-
व्यवस्था २८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+
-
-
यहोसु ७:२४, २५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ त्यसपछि यहोसु र सबै इस्राएलीले जेरह वंशका आकान,+ तिनले चोरेको चाँदी, महँगो पोसाक, सुनको लाप्सो,+ तिनका छोराछोरी, गोरु, गधा, भेडाबाख्रा, तिनको पाल र तिनीसँग भएका सबै थोक जम्मा गरे र तिनीहरूलाई आकोर बेँसीमा लगे।+ २५ अनि यहोसुले भने: “तिमीले हामीमाथि किन यस्तो विपत्ति* निम्त्यायौ?+ अब यहोवा परमेश्वरले तिमीमाथि विपत्ति ल्याउनुहुनेछ।” अनि सबै इस्राएलीले तिनीहरूलाई ढुङ्गाले हाने+ र जलाइदिए।+ यसरी इस्राएलीहरूले तिनीहरू सबैलाई ढुङ्गाले हिर्काएर मारे।
-
-
एस्तर ९:२४, २५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ किनकि अगागी+ हाम्मेदाथाका छोरा, सबै यहुदीका शत्रु हामानले+ यहुदीहरूलाई नाश गर्ने षड्यन्त्र रचेका थिए+ अनि उनीहरूलाई आतङ्कित पार्न र नाश गर्न पूर+ अर्थात् गोला हालेका थिए। २५ तर जब एस्तर राजासामु गइन्, तब राजाले यस्तो लिखित आदेश दिए:+ “हामानले षड्यन्त्र रचेर यहुदीहरूमाथि जुन विपत्ति ल्याउन खोजेको थियो,+ त्यो विपत्ति त्यसकै थाप्लोमा परोस्।” त्यसपछि तिनीहरूले हामानलाई र तिनका छोराहरूलाई खम्बामा झुन्ड्याए।+
-