प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया १६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • मोआबविरुद्ध बाँकी घोषणा (१-१४)

यसैया १६:१

फुटनोट

  • *

    “सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।

यसैया १६:२

फुटनोट

  • *

    पैदल नै तर्न सकिने गहिराइ कम भएको नदीको भाग।

मार्जिनल रेफरेन्स

  • +गन २१:१३
  • +यर्मि ४८:१९

यसैया १६:४

मार्जिनल रेफरेन्स

  • +यर्मि ४८:८, ४२

यसैया १६:५

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२स ७:१६, १७
  • +भज ४५:६; ७२:१, २; यसै ९:६, ७; ३२:१; यर्मि २३:५

यसैया १६:६

मार्जिनल रेफरेन्स

  • +यर्मि ४८:२६, २९; सप २:९, १०
  • +आमो २:१

यसैया १६:७

फुटनोट

  • *

    यसले किसमिसलाई थिचेर बनाइएको रोटीलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +यसै १५:२; यर्मि ४८:२०
  • +२रा ३:२४, २५

यसैया १६:८

फुटनोट

  • *

    वा “लटरम्म रातो अङ्‌गुर फलेका हाँगाबिँगालाई।”

मार्जिनल रेफरेन्स

  • +यहो १३:१५, १७
  • +गन ३२:३७, ३८; यहो १३:१५, १९
  • +यहो १३:२४, २५; यर्मि ४८:३२

यसैया १६:९

फुटनोट

  • *

    वा सम्भवतः “किनकि तिम्रा ग्रीष्म ऋतुका फलहरू र फसलविरुद्ध युद्धको बिगुल फुकिनेछ।”

मार्जिनल रेफरेन्स

  • +यसै १५:४; यर्मि ४८:३४

यसैया १६:१०

मार्जिनल रेफरेन्स

  • +यर्मि ४८:३३
  • +सप २:९

यसैया १६:११

मार्जिनल रेफरेन्स

  • +यसै १५:५; यर्मि ४८:३६
  • +यसै १५:१

यसैया १६:१२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यर्मि ४८:७, ३५

यसैया १६:१४

फुटनोट

  • *

    शा., “ज्यालादारी मजदुरको जस्तो तीन वर्षभित्रै।” ज्यालादारी मजदुरको समय पहिल्यै तोकिएको हुन्थ्यो, एक दिन पनि घटबढ गरिँदैन थियो।

मार्जिनल रेफरेन्स

  • +यसै २५:१०; यर्मि ४८:४६, ४७; सप २:९

अरू

यसै. १६:२गन २१:१३
यसै. १६:२यर्मि ४८:१९
यसै. १६:४यर्मि ४८:८, ४२
यसै. १६:५२स ७:१६, १७
यसै. १६:५भज ४५:६; ७२:१, २; यसै ९:६, ७; ३२:१; यर्मि २३:५
यसै. १६:६यर्मि ४८:२६, २९; सप २:९, १०
यसै. १६:६आमो २:१
यसै. १६:७यसै १५:२; यर्मि ४८:२०
यसै. १६:७२रा ३:२४, २५
यसै. १६:८यहो १३:१५, १७
यसै. १६:८गन ३२:३७, ३८; यहो १३:१५, १९
यसै. १६:८यहो १३:२४, २५; यर्मि ४८:३२
यसै. १६:९यसै १५:४; यर्मि ४८:३४
यसै. १६:१०यर्मि ४८:३३
यसै. १६:१०सप २:९
यसै. १६:११यसै १५:५; यर्मि ४८:३६
यसै. १६:११यसै १५:१
यसै. १६:१२यर्मि ४८:७, ३५
यसै. १६:१४यसै २५:१०; यर्मि ४८:४६, ४७; सप २:९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया १६:१-१४

यसैया

१६ देशका शासकको निम्ति एउटा थुमा पठाऊ।

त्यसलाई सेलाबाट निर्जनभूमिको बाटो हुँदै

सियोनकी छोरीको* डाँडामा पठाऊ।

 २ अर्नोनका जँघारहरूमा*+ मोआबका छोरीहरूको हालत

गुँडबाट धपाइएको चराको जस्तै हुनेछ।+

 ३ “सल्लाह देऊ; जे निर्णय भएको छ, त्यसलाई पूरा गर।

मध्यदिनमा तिम्रो छायालाई रातजस्तै अन्धकार बनाऊ।

तितरबितर भएकाहरूलाई लुकाऊ; भगुवाहरूलाई धोका नदेऊ।

 ४ ए मोआब, तितरबितर भएका मेरा मानिसहरूलाई तिमीकहाँ बस्न देऊ।

तिमी तिनीहरूका लागि लुक्ने ठाउँ बन र विनाश गर्नेको हातबाट तिनीहरूलाई जोगाऊ।+

अत्याचारीको नाश हुनेछ,

विनाश रोकिनेछ,

अरूलाई कुल्चीमिल्ची गर्नेहरू पृथ्वीबाट मेटिनेछन्‌।

 ५ त्यसपछि एउटा सिंहासन स्थिर गराइनेछ, जुन अटल प्रेममा* बसालिनेछ।

दाउदको पालमा बसेर त्यसमा विराजमान हुने शासक भरोसायोग्य हुनेछन्‌।+

तिनले ठीकसित न्याय गर्नेछन्‌ र असल काम गर्न ढिला गर्नेछैनन्‌।”+

 ६ हामीले मोआबको घमन्डबारे सुनेका छौँ; ऊ निकै हठी छ।+

उसको अहङ्‌कार, घमन्ड र क्रोधबारे हामीले सुनेका छौँ।+

तर उसका खोक्रा कुरा बेकार साबित हुनेछन्‌।

 ७ त्यसैले मोआबले आफ्नो पतनमा विलाप गर्नेछ।

त्यहाँका सबै बासिन्दाले शोक गर्नेछन्‌।+

चोट खानेजति सबै किर-हरेसेथको+ किसमिसको रोटी* सम्झेर रुनेछन्‌।

 ८ किनकि हेस्बोनका+ खेतका गराहरू सुकेका छन्‌।

सिब्माहको+ अङ्‌गुरको बोटका चहकिला राता हाँगाबिँगालाई*

जातिजातिका राजाहरूले कुल्चीमिल्ची गरेका छन्‌।

ती हाँगाबिँगा टाढा याजेरसम्म+ फैलिएका थिए;

ती निर्जनभूमिसम्मै पुगेका थिए;

ती फैलिएर समुद्रसम्मै पुगेका थिए।

 ९ त्यसैले जसरी मैले याजेरको निम्ति शोक गरेको थिएँ, त्यसरी नै सिब्माहको अङ्‌गुरको बोटको निम्ति पनि शोक गर्नेछु।

ए हेस्बोन र एलालेह!+ म तिमीहरूलाई आफ्नो आँसुले भिजाउनेछु।

किनकि ग्रीष्म ऋतुका फलहरू र उब्जनीको निम्ति तिमीहरूको रमाहट खतम भएको छ।*

१० बगानबाट हर्ष र खुसीयाली लुटिएको छ।

तिम्रा अङ्‌गुर बगानहरूमा खुसी र उमङ्‌गको गीत वा रमाहटको स्वर गुञ्जिँदैन।+

कोलमा अङ्‌गुर कुल्चेर मद्य निकाल्ने काम बन्द भएको छ

किनकि मैले तिनीहरूको रमाहटको स्वर बन्द गरिदिएको छु।+

११ त्यसैले म भित्रभित्रै मोआबको निम्ति विलाप गर्दै छु।+

वीणाका तारहरूको झन्कारझैँ

मेरो मनले किर-हरेसेथको+ निम्ति शोक गरिरहेको छ।

१२ मोआबले अग्लो थानमा* गएर आफूलाई थकित बनाए पनि र आफ्नो पूजाथानमा गएर जति नै बिन्ती-पुकारा गरे पनि उसलाई केही फाइदा हुनेछैन।+

१३ मोआबबारे यहोवाले पहिला नै दिनुभएको सन्देश यही हो। १४ अब यहोवा यसो भन्‍नुहुन्छ: “ज्यालादारी मजदुरको तीन वर्षभित्रै* मोआबको गौरव चर्को होहल्ला र खैलाबैलासहित धुलोमा मिल्नेछ। असाध्यै थोरै मानिस बाँकी रहनेछन्‌, तिनीहरू नभएको बराबर हुनेछन्‌।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने