प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर तिमीहरू यहोवा परमेश्‍वरविरुद्ध खडा नहोओ अनि त्यहाँका मानिसहरूसित नडराओ+ किनभने हामी उनीहरूलाई सजिलै हराउन सक्छौँ।* उनीहरूको सुरक्षा गर्ने कोही छैन तर हाम्रो साथमा यहोवा परमेश्‍वर हुनुहुन्छ।+ त्यसैले उनीहरूसित नडराओ।”

  • व्यवस्था २०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिनले यसो भनून्‌: ‘हे इस्राएली हो, सुन! तिमीहरू शत्रुहरूसँग युद्ध गर्न जाँदै छौ। साहसी होओ। शत्रुहरूदेखि नडराओ, त्रसित नहोओ र डरले थरथर नकाँप।

  • २ इतिहास २०:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ याहजिएलले यसो भने: “हे सारा यहुदाका मानिसहरू, यरुसलेमका बासिन्दाहरू र राजा यहोसापात! ध्यान दिएर सुन्‍नुहोस्‌। यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘यो विशाल सेनासित नडराओ, त्रसित नहोओ किनकि लडाइँ तिमीहरूको होइन, परमेश्‍वरको हो।+

  • २ इतिहास २०:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ यो लडाइँ तिमीहरूले लड्‌नुपर्नेछैन। आ-आफ्नो स्थानमा खडा रहो+ र यहोवा परमेश्‍वरले कसरी तिमीहरूको उद्धार गर्नुहुँदो रहेछ, सो हेर।+ हे यहुदा र यरुसलेम, नडराओ, त्रसित नहोओ।+ भोलि तिमीहरू तिनीहरूसित लड्‌न जाओ र यहोवा परमेश्‍वरले तिमीहरूलाई साथ दिनुहुनेछ।’”+

  • भजन २७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ यहोवा मेरो ज्योति+ र मेरो उद्धारक हुनुहुन्छ।

      म कोसँग डराउनु र?+

      यहोवा मेरो जीवनको बलियो किल्ला हुनुहुन्छ।+

      म कोदेखि त्रसित हुनु र?

  • भजन ४६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ परमेश्‍वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ,+

      दुःखको समयमा सजिलै पाइने मदतगार।+

  • यसैया ४१:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने