प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ११८:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ जुन ढुङ्‌गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने,

      त्यही ढुङ्‌गो नै कुनाको शिरढुङ्‌गो बनेको छ।+

  • यसैया २८:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:

      “म सियोनको जग बसाल्न पारख गरिएको ढुङ्‌गा हाल्दै छु,+

      त्यो कुनाको अनमोल ढुङ्‌गा,+ जसले जगलाई बलियो बनाउनेछ।+

      अनि त्यसमाथि विश्‍वास गर्ने कोही पनि आत्तिनुपर्नेछैन।+

  • मत्ति २१:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ येसुले तिनीहरूलाई भन्‍नुभयो: “के तिमीहरूले धर्मशास्त्रमा कहिल्यै पढेका छैनौ, ‘जुन ढुङ्‌गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्‌गो नै कुनाको शिरढुङ्‌गो बनेको छ।+ यहोवाले* त्यसो गर्नुभएको हो र यो हाम्रो नजरमा अति अचम्मको छ’?+

  • एफिसी २:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तिमीहरू प्रेषितहरू अनि भविष्यवक्‍ताहरूको+ जगमाथि निर्माण गरिएको भवन हौ अनि ख्रिष्ट येसुचाहिँ त्यस जगको कुनाको ढुङ्‌गो+ हुनुहुन्छ।

  • १ पत्रुस २:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ किनकि धर्मशास्त्रमा यस्तो लेखिएको छ: “हेर, म सियोनमा एउटा चुनिएको ढुङ्‌गो बसाल्दै छु, जुन जगको कुनाको अनमोल ढुङ्‌गो हो; त्यसमाथि विश्‍वास गर्ने कोही पनि कहिल्यै निराश हुनेछैन।”*+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने