प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ समुएल विषयवस्तु

      • दाउद बेतसेबासित अवैध यौनसम्बन्ध राख्छन्‌ (१-१३)

      • दाउद उरियाहको ज्यान लिन लगाउँछन्‌ (१४-२५)

      • दाउद बेतसेबालाई आफ्नी पत्नी बनाउँछन्‌ (२६, २७)

२ समुएल ११:१

फुटनोट

  • *

    अर्थात्‌, वसन्त ऋतुमा।

  • *

    यसले दाउदलाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +२स १२:२६
  • +१इ २०:१

२ समुएल ११:३

मार्जिनल रेफरेन्स

  • +१इ ३:५, ९
  • +उत्प १०:१५; व्य २०:१७; २स २३:८, ३९; १रा १५:५
  • +२स १२:२४; १रा १:११

२ समुएल ११:४

फुटनोट

  • *

    उनले यतिबेला महिनावारीपछि आफूलाई चोख्याइरहेको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:१४, १७
  • +लेवी १८:२०; २०:१०; हित ६:३२; हिब्रू १३:४
  • +लेवी १२:२; १५:१९; १८:१९

२ समुएल ११:८

फुटनोट

  • *

    वा “राजाको हिस्सा।” यसको अर्थ हो, आफूले असाध्यै सम्मान गरेको पाहुनालाई दिइने हिस्सा।

२ समुएल ११:११

फुटनोट

  • *

    वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२स ६:१७; ७:२
  • +लेवी १५:१६; १स २१:५

२ समुएल ११:१५

मार्जिनल रेफरेन्स

  • +भज ५१:१४; हित ३:२९

२ समुएल ११:१७

मार्जिनल रेफरेन्स

  • +२स १२:९

२ समुएल ११:२१

मार्जिनल रेफरेन्स

  • +न्या ६:३२; ७:१
  • +न्या ९:५०-५३

२ समुएल ११:२४

मार्जिनल रेफरेन्स

  • +२स ११:१७

२ समुएल ११:२५

मार्जिनल रेफरेन्स

  • +२स १२:२६

२ समुएल ११:२७

मार्जिनल रेफरेन्स

  • +२स ५:१३; १२:९
  • +उत्प ३९:७-९; १रा १५:५; भज ५:६; ११:४; हिब्रू १३:४

अरू

२ समु. ११:१२स १२:२६
२ समु. ११:११इ २०:१
२ समु. ११:३१इ ३:५, ९
२ समु. ११:३उत्प १०:१५; व्य २०:१७; २स २३:८, ३९; १रा १५:५
२ समु. ११:३२स १२:२४; १रा १:११
२ समु. ११:४प्रस्थ २०:१४, १७
२ समु. ११:४लेवी १८:२०; २०:१०; हित ६:३२; हिब्रू १३:४
२ समु. ११:४लेवी १२:२; १५:१९; १८:१९
२ समु. ११:११२स ६:१७; ७:२
२ समु. ११:११लेवी १५:१६; १स २१:५
२ समु. ११:१५भज ५१:१४; हित ३:२९
२ समु. ११:१७२स १२:९
२ समु. ११:२१न्या ६:३२; ७:१
२ समु. ११:२१न्या ९:५०-५३
२ समु. ११:२४२स ११:१७
२ समु. ११:२५२स १२:२६
२ समु. ११:२७२स ५:१३; १२:९
२ समु. ११:२७उत्प ३९:७-९; १रा १५:५; भज ५:६; ११:४; हिब्रू १३:४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ समुएल ११:१-२७

दोस्रो समुएल

११ वर्षको सुरुमा* जब राजाहरू लडाइँ गर्न निस्कन्थे, तब दाउदले अम्मोनीहरूलाई सखाप पार्न योआब र तिनका* सेवकहरू अनि इस्राएलको पूरै सेनालाई पठाए। तिनीहरूले राब्बाहलाई घेरा हाले।+ तर दाउदचाहिँ यरुसलेममै बसे।+

२ एक साँझ दाउद आफ्नो ओछ्यानबाट उठेर महलको कौसीमा टहल्न लागे। तिनले कौसीबाट एउटी स्त्री नुहाइरहेकी देखे। उनी असाध्यै राम्री थिइन्‌। ३ ती स्त्री को हुन्‌ भनी सोधपुछ गर्न दाउदले एक जना मानिस पठाए र उसले यस्तो खबर ल्यायो: “उनी एलिआमकी छोरी+ र हित्ती उरियाहकी+ पत्नी बेतसेबा हुन्‌।”+ ४ अनि दाउदले उनलाई ल्याउन मानिसहरू पठाए।+ उनी दाउदकहाँ आइन्‌ र दाउद उनीसित सुते।+ (उनले आफूलाई चोख्याइरहेको समयमा* यो घटना भयो।)+ त्यसपछि उनी आफ्नो घर फर्किन्‌।

५ उनी गर्भवती भइन्‌ र उनले दाउदलाई आफू गर्भवती भएको खबर पठाइन्‌। ६ तब दाउदले योआबलाई यस्तो खबर पठाए: “हित्ती उरियाहलाई मकहाँ पठाऊ।” अनि योआबले उरियाहलाई दाउदकहाँ पठाए। ७ उरियाह आएपछि दाउदले उनलाई योआब र सबै सिपाहीको हालखबर सोधे अनि लडाइँ कस्तो चल्दै छ भनेर पनि सोधे। ८ दाउदले उरियाहलाई भने: “जाऊ, घरमा गएर आराम गर।” उरियाह राजाको महलबाट निस्केपछि राजाले उनको निम्ति उपहार* पनि पठाए। ९ तर उरियाह आफ्नो घर गएनन्‌। उनी राजाका अरू सेवकहरूसँग महलको प्रवेशद्वारमै सुते। १० दाउदलाई यो खबर दिइयो: “उरियाह आफ्नो घर गएन।” तब दाउदले उरियाहलाई भने: “के तिमी भर्खरै यात्राबाट फर्केका होइनौ र? तिमी किन आफ्नो घर गएनौ?” ११ उरियाहले दाउदलाई भने: “परमेश्‍वरको सन्दुक*+ अनि इस्राएल र यहुदाका मानिसहरू पालमा छन्‌। मेरा मालिक योआब पनि आफ्ना सेवकहरूसँगै खुला मैदानमा पाल टाँगेर बसिरहनुभएको छ। यस्तो बेला म कसरी आफ्नो घर गएर खानपिन गर्न अनि आफ्नी पत्नीसित सुत्न सक्छु र?+ म तपाईँको जीवनको कसम खाएर भन्छु, म यस्तो काम गर्नेछैनँ!”

१२ दाउदले उरियाहलाई भने: “आज पनि यहीँ बस अनि भोलि म तिमीलाई जान दिनेछु।” त्यसैले उरियाह त्यो दिन र त्यसको भोलिपल्ट पनि यरुसलेममै बसे। १३ तब दाउदले उरियाहलाई आफूसित खानपिन गर्न बोलाए र तिनले उरियाहलाई मात्तिनेगरि रक्सी पियाए। तर साँझ परेपछि उरियाह राजाका अरू सेवकहरूसँगै सुत्न गए। उनी आफ्नो घर गएनन्‌। १४ भोलिपल्ट बिहान दाउदले योआबलाई चिठी लेखे अनि उरियाहको हातमा त्यो चिठी पठाए। १५ दाउदले चिठीमा यस्तो लेखेका थिए: “घमासान युद्ध भइरहेको ठाउँमा उरियाहलाई सबैभन्दा अगाडिको पङ्‌क्‍तिमा राख्नू। त्यसपछि तिमीहरूचाहिँ त्यहाँबाट पछि हट्‌नू र उरियाहलाई शत्रुहरूले मारोस्‌।”+

१६ योआब सहरलाई घेरा हालेर बसिरहेका थिए। तिनलाई शत्रुहरूका वीर योद्धाहरू कहाँ तैनाथ छन्‌ भनेर थाह थियो। त्यसैले तिनले उरियाहलाई त्यही ठाउँमा खटाए। १७ त्यस सहरका मानिसहरू योआबसित लड्‌न बाहिर निस्के। लडाइँमा दाउदका केही सिपाही मारिए। मारिनेहरूमध्ये हित्ती उरियाह पनि थिए।+ १८ योआबले दाउदलाई लडाइँबारे सबै खबर पठाए। १९ योआबले त्यो खबर लैजाने व्यक्‍तिलाई यस्तो आदेश दिए: “तिमीले राजालाई लडाइँबारे सबै कुरा बताइसकेपछि २० राजा रिसाउनुहोला र तिमीलाई यसो भन्‍नुहोला: ‘तिमीहरू लडाइँ गर्न सहरको त्यति नजिक किन गयौ? शत्रुहरूले पर्खालबाट काँड हान्‍नेछन्‌ भनेर के तिमीहरूलाई थाह थिएन? २१ यरुब्बेसेथको+ छोरा अबिमेलेक+ थेबेजमा कसरी मरेका थिए, तिमीहरूलाई थाह छैन? एउटी स्त्रीले पर्खालबाट जाँतो खसालेर उनलाई मारेकी होइन र? तिमीहरू पर्खालको त्यति नजिक किन गयौ?’ तब तिमीले राजालाई भन्‍नू, ‘हजुरको दास हित्ती उरियाह पनि मारियो।’”

२२ त्यसपछि ती सन्देशवाहक दाउदकहाँ गएर योआबले भनेका सबै कुरा बताइदिए। २३ ती सन्देशवाहकले दाउदलाई भने: “शत्रुहरू साह्रै शक्‍तिशाली थिए। तिनीहरू मैदानमा हामीलाई आक्रमण गर्न आए। तर हामीले तिनीहरूलाई सहरको मूलढोकासम्म खेद्‌यौँ। २४ दुस्मनका धनुर्धारीहरूले पर्खालबाट हामीलाई काँड हाने अनि हजुरका केही सिपाही मारिए। हजुरको दास हित्ती उरियाह पनि मारियो।”+ २५ यो सुनेपछि दाउदले ती सन्देशवाहकलाई भने: “योआबलाई यसो भन्‍नू: ‘यो कुराले गर्दा हरेस नखाऊ किनकि लडाइँमा कोही न कोही त मरिहाल्छ। पछि नहट, अझै भीषण आक्रमण गरेर सहरलाई कब्जा गर।’+ अनि योआबको हौसला बढाऊ।”

२६ उरियाहकी पत्नीले आफ्नो पतिको मृत्युको खबर सुनेपछि शोक मनाउन थालिन्‌। २७ शोक मनाउने समय पूरा हुनेबित्तिकै दाउदले आफ्ना मानिसहरू पठाएर उनलाई आफ्नो महलमा ल्याए। उनी दाउदकी पत्नी भइन्‌+ र उनले एउटा छोरा जन्माइन्‌। तर दाउदले जे गरेका थिए, त्यो यहोवा परमेश्‍वरको नजरमा असाध्यै खराब थियो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने