प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २४:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ बेबिलोनका राजाले यरुसलेमका भारदारहरू,+ वीर योद्धाहरू, शिल्पकारहरू र धातुको काम गर्नेहरूलगायत सबैलाई+—जम्मा १० हजार जनालाई बन्दी बनाएर लगे। तिनले असाध्यै गरिबहरूलाई मात्र लगेनन्‌।+ १५ यसरी तिनले यरुसलेमबाट यहोयाकिनका+ साथै राजमाता, रानीहरू, दरबारका अफिसरहरू र देशका गण्यमान्य मानिसहरूलाई बन्दी बनाएर बेबिलोन लगे।+

  • १ इतिहास ३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ यहोयाकिमका छोरा येकोनिया+ थिए। येकोनियाका छोरा सिदकियाह थिए।

  • २ इतिहास ३६:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ राजा हुँदा यहोयाकिन+ १८ वर्षका थिए र उनले यरुसलेममा तीन महिना दस दिन शासन गरे। उनले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ १० वर्षको सुरुमा* राजा नबुकद्‌नेजरले यहोयाकिनलाई पक्रेर बेबिलोन ल्याउन+ आफ्ना सेवकहरू पठाए। उनले आफ्ना सेवकहरूलाई यहोवा परमेश्‍वरको भवनमा भएका बहुमूल्य सरसामान पनि ल्याउन लगाए।+ त्यसपछि उनले यहोयाकिनका काका सिदकियाहलाई यहुदा र यरुसलेममाथि राजा नियुक्‍त गरे।+

  • यर्मिया २२:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ के कोन्याह हेला गरेर एकातिर मिल्काइएको

      अनि कसैले पनि आफूसित राख्न नचाहने फुटेको भाँडो हुन्‌ र?

      तिनी र तिनका सन्तान किन हुर्ऱ्याइए?

      किन तिनीहरू बिरानो देशमा धपाइए?’+

  • यर्मिया २४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ बेबिलोनका राजा नबुकद्‌नेजरले* यहुदाका राजा येकोनिया,*+ जो यहोयाकिमका+ छोरा थिए, तिनलाई यहुदाका भारदारहरू, कालिगडहरू र धातुको काम गर्नेहरूसँगै* यरुसलेमबाट बेबिलोनमा कैदी बनाएर लगे।+ त्यसपछि यहोवाले मलाई दुई टोकरी अन्जिर देखाउनुभयो। ती टोकरीहरू यहोवाको मन्दिरअगाडि थिए।

  • यर्मिया ३७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ यहोयाकिमका छोरा कोन्याहको* ठाउँमा योसियाहका छोरा राजा सिदकियाहले+ शासन गर्न थाले+ किनकि तिनलाई बेबिलोनका राजा नबुकद्‌नेजरले* यहुदाका राजा नियुक्‍त गरेका थिए।+

  • यर्मिया ५२:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ यहुदाका राजा यहोयाकिन निर्वासित भएको+ ३७ औँ वर्षको १२ औँ महिनाको २५ औँ दिनमा बेबिलोनका राजा एबिल-मरोदकले यहोयाकिनलाई कैदमुक्‍त गरे।*+ त्यसै वर्ष एबिल-मरोदक राजा नियुक्‍त भएका थिए।

  • मत्ति १:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहुदीहरूलाई बन्दी बनाएर बेबिलोन लगिएको बेला+ योसियाहबाट+ येकोनिया+ र तिनका दाजुभाइ जन्मिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने