको हिब्रू भनाइको अर्थ के हो भनेर यकिनका साथ भन्‍न सकिँदैन। यसले शाब्दिक रूपमा ‘छेवैमा नउभिनू’ भन्‍ने अर्थ दिन्छ।”

केही शास्त्रविद्‌ले यो अभिव्यक्‍ति अघिल्लो पदसित सम्बन्धित छ भन्छन्‌। त्यहाँ यस्तो लेखिएको छ: “तिमीहरूले न्याय गर्दा त्यसलाई नबङ्‌ग्याउनू। तिमीहरूले गरिबलाई पक्षपात नगर्नू अनि धनीको पक्ष नलिनू। आफ्नो छिमेकीको न्याय ठीक तरिकामा गर्नू।” (लेवी १९:१५) त्यसो हो भने, पद १६ मा दिइएको “ज्यान लिन नखोज्नू” भन्‍ने आज्ञाअनुसार इस्राएलीहरूले सङ्‌गी उपासकहरूलाई मुद्दामामिलामा, व्यापार व्यवसायमा वा पारिवारिक मामिलामा पक्षपात गर्नु हुँदैनथ्यो अनि आफ्नो व्यक्‍तिगत फाइदाको लागि कुरा बङ्‌ग्याउनु हुँदैनथ्यो। हामीले पनि यस्ता कुराहरू गर्नु हुँदैन। तर पद १६ मा प्रयोग गरिएको “ज्यान लिन नखोज्नू” भन्‍ने अभिव्यक्‍तिको अझै चित्तबुझ्दो व्याख्या पाइन्छ।

अब हामी पद १६ को सुरुका शब्दहरू विचार गरौँ। यहोवाले इस्राएलीहरूलाई निन्दा नगर्नू भन्‍नुभयो। निन्दा गर्नु भनेको अरूको विषयमा नानाथरी गफ गर्नु मात्र होइन। हुनत त्यस्तो गफले पनि समस्याहरू निम्त्याउन सक्छ। तर निन्दा गर्दा नतिजा झनै नराम्रो हुन सक्छ। (हितो. १०:१९; उप. १०:१२-१४; १ तिमो. ५:११-१५; याकु. ३:६) निन्दा गर्ने व्यक्‍तिले जानाजानी अरूको विरुद्धमा झूटा कुराहरू बोल्छ। यसले गर्दा अरूको बदनाम हुन वा ज्यानै जान सक्छ। नाबोतको उदाहरण विचार गरौँ। मानिसहरूले नाबोतको विषयमा झूटा कुराहरू बोले र विनाकारण तिनलाई ढुङ्‌गाले हानेर मारे। (१ राजा २१:८-१३) त्यसैले अरूको निन्दा गर्दा लेवी १९:१६ मा बताइएझैँ हामीले तिनको ज्यान लिन खोजिरहेका हुन्छौँ।

एक जना व्यक्‍तिले अर्को व्यक्‍तिको निन्दा गर्नुको कारण तिनीप्रतिको घृणा पनि हुन सक्छ। पहिलो युहन्‍ना ३:१५ मा यस्तो लेखिएको छ: “हरेक जसले आफ्नो भाइलाई घृणा गर्छ, ऊ हत्यारा हो अनि कोही पनि हत्याराले अनन्त जीवन पाउँदैन भनेर तिमीहरूलाई थाहै छ।” अर्काको ज्यान लिन नखोज्नू भन्‍ने आज्ञा दिनुभएपछि परमेश्‍वरले यसो पनि भन्‍नुभयो: “तिमीहरूले मनमनै आफ्नो दाजुभाइलाई घृणा नगर्नू।”—लेवी १९:१७.

त्यसैले लेवी १९:१६ मा भएको अर्काको ज्यान लिन नखोज्नू भन्‍ने अभिव्यक्‍ति ख्रिष्टियनहरूको लागि कडा सल्लाह हो। हामीले आफ्नो मनबाट खराब विचारहरू हटाउन र अरूको निन्दा नगर्न हर प्रयास गर्नुपर्छ। हामीलाई अर्को व्यक्‍ति मन नपरेको वा तिनको ईर्ष्या लागेको कारणले तिनको निन्दा गरिरहेका हुन सक्छौँ तर यस पछाडिको मूल कारण घृणा हुन सक्छ। यसो गर्नु भनेको तिनको ‘ज्यान लिन खोज्नुजस्तै’ हो। यो ख्रिष्टियनहरूले पटक्कै गर्न नहुने काम हो।—मत्ति १२:३६, ३७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने