-
यहोसु ७:२४-२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ त्यसपछि यहोसु र सबै इस्राएलीले जेरह वंशका आकान,+ तिनले चोरेको चाँदी, महँगो पोसाक, सुनको लाप्सो,+ तिनका छोराछोरी, गोरु, गधा, भेडाबाख्रा, तिनको पाल र तिनीसँग भएका सबै थोक जम्मा गरे र तिनीहरूलाई आकोर बेँसीमा लगे।+ २५ अनि यहोसुले भने: “तिमीले हामीमाथि किन यस्तो विपत्ति* निम्त्यायौ?+ अब यहोवा परमेश्वरले तिमीमाथि विपत्ति ल्याउनुहुनेछ।” अनि सबै इस्राएलीले तिनीहरूलाई ढुङ्गाले हाने+ र जलाइदिए।+ यसरी इस्राएलीहरूले तिनीहरू सबैलाई ढुङ्गाले हिर्काएर मारे। २६ अनि इस्राएलीहरूले आकानको लासमाथि ढुङ्गाको थुप्रो लगाइदिए। ढुङ्गाको त्यो थुप्रो आजसम्म पनि त्यहीँ छ। त्यसपछि यहोवा परमेश्वरको क्रोध शान्त भयो।+ त्यसैले अहिले पनि त्यस ठाउँलाई आकोर* बेँसी भनिन्छ।
-