प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 डिसेम्बर p. १४
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा “मुक्‍ति दिने” परमेश्‍वर—बाइबल समयमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • जीवनमा आउने परिवर्तनहरूको सामना गर्नुपर्दा परमेश्‍वरको आत्मामा भर पर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • “तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • हामी मिलेर यहोवाको नाउँ उच्च पारौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 डिसेम्बर p. १४

पाठकहरूको प्रश्‍न

दाउदले भजन ६१:८ मा “म सदासदा तपाईँको नामको स्तुति गाउनेछु” भनेर लेख्दा के तिनले आफू कहिल्यै मर्नेछैनँ भनेर सोचिरहेका थिए?

राजा दाउद वीणा बजाउँदै गीत गाइरहेका छन्‌।

अहँ थिएनन्‌। दाउदले यहाँ लेखेको कुरा सही र तर्कसङ्‌गत थियो।

तिनले लेखेको यो पद अनि योसित मिल्दाजुल्दा अरू पदहरू विचार गरौँ: “म दिनैपिच्छे आफ्नो भाकल पूरा गर्नेछु अनि म सदासदा तपाईँको नामको स्तुति गाउनेछु।” “हे यहोवा, मेरा परमेश्‍वर, म आफ्नो सारा हृदयले तपाईँको प्रशंसा गर्नेछु, म सदासर्वदा तपाईँको नामको महिमा गर्नेछु।” “म तपाईँको नामको सदासर्वदा प्रशंसा गर्नेछु।”—भज. ६१:८; ८६:१२; १४५:१, २.

दाउदले यी शब्दहरू लेख्दा आफू कहिल्यै मर्नेछैनँ भनेर सोचिरहेका थिएनन्‌। पापको कारण मानिसको मृत्यु हुन्छ र आफू पनि जन्मँदै पापी छु भनेर तिनलाई थाह थियो। (उत्प. ३:३, १७-१९; भज. ५१:४, ५) अब्राहाम, इसहाक र याकुबजस्ता परमेश्‍वरको अनुमोदन पाएका पुरुषहरू पनि मरे भनेर तिनलाई थाह थियो। आफू पनि एकदिन मर्नेछु भनेर तिनले बुझेका थिए। (भज. ३७:२५; ३९:४) तर भजन ६१:८ मा तिनले लेखेका शब्दहरूमा “सदासदा” अर्थात्‌ बाँचुन्जेल परमेश्‍वरको स्तुति गर्ने तिनको इच्छा र सङ्‌कल्प झल्किन्छ।—२ समु. ७:१२.

भजन अध्याय १८, ५१ र ५२ को परिचय हेर्ने हो भने दाउदले कहिलेकाहीँ आफ्नै अनुभवबारे पनि लेखे। भजन २३ अध्यायमा दाउदले यहोवालाई डोऱ्‍याइ, स्फूर्ति र सुरक्षा दिने गोठालोको रूपमा चित्रण गरे। दाउद पनि त्यस्तै गोठाला थिए। तिनी “आजीवन” परमेश्‍वरको सेवा गर्न चाहन्थे।—भज. २३:६.

यो कुरा पनि याद गर्नुहोस्‌, दाउदलाई यी सबै कुरा लेख्न प्रेरणा दिनुहुने यहोवा हुनुहुन्थ्यो। तिनले धेरैपछि पूरा हुने भविष्यवाणीहरू पनि लेखे। जस्तै, भजन ११० अध्यायमा दाउदले तिनका प्रभु स्वर्गमा ‘परमेश्‍वरको दाहिने हाततिर बस्नुहुने’ र उहाँले राज्यशक्‍ति पाउनुहुने समयबारे लेखे। केको लागि? परमेश्‍वरका शत्रुहरूमाथि अधिकार गर्न र पृथ्वीका ‘राष्ट्र-राष्ट्रलाई दण्ड दिन।’ दाउद स्वर्गबाट शासन गर्नुहुने र “सधैँका लागि पुजारी” हुनुहुने मसीहका पुर्खा हुने थिए। (भज. ११०:१-६) येसुले भजन ११० को भविष्यवाणी आफूबारे गरिएको थियो र त्यो भविष्यमा पूरा हुनेछ भनेर पुष्टि गर्नुभयो।—मत्ति २२:४१-४५.

हो, यहोवाले दाउदलाई तिनी बाँचिरहेको समयबारे र भविष्यमा तिनी फेरि जीवित भएपछि सधैँभरि यहोवाको स्तुति गर्न सक्ने समयबारे लेख्न प्रेरणा दिनुभयो। यसबाट भजन ३७:१०, ११, २९ का शब्दहरू प्राचीन इस्राएलमा पूरा भए र भविष्यमा परमेश्‍वरले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुँदा विश्‍वव्यापी रूपमा पूरा हुनेछ भनेर बुझ्न सक्छौँ।—यस अङ्‌कको “तिमी मसित प्रमोदवनमा हुनेछौ” भन्‍ने लेखको अनुच्छेद ८ हेर्नुहोस्‌।

त्यसैले भजन ६१:८ र योसित मिल्दाजुल्दा बाइबल पदहरूले दाउद आजीवन यहोवाको महिमा गर्न चाहन्थे भनेर देखिन्छ। अनि ती पदहरूले भविष्यमा यहोवाले तिनलाई फेरि जीवित पार्नुभएपछि तिनले गर्ने कुराहरूलाई पनि सङ्‌केत गर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने