प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • दिनाको इज्जत लुटिन्छ (१-१२)

      • याकुबका छोराहरू छल गर्छन्‌ (१३-३१)

उत्पत्ति ३४:१

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:१९, २१; ४६:१५
  • +उत्प २६:३४, ३५; २७:४६

उत्पत्ति ३४:२

मार्जिनल रेफरेन्स

  • +व्य ७:१; १इ १:१३-१५

उत्पत्ति ३४:४

मार्जिनल रेफरेन्स

  • +उत्प ३३:१८, १९

उत्पत्ति ३४:७

मार्जिनल रेफरेन्स

  • +हिब्रू १३:४
  • +२स १३:२२

उत्पत्ति ३४:९

मार्जिनल रेफरेन्स

  • +उत्प २४:२, ३

उत्पत्ति ३४:१२

मार्जिनल रेफरेन्स

  • +उत्प २४:५३; होसे ३:२

उत्पत्ति ३४:१४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +उत्प १७:९, १२

उत्पत्ति ३४:१५

मार्जिनल रेफरेन्स

  • +उत्प १७:१०

उत्पत्ति ३४:१८

मार्जिनल रेफरेन्स

  • +उत्प ३३:१८, १९
  • +उत्प ३४:२

उत्पत्ति ३४:१९

मार्जिनल रेफरेन्स

  • +उत्प ३४:१५

उत्पत्ति ३४:२०

मार्जिनल रेफरेन्स

  • +जक ८:१६

उत्पत्ति ३४:२१

मार्जिनल रेफरेन्स

  • +उत्प ३४:८, ९

उत्पत्ति ३४:२२

मार्जिनल रेफरेन्स

  • +उत्प १७:११

उत्पत्ति ३४:२५

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:१५
  • +उत्प ४९:५-७

उत्पत्ति ३४:२७

मार्जिनल रेफरेन्स

  • +उत्प ३४:२

उत्पत्ति ३४:३०

फुटनोट

  • *

    वा “तिमीहरूले गर्दा म समाजबाट निकालिने भएँ।”

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:५

अरू

उत्प. ३४:१उत्प ३०:१९, २१; ४६:१५
उत्प. ३४:१उत्प २६:३४, ३५; २७:४६
उत्प. ३४:२व्य ७:१; १इ १:१३-१५
उत्प. ३४:४उत्प ३३:१८, १९
उत्प. ३४:७हिब्रू १३:४
उत्प. ३४:७२स १३:२२
उत्प. ३४:९उत्प २४:२, ३
उत्प. ३४:१२उत्प २४:५३; होसे ३:२
उत्प. ३४:१४उत्प १७:९, १२
उत्प. ३४:१५उत्प १७:१०
उत्प. ३४:१८उत्प ३३:१८, १९
उत्प. ३४:१८उत्प ३४:२
उत्प. ३४:१९उत्प ३४:१५
उत्प. ३४:२०जक ८:१६
उत्प. ३४:२१उत्प ३४:८, ९
उत्प. ३४:२२उत्प १७:११
उत्प. ३४:२५उत्प ४६:१५
उत्प. ३४:२५उत्प ४९:५-७
उत्प. ३४:२७उत्प ३४:२
उत्प. ३४:३०उत्प ४९:५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति ३४:१-३१

उत्पत्ति

३४ लेआबाट जन्मिएकी याकुबकी छोरी दिना+ कनान देशका केटीहरूलाई भेट्‌न गइरहन्थिन्‌।+ २ दिना आउने-जाने गरेको त्यहाँका मुखिया हिव्वी+ हामोरका छोरा सकेमले याद गरिरहेका थिए। एकदिन तिनले दिनासित जबरजस्ती गरे र उनको इज्जत लुटे। ३ त्यसपछि सकेमले याकुबकी छोरी दिनालाई साह्रै मन पराउन थाले। सकेम दिनालाई प्रेम गर्थे। तिनले मीठामीठा कुरा गरेर दिनालाई फकाउन थाले। ४ अन्तमा सकेमले आफ्नो बुबा हामोरलाई+ भने: “जसरी भए पनि त्यो केटीसित मेरो बिहे गराइदिनुहोस्‌।”

५ याकुबले आफ्नी छोरी दिनालाई सकेमले बिटुलो पारेको कुरा थाह पाए। त्यतिखेर याकुबका छोराहरू आफ्नो बुबाको बगाल चराउन गएका थिए। त्यसैले उनीहरू नफर्कुन्जेल याकुब चुपचाप बसे। ६ पछि सकेमका बुबा हामोर याकुबकहाँ छोरी माग्न गए। ७ यो कुरा सुन्‍नेबित्तिकै याकुबका छोराहरू हस्याङफस्याङ गर्दै घर फर्के। सकेमले दिनासित जबरजस्ती गरेर इस्राएलको घोर अपमान गरेका थिए। यसरी तिनले गर्नै नहुने काम गरेर+ उनीहरूको बेइज्जत गरेको हुनाले उनीहरू रिसले आगो भएका थिए।+

८ हामोरले उनीहरूलाई यसो भन्‍न थाले: “मेरो छोरा सकेम तपाईँकी छोरी देखेर भुतुक्कै भएको छ। बिन्ती, तपाईँकी छोरीलाई मेरी बुहारी बनाउन दिनुहोस्‌। ९ हामीबीच बिहेबारी चलोस्‌। तपाईँका छोरीहरू हामी लैजान्छौँ र हाम्रा छोरीहरू तपाईँहरूलाई दिन्छौँ।+ १० हामीसित आएर बस्नुहोस्‌। हेर्नुहोस्‌, सम्पूर्ण इलाका तपाईँकै सामने छ। तपाईँहरूलाई जहाँ मन पर्छ, त्यहीँ बस्नुहोस्‌, व्यापार गर्नुहोस्‌ र जग्गाजमिन जोड्‌नुहोस्‌।” ११ तब सकेमले दिनाका बुबा र दाजुभाइलाई यसो भने: “बिन्ती छ, मलाई तपाईँहरूकी चेली दिनुहोस्‌। तपाईँहरू जे माग्नुहुन्छ, म त्यही दिनेछु। १२ तपाईँहरूले मागेजति दाम तिर्न र कोसेली दिन म तयार छु।+ बस्‌, मलाई दिना भए पुग्छ।”

१३ आफ्नी बहिनीको बेइज्जतीको बदला लिन याकुबका छोराहरूले सकेम र उनको बुबा हामोरसित छल गर्ने विचार गरे। १४ उनीहरूले भने: “अहँ! हामीले त्यसो गर्न मिल्दैन। खतनै*+ नगरेको पुरुषलाई कसरी हाम्री बहिनी दिनु? यो त हाम्रो लागि लाजमर्दो कुरा हो। १५ एउटा सर्तमा तपाईँहरूलाई हाम्री बहिनी दिन तयार छौँ। तपाईँहरूकहाँ जति पुरुष छन्‌, तिनीहरू सबैले हामीले जस्तै खतना गर्नुपर्छ।+ १६ अनि मात्र हाम्रा छोरीहरू तपाईँहरूलाई दिन्छौँ र तपाईँहरूका छोरीहरू हामी ल्याउँछौँ। हामी तपाईँहरूसँगै बसोबास गर्नेछौँ र एकै जाति हुनेछौँ। १७ तर हाम्रो सर्त मान्‍नुभएन र खतना गर्नुभएन भने बहिनीलाई लिएर हामी यहाँबाट जानेछौँ।”

१८ उनीहरूको कुरा हामोर+ र तिनको छोरा+ सकेमलाई चित्त बुझ्यो। १९ सकेमले उनीहरूको सर्त पूरा गर्न रतीभर ढिलो गरेनन्‌+ किनकि तिनलाई याकुबकी छोरी साह्रै मन परेको थियो। सकेम आफ्ना बुबाको पूरै घरानामा सबैभन्दा इज्जतदार मानिस थिए।

२० त्यसकारण हामोर र तिनका छोरा सकेम सहरको मूलढोकामा गए र सहरका पुरुषहरूलाई भने:+ २१ “यी मानिसहरू हामीसित मिलेर बस्न चाहन्छन्‌। हामीकहाँ जग्गाजमिनको कुनै कमी छैन। त्यसैले यिनीहरूलाई हाम्रो इलाकामा बस्न र व्यापार गर्न देऔँ। हामी यिनीहरूका छोरीहरूसित बिहे गर्न सक्छौँ र हाम्रा छोरीहरू यिनीहरूलाई दिन सक्छौँ।+ २२ तर हामीसित एक जाति भएर बस्न यिनीहरूले हामीसामु एउटै मात्र सर्त राखेका छन्‌: पुरुषजति सबैले यिनीहरूले जस्तै खतना गर्नुपर्छ।+ २३ त्यसपछि त यिनीहरूको धनसम्पत्ति, गाईवस्तु सब हाम्रा! त्यसैले यिनीहरूको सर्त मानौँ र यिनीहरू हामीसँग बसून्‌।” २४ सहरको मूलढोका भएर आउजाउ गर्ने सबैले हामोर र तिनका छोरा सकेमको कुरा माने र सहरका सबै पुरुषले खतना गरे।

२५ खतना गरेको तेस्रो दिन सहरका सबै पुरुष पीडाले छटपटाइरहेको बेला याकुबका दुई छोरा सिमियोन र लेवि तरबार भिरेर सहरमा पसे। तर सहरवासीले उनीहरूमाथि रतीभर शङ्‌का गरेनन्‌।+ दिनाका यी दाइहरूले सहरका एक जना पुरुषलाई पनि बाँकी राखेनन्‌, तिनीहरू सबैलाई मारे।+ २६ उनीहरूले हामोर र तिनका छोरा सकेमलाई पनि मारे र आफ्नी बहिनी दिनालाई सकेमको घरबाट लगे। २७ तब याकुबका अरू छोराहरू पनि आफ्नी बहिनीको बेइज्जतीको बदला लिन सहरभित्र पसे। त्यहाँ उनीहरूले पुरुषजति सबै मारिएको भेट्टाए र त्यो सहर लुटे।+ २८ उनीहरूले गाईवस्तु, भेडाबाख्रा, गधा सबै लुटे। अनि सहरमा र खेतमा जे-जे भेटे, त्यो पनि लिए। २९ उनीहरूले घरघर पसेर सबै सरसम्पत्ति लुटे, केही पनि छोडेनन्‌ अनि आइमाई र केटाकेटीलाई समेत समातेर लगे।

३० तब याकुबले सिमियोन र लेविलाई भने:+ “यो तिमीहरूले के गऱ्‍यौ? ममाथि कत्रो विपत्ति ल्यायौ!* तिमीहरूको कर्तुतले गर्दा यहाँका कनानीहरू र परिज्जीहरूले अब मलाई छोड्‌नेछैनन्‌। मसित कति नै मानिस छन्‌ र? अब तिनीहरू जम्मा भएर ममाथि आइलाग्नेछन्‌। अब हाम्रो परिवारको सर्वनाश हुने भयो!” ३१ तर उनीहरूले यस्तो जवाफ दिए: “कसैले हाम्री बहिनीलाई वेश्‍यालाई जस्तो व्यवहार गरेको हामी कसरी सहन सक्छौँ?”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने