भजनसङ्ग्रह
उकालीको गीत। दाउदको रचना।
१३१ हे यहोवा, मेरो हृदय हठी भएको छैन,
मेरा आँखाहरूमा घमन्ड छैन,+
मेरा ठूलठूला आकाङ्क्षाहरू छैनन्+
अनि आफूले पाउनै नसक्ने कुराहरूको म चाह गर्दिनँ।
२ निश्चय नै मैले आफूलाई शान्त पारेको छु,+
जसरी दूध छुटाइएको बालक आफ्नी आमासँग चुपचाप बस्छ,
त्यसरी नै मैले आफ्नो मनलाई चुप लगाएको छु;
म दूध छुटाइएको बालकजस्तै सन्तुष्ट छु।
३ इस्राएलले यहोवाको प्रतीक्षा गरोस्,+
अहिले र सदासर्वदा।