भजनसङ्ग्रह
दाउदले गरेको प्रशंसा।
א [आलेफ]
१४५ हे मेरा परमेश्वर, मेरा महाराज, म तपाईँको महिमा गर्नेछु,+
म तपाईँको नामको सदासर्वदा प्रशंसा गर्नेछु।+
ב [बेथ]
ג [गिमेल]
ד [दालेथ]
४ एकपछि अर्को पुस्ताले तपाईँका कामहरूको प्रशंसा गर्नेछ;
तिनीहरूले तपाईँका शक्तिशाली कामहरूको बखान गर्नेछन्।+
ה [हे]
५ तिनीहरूले तपाईँको महिमित वैभव र गौरवबारे बताउनेछन्+
अनि म तपाईँका आश्चर्यजनक कामहरूमा मनन गर्नेछु।
ו [वाव]
६ तिनीहरूले भय र श्रद्धा जगाउने तपाईँका कामहरूबारे* बताउनेछन्
अनि म तपाईँको महानताको घोषणा गर्नेछु।
ז [जयिन]
७ मुहानबाट पानी निस्केझैँ तपाईँको अपार भलाइ देखेर तिनीहरूको मुखबाट प्रशंसा निस्कनेछ+
अनि तपाईँ न्यायी हुनुभएकोले तिनीहरू खुसीले कराउनेछन्।+
ח [हेत]
ט [टेथ]
९ यहोवा सबैको भलाइ गर्नुहुन्छ+
अनि उहाँका सबै काममा उहाँको कृपा झल्किन्छ।
י [योद]
१० हे यहोवा, तपाईँका सबै सृष्टिले तपाईँको महिमा गर्नेछन्+
अनि तपाईँका वफादार सेवकहरूले तपाईँको प्रशंसा गर्नेछन्।+
כ [काफ]
ל [लामेद]
מ [मेम]
१३ तपाईँको शासन सदासर्वदा कायम रहिरहन्छ।
अनि तपाईँको राज्य पुस्तौँपुस्तासम्म रहिरहन्छ।+
ס [सामेख]
ע [अयिन]
१५ सबैका आँखाले तपाईँकै बाटो हेर्छन्;
तपाईँ तिनीहरूलाई ठीक समयमा आहारा दिनुहुन्छ।+
פ [पे]
१६ तपाईँ आफ्नो मुठी खोल्नुहुन्छ
अनि सबै जीवको इच्छा पूरा गरिदिनुहुन्छ।+
צ [सादे]
ק [कोफ]
१८ यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्,+
ר [रेश]
१९ उहाँको डर मान्ने सबैको इच्छा उहाँ पूरा गरिदिनुहुन्छ;+
उहाँ तिनीहरूको गुहार सुन्नुहुन्छ र तिनीहरूको उद्धार गर्नुहुन्छ।+
ש [शिन]
ת [ताव]