अध्ययनका लागि सुझाव
अध्ययन गर्न आफ्नो हृदय तयार पार्नुहोस्
हामी परमेश्वरको सोचाइ मनसम्म पुग्नेगरि बाइबलको अध्ययन गर्न चाहन्छौँ। यस सन्दर्भमा एज्राले राम्रो उदाहरण बसाले। तिनले “यहोवा परमेश्वरको व्यवस्था अध्ययन गर्न . . . आफ्नो हृदय तयार पारेका थिए।” (एज्रा ७:१०) हामी अध्ययन गर्न कसरी आफ्नो हृदय तयार पार्न सक्छौँ?
प्रार्थना गर्नुहोस्। अध्ययन गर्न थाल्नुअघि प्रार्थना गर्नुहोस्। आफूले पढ्न लागेका कुराहरू बुझ्न र लागू गर्न सकूँ भनेर यहोवासित मदत माग्नुहोस्।—भज. ११९:१८, ३४.
नम्र हुनुहोस्। परमेश्वर आफ्नै बुद्धिमा भर पर्ने घमन्डीहरूदेखि सत्य लुकाउनुहुन्छ। (लुका १०:२१) अरूलाई धाक लगाउने उद्देश्य राखेर अध्ययन नगर्नुहोस्। आफ्नो सोचाइ परमेश्वरको सोचाइसित बाझिँदा नम्र भई छाँटकाँट गर्नुहोस्।
राज्यगीत सुन्नुहोस्। सङ्गीतले हाम्रो मन छुन्छ। अध्ययन गर्नुअघि गीत सुन्यौँ भने यहोवाबारे सिक्न हाम्रो मन तयार हुन्छ।