प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ समुएल विषयवस्तु

      • दाउदको घराना झन्‌झन्‌ शक्‍तिशाली हुँदै जान्छ (१)

      • दाउदका छोराहरू (२-५)

      • अब्नेर दाउदको पक्ष लिन्छन्‌ (६-२१)

      • योआब अब्नेरलाई मार्छन्‌ (२२-३०)

      • दाउद अब्नेरको लागि विलाप गर्छन्‌ (३१-३९)

२ समुएल ३:१

मार्जिनल रेफरेन्स

  • +१स १५:२७, २८; २४:१७, २०; २६:२५
  • +२स २:१७

२ समुएल ३:२

मार्जिनल रेफरेन्स

  • +१इ ३:१-४
  • +२स १३:१
  • +१स २५:४३

२ समुएल ३:३

मार्जिनल रेफरेन्स

  • +१स २५:४२
  • +२स १५:१२
  • +२स १३:३७

२ समुएल ३:४

मार्जिनल रेफरेन्स

  • +१रा १:५

२ समुएल ३:६

मार्जिनल रेफरेन्स

  • +२स २:८

२ समुएल ३:७

मार्जिनल रेफरेन्स

  • +२स २१:८-११
  • +२स २:१०
  • +२स १६:२१; १रा २:२२

२ समुएल ३:९

मार्जिनल रेफरेन्स

  • +१स १५:२७, २८; भज ७८:७०; ८९:२०

२ समुएल ३:१०

मार्जिनल रेफरेन्स

  • +न्या २०:१; २स २४:२

२ समुएल ३:११

मार्जिनल रेफरेन्स

  • +२स ३:३९

२ समुएल ३:१२

मार्जिनल रेफरेन्स

  • +२स ५:३

२ समुएल ३:१३

मार्जिनल रेफरेन्स

  • +१स १८:२०; १९:११; १इ १५:२९

२ समुएल ३:१४

फुटनोट

  • *

    लिङ्‌गको अघिल्लो भाग छोप्ने छाला।

मार्जिनल रेफरेन्स

  • +२स २:१०
  • +१स १८:२५, २७

२ समुएल ३:१५

मार्जिनल रेफरेन्स

  • +१स २५:४४

२ समुएल ३:१६

मार्जिनल रेफरेन्स

  • +२स १६:५; १रा २:८

२ समुएल ३:१८

मार्जिनल रेफरेन्स

  • +१स १३:१४; १५:२७, २८; १६:१, १३; भज ८९:३, २०; १३२:१७; प्रे १३:२२

२ समुएल ३:१९

मार्जिनल रेफरेन्स

  • +१स १०:२०, २१; १इ १२:२९

२ समुएल ३:२३

मार्जिनल रेफरेन्स

  • +२स ८:१६
  • +१स १४:५१
  • +१स १४:५०; २स २:८, २२

२ समुएल ३:२७

फुटनोट

  • *

    शा., “अब्नेरले आसाहेलको रगत बगाएको हुनाले।”

मार्जिनल रेफरेन्स

  • +२स ३:२०
  • +१रा २:५
  • +२स २:२२, २३

२ समुएल ३:२८

मार्जिनल रेफरेन्स

  • +उत्प ९:६; प्रस्थ २१:१२; गन ३५:३३; व्य २१:९

२ समुएल ३:२९

फुटनोट

  • *

    वा “धागो कात्ने साधन।”

  • *

    यसले लङ्‌गडो पुरुषलाई जनाएको हुन सक्छ, जो स्त्रीहरूले गर्ने काम गर्न बाध्य हुन्छ।

मार्जिनल रेफरेन्स

  • +भज ७:१६; ५५:२३; हित ५:२२
  • +लेवी १५:२
  • +लेवी १३:४४; गन ५:२
  • +व्य २७:२४; भज १०९:२, १०

२ समुएल ३:३०

मार्जिनल रेफरेन्स

  • +२स २:२४
  • +२स २:८
  • +२स २:२३

२ समुएल ३:३४

मार्जिनल रेफरेन्स

  • +१रा २:३१, ३२

२ समुएल ३:३५

फुटनोट

  • *

    शा., “सान्त्वनाको (वा शोकको) रोटी दिनको लागि आए।”

मार्जिनल रेफरेन्स

  • +न्या २०:२६

२ समुएल ३:३७

मार्जिनल रेफरेन्स

  • +२स ३:२८; १रा २:५

२ समुएल ३:३८

मार्जिनल रेफरेन्स

  • +१स १४:५०; २स २:८; ३:१२

२ समुएल ३:३९

मार्जिनल रेफरेन्स

  • +२स २:४
  • +१इ २:१५, १६
  • +२स १९:१३; २०:१०
  • +२स ३:२९; १रा २:५, ३४

अरू

२ समु. ३:११स १५:२७, २८; २४:१७, २०; २६:२५
२ समु. ३:१२स २:१७
२ समु. ३:२१इ ३:१-४
२ समु. ३:२२स १३:१
२ समु. ३:२१स २५:४३
२ समु. ३:३१स २५:४२
२ समु. ३:३२स १५:१२
२ समु. ३:३२स १३:३७
२ समु. ३:४१रा १:५
२ समु. ३:६२स २:८
२ समु. ३:७२स २१:८-११
२ समु. ३:७२स २:१०
२ समु. ३:७२स १६:२१; १रा २:२२
२ समु. ३:९१स १५:२७, २८; भज ७८:७०; ८९:२०
२ समु. ३:१०न्या २०:१; २स २४:२
२ समु. ३:११२स ३:३९
२ समु. ३:१२२स ५:३
२ समु. ३:१३१स १८:२०; १९:११; १इ १५:२९
२ समु. ३:१४२स २:१०
२ समु. ३:१४१स १८:२५, २७
२ समु. ३:१५१स २५:४४
२ समु. ३:१६२स १६:५; १रा २:८
२ समु. ३:१८१स १३:१४; १५:२७, २८; १६:१, १३; भज ८९:३, २०; १३२:१७; प्रे १३:२२
२ समु. ३:१९१स १०:२०, २१; १इ १२:२९
२ समु. ३:२३२स ८:१६
२ समु. ३:२३१स १४:५१
२ समु. ३:२३१स १४:५०; २स २:८, २२
२ समु. ३:२७२स ३:२०
२ समु. ३:२७१रा २:५
२ समु. ३:२७२स २:२२, २३
२ समु. ३:२८उत्प ९:६; प्रस्थ २१:१२; गन ३५:३३; व्य २१:९
२ समु. ३:२९भज ७:१६; ५५:२३; हित ५:२२
२ समु. ३:२९लेवी १५:२
२ समु. ३:२९लेवी १३:४४; गन ५:२
२ समु. ३:२९व्य २७:२४; भज १०९:२, १०
२ समु. ३:३०२स २:२४
२ समु. ३:३०२स २:८
२ समु. ३:३०२स २:२३
२ समु. ३:३४१रा २:३१, ३२
२ समु. ३:३५न्या २०:२६
२ समु. ३:३७२स ३:२८; १रा २:५
२ समु. ३:३८१स १४:५०; २स २:८; ३:१२
२ समु. ३:३९२स १९:१३; २०:१०
२ समु. ३:३९२स ३:२९; १रा २:५, ३४
२ समु. ३:३९२स २:४
२ समु. ३:३९१इ २:१५, १६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ समुएल ३:१-३९

दोस्रो समुएल

३ साउलको घराना र दाउदको घरानाबीच लामो समयसम्म युद्ध चलिरह्‍यो। दाउद झन्‌झनै शक्‍तिशाली हुँदै गए+ तर साउलको घराना भने कमजोर हुँदै गयो।+

२ हेब्रोनमा छँदा दाउदका छोराहरू जन्मिए।+ तिनका जेठा छोरा अम्नोन थिए,+ जसलाई यिज्रेलकी अहिनोमले जन्माएकी थिइन्‌।+ ३ तिनका माहिला छोरा किलाब थिए, जसलाई कर्मेली नाबालकी विधवा अबिगेलले जन्माएकी थिइन्‌।+ तिनका साहिँला छोरा अब्सालोम थिए,+ जसलाई गेसुरका राजा तल्मैकी छोरी माकाहले जन्माएकी थिइन्‌।+ ४ तिनका काहिँला छोरा अदोनियाह थिए,+ जसलाई हग्गिथले जन्माएकी थिइन्‌। अनि ठाहिँला छोरा सेपत्याह थिए, जसलाई अबितलले जन्माएकी थिइन्‌। ५ दाउदका कान्छा छोराचाहिँ इथ्राम थिए, जसलाई दाउदकी पत्नी एग्लाहले जन्माएकी थिइन्‌। हेब्रोनमा जन्मेका दाउदका छोराहरू यी नै हुन्‌।

६ साउलको घराना र दाउदको घरानाबीच युद्ध चलिरहँदा अब्नेरले+ भने साउलको घरानामा आफूलाई झन्‌झन्‌ शक्‍तिशाली बनाउँदै लगे। ७ साउलको रिज्पाह नाम गरेकी एक जना उपपत्नी थिइन्‌,+ जो अय्याकी छोरी थिइन्‌। इस्बोसेतले+ अब्नेरलाई सोधे: “तिमीले किन मेरो बुबाकी उपपत्नीसित यौनसम्बन्ध राख्यौ?”+ ८ इस्बोसेतको कुरा सुनेर अब्नेर रिसले चूर भए र यसो भने: “म यहुदाको कुकुर हुँ र? आजसम्म मैले तपाईँका बुबा साउलको घराना, उहाँका दाजुभाइ र मित्रहरूप्रति अटल प्रेम देखाउँदै आएको छु। तपाईँलाई पनि मैले धोका दिएर दाउदको हातमा सुम्पेको छैन। तर आज मैले एउटी आइमाईको मामिलामा भूल गर्दा के तपाईँ मसित त्यसको हिसाब माग्नुहुन्छ? ९ यहोवा परमेश्‍वरले दाउदसित जुन कसम खानुभएको थियो, मैले त्यसैअनुसार गरिनँ भने उहाँले मलाई अत्यन्तै कडा सजाय देऊन्‌।+ १० उहाँले साउलको घरानाबाट राज्याधिकार खोस्ने अनि सारा इस्राएल र सारा यहुदामाथि अर्थात्‌ दानदेखि बेर्सेबासम्मै दाउदको सिंहासन बसाल्ने कसम खानुभएको थियो।”+ ११ त्यसपछि इस्बोसेतले अब्नेरलाई केही जवाफ दिन सकेनन्‌ किनकि तिनी अब्नेरसित डराउँथे।+

१२ तब अब्नेरले सन्देशवाहकहरूमार्फत दाउदकहाँ तुरुन्तै यो सन्देश पठाए: “यस देशमाथि कसको अधिकार छ?” तिनले यसो पनि भने: “मसँग करार गर्नुहोस्‌ र सारा इस्राएललाई तपाईँको पक्षमा ल्याउन म कुनै कसर बाँकी राख्नेछैनँ।”+ १३ दाउदले यस्तो जवाफ पठाए: “ठीक छ, म तिमीसित करार गर्नेछु। तर मेरो एउटा काम गरिदेऊ। तिमी मलाई भेट्‌न आउँदा साउलकी छोरी मिकललाई पनि साथमा ल्याउनू। होइन भने तिमी मेरो अगाडि देखै नपर्नू।”+ १४ त्यसपछि दाउदले आफ्ना सन्देशवाहकहरूमार्फत साउलका छोरा इस्बोसेतकहाँ यो सन्देश पठाए:+ “मलाई मेरी पत्नी मिकल फिर्ता देऊ, जससित मगनी गर्न मैले १०० जना पलिस्तियालीको खलडी* दामस्वरूप तिरेको थिएँ।”+ १५ त्यसैले मिकललाई ल्याउन इस्बोसेतले आफ्ना मानिसहरू तिनका पति पल्तिएलको घरमा पठाए,+ जो लेसका छोरा थिए। १६ तर पल्तिएल मिकलको पछिपछि लागे अनि रुँदै-रुँदै बाहुरिमसम्मै आइपुगे।+ त्यसपछि अब्नेरले उनलाई भने: “फर्केर जाऊ!” तब उनी फर्केर गए।

१७ अब्नेरले इस्राएलका नाइकेहरूकहाँ यस्तो सन्देश पठाएका थिए: “केही समयदेखि तपाईँहरूले दाउदलाई आफ्ना राजा बनाउन खोज्नुभएको थियो। १८ अब त्यसै गर्नुहोस्‌ किनकि यहोवा परमेश्‍वरले दाउदलाई यसो भन्‍नुभएको छ: ‘म आफ्ना सेवक दाउदमार्फत+ आफ्नो प्रजा इस्राएलीहरूलाई पलिस्तियालीहरू र तिनीहरूका सारा शत्रुहरूको हातबाट जोगाउनेछु।’” १९ त्यसपछि अब्नेरले बिन्यामिनीहरूसित कुरा गरे+ अनि हेब्रोन गए। किनकि तिनी दाउदलाई एकान्तमा भेटेर इस्राएलीहरू र बिन्यामिनीहरू कुन कुरामा सहमत भएका छन्‌ भनी बताउन चाहन्थे।

२० जब अब्नेर आफ्ना २० जना मानिससित हेब्रोनमा दाउदकहाँ पुगे, तब दाउदले अब्नेर र तिनीसित आएका मानिसहरूका निम्ति भोज दिए। २१ त्यसपछि अब्नेरले दाउदलाई यसो भने: “हे मेरा प्रभु, मेरा महाराज! अब मलाई जाने अनुमति दिनुहोस्‌। म गएर सारा इस्राएललाई तपाईँसामु जम्मा गर्नेछु र तिनीहरूले तपाईँसित करार गर्नेछन्‌। त्यसपछि तपाईँ आफूले चाहेअनुसारै पूरै देशको राजा बन्‍न सक्नुहुनेछ।” तब दाउदले अब्नेरलाई बिदा गरे र तिनी शान्तिसित आफ्नो बाटो लागे।

२२ त्यति नै खेर दाउदका सेवकहरू र योआब एउटा ठाउँमा आक्रमण गरी प्रशस्त धनमाल लुटेर फर्के। त्यतिबेला अब्नेर हेब्रोनमा थिएनन्‌ किनकि दाउदले तिनलाई शान्तिसित बिदा गरिसकेका थिए। २३ योआब+ र तिनीसित भएका सबै सिपाही फर्किसकेपछि तिनलाई यो खबर सुनाइयो: “नेरका+ छोरा अब्नेर+ राजालाई भेट्‌न आएका थिए। राजाले उनलाई बिदाबारी गरेर पठाउनुभयो अनि उनी शान्तिपूर्वक आफ्नो बाटो लागे।” २४ त्यसैले योआबले राजाकहाँ गएर भने: “तपाईँले यो के गर्नुभयो? अब्नेर तपाईँकहाँ आएका थिए तर तपाईँले उसलाई किन त्यसै छोडिदिनुभयो? २५ नेरको छोरा अब्नेर कस्तो छ भनेर तपाईँलाई थाहै छ! ऊ तपाईँलाई मूर्ख बनाउन यहाँ आएको थियो। तपाईँको एक-एक चाल बुझ्न र तपाईँको हरेक कामको जासुसी गर्न ऊ यहाँ आएको थियो।”

२६ त्यसपछि योआब दाउदको सामनेबाट गए र तिनले आफ्ना सन्देशवाहकहरूलाई अब्नेरको पछिपछि पठाए। तिनीहरूले अब्नेरलाई सिराहको इनारबाट फर्काएर ल्याए। तर यसबारे दाउदलाई केही थाह थिएन। २७ अब्नेर हेब्रोनमा फर्केपछि+ योआबले तिनीसित गुप्तमा कुरा गर्ने बहाना बनाएर तिनलाई मूलढोकाभित्र एउटा कुनामा लगे। तर त्यहाँ योआबले तिनको भुँडीमा तरबारले घोपिदिए र तिनी त्यहीँ मरे।+ आफ्नो भाइ आसाहेललाई अब्नेरले मारेको हुनाले* योआबले यसो गरेका थिए।+ २८ केही समयपछि जब दाउदले यसबारे सुने, तब तिनले भने: “नेरका छोरा अब्नेरको हत्याको लागि यहोवा परमेश्‍वरसामु म र मेरो राज्य कुनै हालतमा दोषी ठहरिनेछैनौँ।+ २९ अब्नेरको हत्याको दोष योआब र उसको बुबाको सम्पूर्ण घरानामाथि परोस्‌।+ योआबको घरानामा धातु बग्ने रोग लागेको,+ कुष्ठरोग लागेको,+ कतुवा* चलाउने,* तरबारले मारिने वा खान नपाएर भोकभोकै बस्नुपर्ने मान्छेको कहिल्यै कमी नहोस्‌!”+ ३० योआब र तिनका दाइ अबिसैले+ अब्नेरलाई+ मारे किनकि अब्नेरले तिनीहरूका भाइ आसाहेललाई गिबोनको युद्धमा मारेका थिए।+

३१ त्यसपछि दाउदले योआब र तिनीसित भएका सबै मानिसलाई भने: “आ-आफ्नो लुगा च्यात, भाङ्‌ग्रा लगाओ र अब्नेरको लागि विलाप गर।” राजा दाउदचाहिँ अब्नेरको अरथीको पछिपछि हिँडे। ३२ तिनीहरूले अब्नेरलाई हेब्रोनमा गाडे। अब्नेरको चिहानमा राजा दाउद डाँको छोडेर रोए र अरू सबै मानिस पनि रुन थाले। ३३ राजाले अब्नेरको विषयमा यस्तो शोकगीत गाए:

“हाय! अब्नेर किन एउटा निकम्मा मानिसझैँ मर्नुपऱ्‍यो?

३४ तिम्रा हात बाँधिएका थिएनन्‌,

न त तिम्रा खुट्टा नै साङ्‌लाले बाँधिएका थिए।

तैपनि तिमी अपराधीहरूको सिकार भएको मानिसझैँ मऱ्‍यौ।”+

यो सुनेर सबै जना फेरि अब्नेरका लागि रुन थाले।

३५ पछि सबै मानिस दाउदलाई केही खानको लागि मनाउन आए।* त्यतिबेला साँझ परिसकेको थिएन। अनि दाउदले यस्तो कसम खाए: “घाम अस्ताउनुअघि मैले रोटी अथवा अरू केही आफ्नो मुखमा हालेँ भने परमेश्‍वरले मलाई अत्यन्तै कडा सजाय देऊन्‌!”+ ३६ यो कुरा सबैले देखे र तिनीहरूलाई यो कुरा चित्त बुझ्यो। राजाले गरेका अरू सबै कामजस्तै यो कुरा पनि सबै मानिसलाई मन पऱ्‍यो। ३७ यसरी दाउदका सबै मानिस र सारा इस्राएलीहरूले नेरका छोरा अब्नेरको हत्यामा राजाको केही हात थिएन भनेर त्यो दिन थाह पाए।+ ३८ त्यसपछि राजाले आफ्ना सेवकहरूलाई भने: “आज इस्राएलमा एक जना नाइकेको, एक महान्‌ व्यक्‍तिको मृत्यु भएको छ भनेर के तिमीहरूलाई थाह छैन?+ ३९ हुनत मलाई राजा अभिषेक गरिएको छ तर आज म निकै कमजोर भएको छु+ किनकि जेरुयाहका+ यी छोराहरू साह्रै क्रूर छन्‌।+ यहोवा परमेश्‍वरले दुष्टलाई त्यसको दुष्ट कामको प्रतिफल देऊन्‌।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने