प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • आज

सोमबार, सेप्टेम्बर २२

‘सबै जातिका मानिसहरूलाई चेला बनाओ; तिनीहरूलाई बुबा, छोराको नाममा बप्तिस्मा गराओ।’​—मत्ति २८:१९.

के येसु अरू मानिसले यहोवा बुबाको नाम प्रयोग गरेको चाहनुहुन्थ्यो? पक्कै चाहनुहुन्थ्यो। त्यतिबेलाका केही धर्मगुरु परमेश्‍वरको नाम एकदमै पवित्र भएकोले यो नाम उच्चारणसमेत गर्नु हुँदैन भनेर विश्‍वास गर्थे। तर येसु त्यस्ता गैर-धर्मशास्त्रीय चलनहरूको प्रभावमा कहिल्यै पर्नुभएन। उहाँले आफ्नो बुबाको नामको सधैँ आदर गर्नुभयो। गेरासिनीहरूको इलाकामा प्रेतले सताएको मानिसलाई उहाँले निको पार्नुहुँदा के भयो, विचार गरौँ। त्यहाँका मानिसहरू यत्ति डराए कि तिनीहरूले येसुलाई आफ्नो इलाकाबाट गइहाल्न बिन्ती गरे। (मर्कु. ५:१६, १७) हुनत उहाँ त्यहाँबाट जानुभयो तर उहाँ त्यस इलाकाका मानिसहरूले परमेश्‍वरको नाम थाह पाएको चाहनुहुन्थ्यो। त्यसैले उहाँले त्यस मानिसलाई एउटा काम दिनुभयो। येसुले तिनको लागि के गर्नुभयो भनेर होइन बरु यहोवाले तिनको लागि के गर्नुभयो भनेर तिनले बताउनुपर्ने थियो। (मर्कु. ५:१९) आज पनि हामीले संसारभरि नै यहोवा बुबाको नामबारे मानिसहरूलाई बताएको येसु चाहनुहुन्छ। (मत्ति २४:१४; २८:२०) यसो गर्दा हामीले राजा येसुलाई खुसी बनाइरहेका हुन्छौँ। w२४.०२ पृ. १० अनु. १०

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

मङ्‌गलबार, सेप्टेम्बर २३

तिमीले . . . मेरो नामको खातिर धेरै कष्ट सहेका छौ।​—प्रका. २:३.

अन्तको यस कठिन समयमा यहोवाको सङ्‌गठनको भाग हुन पाउनु साँच्चै आशिष्‌को कुरा हो! संसारको अवस्था दिनप्रतिदिन खस्कँदै गइरहेको छ। तर यहोवाले हामीलाई मदत दिन मायालु आध्यात्मिक परिवार दिनुभएको छ। (भज. १३३:१) अनि उहाँ हामीलाई पारिवारिक जीवन सुखी बनाउन पनि मदत गर्नुहुन्छ। (एफि. ५:३३–६:१) साथै हामीले चिन्ता-फिक्रीको सामना गर्न सकौँ र आनन्दित हुन सकौँ भनेर उहाँ हामीलाई बुद्धि पनि दिनुहुन्छ। यहोवाको सेवामा लागिरहन हामीले कडा मेहनत गर्नुपर्छ। किन? किनकि कहिलेकाहीँ अरूले गरेका वा भनेका कुराहरूले गर्दा हाम्रो चित्त दुख्न सक्छ। हामी आफ्नै गल्तीहरूले गर्दा पनि निराश हुन सक्छौँ, खासगरि एउटै गल्ती बारम्बार दोहोरिँदा। हामी निम्न अवस्थाहरूमा सहनशील भई यहोवाको सेवामा लागिरहनुपर्छ: (१) कुनै भाइबहिनीले हाम्रो चित्त दुखाउँदा, (२) जीवनसाथीसितको सम्बन्ध बिग्रँदा र (३) आफ्नै कमीकमजोरीले गर्दा निराश हुँदा। w२४.०३ पृ. १४ अनु. १-२

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

बुधबार, सेप्टेम्बर २४

हामीले जुन हदसम्म प्रगति गरिसकेका छौँ, त्यहीबमोजिम व्यवस्थित ढङ्‌गमा अघि बढिरहौँ।​—फिलि. ३:१६.

तपाईँले सेवा विस्तार गरेका भाइबहिनीको अनुभव सुन्‍नुहुनेछ। जस्तै: राज्य प्रचारकहरूका लागि स्कुलमा गएका अथवा आवश्‍यकता धेरै भएको ठाउँमा बसाइँ सरेका भाइबहिनीको अनुभव। यदि परिस्थितिले दिन्छ भने तपाईँ पनि त्यस्तो लक्ष्य राख्न सक्नुहुन्छ। यहोवाका सेवकहरूले पहिलादेखि नै सेवा विस्तार गर्ने इच्छा देखाउँदै आएका छन्‌। (प्रेषि. १६:९) तर तपाईँ सेवा विस्तार गर्न सक्ने अवस्थामा हुनुहुन्‍न भने नि? त्यस्तो लक्ष्य हासिल गरेका भाइबहिनीको तुलनामा आफू त केही कामको छैन भन्‍ने सोचाइ नराख्नुहोस्‌। किनकि महत्त्वपूर्ण कुरा भनेको अन्तसम्म सहनु हो। (मत्ति १०:२२) त्यसैले यो कुरा नबिर्सनुहोस्‌, आफ्नो क्षमता र परिस्थितिले दिएसम्म यहोवाको सेवा गर्दा तपाईँले उहाँलाई खुसी बनाइरहनुभएको हुनेछ। अनि तपाईँ निरन्तर येसुको पछि लागिरहन सक्नुहुनेछ।—भज. २६:१. w२४.०३ पृ. १० अनु. ११

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने