यसैया
१५ मोआबविरुद्ध घोषणा:+
मोआबको अर+ सहरको बोली बन्द भएको छ
किनकि त्यो एकै रातमा ध्वस्त भयो।
मोआबको किर+ सहरको बोली बन्द भएको छ
किनकि त्यो एकै रातमा तहसनहस भयो।
नेबो+ र मेदेबाको+ निम्ति मोआब विलाप गर्दै छ।
सबैले कपाल खौरेका छन्,+ दाह्री काटेका छन्।+
३ तिनीहरूले सडकमा भाङ्ग्रा ओढेका छन्।
तिनीहरू घरका छत-छतमा र चोक-चोकमा डाँको छोडी रुन्छन्;
रुँदा-रुदै तिनीहरू लड्छन्।+
त्यसैले मोआबका सिपाहीहरू चिच्याइरहन्छन्।
मोआब डरले थरथर काँपिरहेको छ।
५ मोआबको हालत देखेर मेरो मन रोइरहेको छ।
त्यहाँबाट भागेका मोआबीहरू जोअर+ र एग्लाथ-सिलिसियाहसम्मै+ पुगेका छन्।
मानिसहरू रुँदै लुहिथको उकालो चढ्छन्,
होरोनैमतिर जाँदा तिनीहरू विपत्ति सम्झेर रुँदै हिँड्छन्।+
६ निम्रिमका नदीहरू सुकेका छन्।
हरिया घाँस सबै ओइलाएका छन्।
घाँस सुकेकोले कतै पनि हरियाली छैन।
७ त्यसैले आफूसित बाँकी रहेका सबै सरसामान र सरसम्पत्ति लिएर तिनीहरू गइरहेका छन्।
८ तिनीहरूको रोदन मोआबभरि+ गुञ्जिएको छ।
तिनीहरू रोएको आवाज एग्लैमसम्मै
र बेर-एलिमसम्मै सुनिएको छ।
९ दिमोनका नदीहरू रगतै-रगत भएका छन्।+
तर म दिमोनमाथि अझै अर्को विपत्ति ल्याउनेछु:
मोआबबाट उम्केकाहरू अनि मोआबमा बाँकी रहेकाहरूजति सबै
सिंहको सिकार हुनेछन्।